Connect with us
Advertisement

सुन्दरहरैंचाका युवाले गरे नमूना संसद सञ्चालनको अभ्यास, अतिथिले भने प्रतिनिधि सभाको बैठकजस्तै लाग्यो

Published

on

विराटचोकः शनिबार सुन्दरहरैंचाको गोकर्ण रिसोर्टमा फरक दृश्य देखिन्थ्यो । भर्खर युवावस्थामा प्रवेश गर्दै गरेका युवाहरु संसद सञ्चालनको अभ्यास गरिरहेका थिए । उनीहरुले संसद चलाएको दृश्य दर्शकदीर्घामा बसेर हेरिरहेका थिए प्रदेश उपसभामुख सरस्वती पोखरेल, जिल्ला समन्वय समिति मोरङका अध्यक्ष अजम्बर राई र प्रदेश सांसद राजकुमार ओझाले । सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाई, उपप्रमुख अकलीदेवी चौधरी र वडा नम्बर ५ का अध्यक्ष गणेश चौधरी पनि दर्शक दीर्घामा थिए ।

बिहान ११ बजे संसद भवनको साइरन घण्टी बजेपछि बैठक कक्षमा रहेको हाजिरी पुस्तिकामा हस्ताक्षर गर्दै नगर सदस्य बैठक कक्षको निर्धारित सिटमा बसेका थिए । साइरन बज्न छाडेपछि मर्यादापालकसँगै सभामुख तथा नगरपालिकाका प्रमुख बैठक कक्षमा प्रवेश गर्दा सबै नगर सदस्य उठेर सभामुखको सम्मान गरेका थिए ।

असार १ गतेदेखि शुरु भएको नमूना संसद सञ्चालनको अभ्यास असार ४ गते समापन हुँदा युवाहरुले ३ दिनमा सिकेको सीप प्रदर्शन गरेका थिए । नमूना संसद अभ्यास हेर्दा जति व्यवस्थित देखिन्थ्यो त्योभन्दा बढी मर्यादित पनि देखिन्थ्यो । नगरप्रमुखको भूमिका रहेकी सबिना खतिवडा र उपप्रमुखको भूमिकामा रहेकी सिम्रन न्यौपानेको पछाडि उभिएका मर्यादापालक चुपचाप मूर्तिवत उभिइरहे । सभा मर्यादित बनेकाले मर्यादापालकको आवश्यकता नै परेन ।

नमूना नगर सभा सञ्चालनको क्रममा नमूना संसदकी नगर प्रमुख बनेकी खड्काको प्रस्तुति आकर्षक थियो । उनले नगर सदस्यलाई माननीय नगर सदस्य अब आफ्नो सिटमा जान सक्नुहुनेछ भनेपछि मात्रै नगर सदस्य रोष्ट्रम छोडेर आफ्नो सिटमा बस्थे ।

नमूना नगर सभामा सुन्दरहरैंचा नगरपालिकाको लागि आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि बजेट प्रस्तुत गरिएको थियो । त्यसपछि लेखा समितिका संयोजक विशाल मगरले अर्थ विनियोजन विधेयक २०७९ सभामा प्रस्तुत गरेका थिए । नगरसभामा थप २ वटा विधेयक प्रस्तुत भएका थिए ।

नमूना नगरसभाले आगामी आर्थिक वर्षका लागि सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख सिम्रन न्यौपानेले प्रस्तुत गरेको बजेट तथा ३ वटा विभिन्न विधेयक पारित गरेको थियो । बजेट तथा विधेयक पारित हुनुअघि नगरसदस्यले बजेट तथा विधेयकमाथि छलफल गरेका थिए ।

नमूना संसद अभ्यास समापनपछि भएको औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमकी प्रमुख अतिथि प्रदेश सभाकी उपसभामुख सरस्वती पोखरेलले नगर सदस्य आत्मविश्वासका साथ कार्यक्रममा सहभागी भएको बताइन् । गहिराइमा डुबेर नमूना संसदको अभ्यास गरेको उनले बताइन् । स्थानीय तहले ल्याउन लागेको बजेटमा यसरी नै सबै युवाले चासो राख्नुपर्ने उनले बताइन् ।

प्रदेश सांसद राजकुमार ओझाले सांसदले ४ वर्षमा गरेको अभ्यासभन्दा राम्रो अभ्यास तालीमले दिएको आफूले पाएको बताए । प्रशिक्षार्थीलाई राम्रोसँग प्रशिक्षण दिएको भन्दै उनले प्रशिक्षकको तारिफ गरे । नेतृत्व गर्ने विद्यार्थी अब्बल हुनुपर्ने उनले सुझाव दिए ।

जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राईले यस्ता कार्यक्रमले निरन्तरता पाउनुपर्ने बताए । सफल जनप्रतिनिधि बनाउन यस्ता कार्यक्रम सहयोगी हुने उनको भनाइ थियो ।

सुन्दरहरैंचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईँले आफूहरुले उठाउनुपर्ने विषय नमूना संसदका सहभागीले उठाएको बताए । यहाँ उठेका सुझावहरु नगरपालिकालाई उपलब्ध गराउन उनले अनुरोध गरे । नमूना संसद अभ्यास हेर्दा आफू प्रतिनिधि सभाको दर्शक दीर्घामा बसेजस्तो लागेको उनले बताए ।

सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख अकली चौधरीले आफूले पनि यो तालीम लिनुपर्ने अनुभूति भएको बताइन् ।

प्रशिक्षार्थी जेनिसा पौडेलले विषयअनुसार बोल्न सिकाउने ज्ञान तालीमले दिएको बताइन् । किताबी ज्ञानभन्दा माथिको ज्ञान तालीमले दिएको उनको भनाइ थियो ।

कार्यक्रममा २ जना प्रशिक्षार्थीलाई सम्मान पनि गरिएको थियो । सक्रिय सहभागिताको सम्मान प्रशिक्षार्थी जीवनकृष्ण खतिवडाले र अनुशासित प्रशिक्षार्थीको सम्मान जेनिसा पौडेलले पाएका थिए ।

राष्ट्रिय युवा परिषद्का मोरङ अध्यक्ष सन्तोष घिमिरेको सभापतित्वमा भएको कार्यक्रममा नगरपालिकाको शिक्षा शाखाका अधिकृत तेज आचार्यले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमका सभापति घिमिरेले यस्ता सिर्जनशील कामको लागि सरकारले बजेट विनियोजनमा कञ्जुस्याइँ गर्न नहुने बताए ।

४ दिवसीय सो तालीमको भुवन दाहाल र सरोज ढकालले सहजीकरण गरेका थिए ।

 

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए

Published

on

नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।

निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।

यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।

पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।

१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह

Continue Reading

Banner

चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल

Published

on

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।

खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।

Continue Reading

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक