समाचार
भू उपयोग नियमावलीले पार्ने समस्या समाधानका लागि सुन्दरहरैंचाको वडा नम्बर १२ ले राख्यो छलफल
विराटचोक: सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर १२ ले भू उपयोग नियमावलीले पार्ने असरको बारेमा जानकारी दिन र वडावासीको मत संकलन गर्न आज छलफलको आयोजना गरेको छ ।
वडा कार्यालयमा भएको छलफलका वक्ताले सबै पक्ष विचार गरेर जग्गाको वर्गीकरण गर्नुपर्ने बताए । छलफलका वक्ताले बस्ती बीचमा कृषियोग्य जमिन राख्न अप्ठ्यारो हुने हुनाले वडा नम्बर १२ मा मात्रै नभएर नगरभर नै जग्गाको वर्गीकरण गर्न समस्या हुने धारणा राखेका थिए ।
अधिकांश वक्ताले वडा नम्बर १२ लाई आवासीय क्षेत्र तोक्नुपर्ने बताएका थिए । वडाको दक्षिणी क्षेत्रको केही भूभागलाई कृषि क्षेत्र तोकेर बाँकी क्षेत्रलाई आवासीय क्षेत्र तोक्न सकिने उनीहरुको सुझाव थियो ।

स्थानीय तहले पहिले नै विज्ञको टोली बनाएर यस सम्बन्धमा काम गर्नुपर्नेमा त्यसो हुन नसकेको उनीहरुको भनाइ थियो । कृषि क्षेत्रमा राख्दा वा आवासीय क्षेत्रमा राख्दा हुने फाइदा वा बेफाइदाको बारेमा स्पष्ट भएर मात्र क्षेत्र निर्धारण गरिनुपर्ने उनीहरुले माग राखेका थिए । जग्गाको वर्गीकरणमा समस्या देखिने हुनाले बृहत छलफलको आवश्यकता उनीहरुले औँल्याएका थिए । १० कठ्ठाभन्दा बढी जग्गा हुने सबैलाई सहभागी गराएर सुझाव संकलन गर्नुपर्ने पनि उनीहरुले बताएका थिए ।
सरकारले यही जेठ २३ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी भू उपयोग नियमावली २०७९ लागू गरेको छ । २० पेजमा प्रकाशित सो नियमावलीअनुसार अब जग्गाको भूउपयोग क्षेत्रको नक्सा र विवरण तयार पारी सार्वजनिक गर्नुपर्नेछ ।

राजपत्रमा प्रकाशित सूचनाको अनुसूची १ मा जनाइएअनुसार जग्गालाई अब कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज र वन गरी ६ क्षेत्रमा वर्गीकरण गर्नुपर्नेछ ।
भू उपयोग नियमावली लागू भएपछि अहिले जग्गाको कित्ताकाट रोकिएको छ भने बैंकले धितो जमानत लिन छाडेका छन् । जग्गाको कित्ताकाट गर्न सो जग्गा कुन क्षेत्रमा पर्छ भनी स्थानीय तहले खुलाएर जग्गाधनीलाई सिफारिश दिनुपर्ने तर त्यस विषयमा धेरै स्थानीय तहमा छलफल नै नभएकाले जग्गाको कित्ताकाट रोकिएको हो ।
जग्गाको कित्ताकाट रोकिएपछि सुन्दरहरैंचा नगरपालिकाले जेठ २५ गते सबै वडा कार्यालयलाई पत्र लेखी असार २ गतेसम्ममा जग्गाको वर्गीकरण गरिसक्न पत्राचार गरेको थियो । तर नगर परिषद्को तयारीमा जनप्रतिनिधि लागेका हुनाले कुनै पनि वडाले जग्गाको वर्गीकरण गर्न त परै जाओस् छलफलसम्म बोलाउन सकेका छैनन् ।

नगरपालिकाको वडा नम्बर १२ ले भने पहिलो चरणको छलफल आज बोलाएको हो । वडाध्यक्ष रोशनप्रसाद ढकालका अनुसार अझै केही चरणमा छलफल भएपछि मात्रै वडाले आफ्नो वडाको जग्गाको वर्गीकरण गरी नगरपालिकालाई पठाउनेछ । सबै वडाको वर्गीकरण आइसकेपछि नगरपालिकाले माथिल्लो निकायमा त्यसको जानकारी गराउनेछ ।

Facebook Comment
Banner
कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए
नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।
निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।
यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।
पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।
१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login