Connect with us
Advertisement

सुन्दरहरैंचा नगरपालिकाको बजेट १ अर्ब ८१ करोड ५३ लाख ६२ हजार

Published

on

विराटचोकः सुन्दरहरैंचा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ८१ करोड ५३ लाख ६२ हजार ७ सय ३४ रुपैयाँको बजेट प्रस्तुत गरेको छ । सो बजेटको आयमध्ये आन्तरिक आयतर्फ १३ करोड ९५ लाख रुपैयाँ संकलन हुने अनुमान गरिएको छ ।

दशौं नगरसभाको तेस्रो बैठकमा आज नगर उपप्रमुख अकली चौधरीले बजेट प्रस्तुत गरेकी हुन् ।

नगरपालिकाको दशौं नगरसभाको पहिलो बैठकमा असार ७ गते आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक भएको थियो ।

आज दिउँसो ३ बजे भएको नगरसभाको दोस्रो बैठकले सो नीति तथा कार्यक्रम पारित गरेको थियो । नीति तथा कार्यक्रम पारित हुनुअघि नगरसभा सदस्यले उठाएका जिज्ञासाको नगरप्रमुख केदारप्रसाद गुरागाईँले जवाफ दिएका थिए । नगर प्रमुखले जवाफ दिएपछि सो नीति तथा कार्यक्रम पारित भएको थियो ।

त्यसपछि आज बेलुका ५ बजे बसेको दशौँ नगरसभाको तेस्रो बैठकमा उपप्रमुख चौधरीले बजेट प्रस्तुत गरेकी थिइन् । सोही बैठकमा विनियोजन विधेयक २०७९ तथा आर्थिक विधेयक २०७९ पारित भएको थियो ।

सोही बैठकले पूर्व योग्यता परीक्षणबिना विभिन्न मितिमा नियुक्त गरिएका करार सेवाका कर्मचारीको करार अवधि थप नगर्नेलगायतका विभिन्न ८ वटा निर्णय पनि गरेको छ ।

 

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

Published

on

नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने छ ।

बैठकमा पार्टी सभापति गगन थापाको राजीनामा, आगामी नियमित महाधिवेशन, चुनावको समीक्षा र भावी रणनीति/कार्ययोजना साथसाथै समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

फागुन २१ गते सम्पन्न निर्वाचनमा काँग्रेसले कमजोर नतिजा ल्याएपछि सभापति थापाले राजीनामा दिएका हुन् । उनको राजीनामा स्वीकृत गर्ने या नगर्ने भन्नेमा पार्टीमा दुई मत देखिएको छ ।

Continue Reading

Banner

शनिवार पूर्वी क्षेत्रमा ११९ किलोमिटर प्रतिघण्टाको गतिमा हावाहुरी चल्ने प्रक्षेपण

Published

on

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आउँदाे तीन दिन देशका विभिन्न भागमा ठूलाे वर्षा, हिमपात र तीव्र गतिकाे हावाहुरीको सम्भावना रहेको भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

जल तथा मौसम विज्ञान विभागले सार्वजनिक गरेकाे मौसम पूर्वानुमानलाई उद्धृत गर्दै प्राधिकरणले भाेलि शुक्रवारदेखि मौसममा उल्लेख्य परिवर्तन आउने जानकारी दिएको हो । प्राधिकरणले आउँदाे तीन दिनको मौसम पूर्वानुमानलाई मध्यनजर गर्दै देशभरका नागरिकलाई विशेष सतर्कता अपनाउन अपील गरेको छ ।

कर्णाली र सुदूरपश्चिममा वर्षा र हिमपातको सम्भावना

प्राधिकरणकाअनुसार भाेलि दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक/दुई ठाउँमा ठूलाे वर्षा र हिमपात हुने सम्भावना छ । हिमाली क्षेत्रमा हुने हिमपातका कारण चिसो बढ्ने र जनजीवन प्रभावित हुन सक्ने भएकाले ती क्षेत्रका बासिन्दालाई सचेत रहन प्राधिकरणकाे आग्रह छ ।

लुम्बिनी र पूर्वी नेपालमा तीव्र हावाहुरीको चेतावनी

भाेलि लुम्बिनी प्रदेशका दाङ र नेपालगञ्जसहित तराईका जिल्लाहरूमा हावाहुरीको जोखिम रहेकाे छ । पर्सि शनिवार पूर्वी क्षेत्रका विराटनगर, धनकुटा र धरान आसपासका जिल्लाहरूमा झन्डै ११९ किलोमिटर प्रतिघण्टाको गतिमा हावाहुरी चल्ने सम्भावना रहेको प्राधिकरणले जनाएको छ ।

प्रि–मनसुनको अवधि भएकाले यस्तो हावाहुरीले रुख ढाल्ने, कमजोर संरचना र छाना उडाउने तथा विद्युत् र सञ्चार सेवा प्रभावित पार्न सक्ने जोखिम रहेको प्राधिकरणले जनाएको छ । पछिल्ला दिनहरूमा हावाहुरीका कारण मानवीय क्षतिसमेत भएकाले थप सचेतना आवश्यक रहेको सूचनामा उल्लेख छ ।

प्राधिकरणको विशेष सुझाव

प्राधिकरणले जोखिमबाट बच्न नागरिकलाई सतर्कता अपनाउन अनुरोध गरेको छ । विशेष काम नपरी यात्रामा ननिस्कन र सुरक्षित ठाउँमा आश्रय लिन, हावाहुरी चलेको बेला घरका झ्याल र ढोका राम्रोसँग बन्द गर्न, आगोका स्रोतहरू (चुल्हो, ग्यास आदि) बन्द राख्न, गाडी चलाइरहेको भए सुरक्षित ठाउँमा रोकेर बस्न, भीडभाडमा भए नआत्तिन र भागदौड नगरी बिस्तारै सुरक्षित ठाउँमा जान, कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीका खम्बा तथा तारमुनि नबस्न र विद्युतीय उपकरणहरू नचलाउन र लत्रिएका तारहरू नछुन आग्रह गरेको छ ।

प्राधिकरणले जल तथा मौसम विज्ञान विभागबाट जारी हुने मौसम पूर्वानुमान र प्राधिकरणका आधिकारिक सूचनाहरू नियमित रूपमा पछ्याउनसमेत सबैमा अनुरोध गरेको छ ।

– न्यूज एजेन्सी नेपाल

Continue Reading

Banner

आजदेखि फेरि हावाहुरी, चट्याङ र असिनासहित वर्षाको सम्भावना

Published

on

हिजो सफा रहेको मौसम आजदेखि फेरि बदली हुने भएको छ । आज बेलुकीदेखि पर्सि शनिबारसम्म देशका धेरै ठाउँमा चट्याङ, हावाहुरी र असिनासहित पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् ।

आज कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागका केही ठाउँहरु, लुम्बिनी र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै ठाउँहरु तथा कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभाग लगायत  सुदूरपश्चिम प्रदेशको तराईका एक, दुई ठाउँमा मेघगर्जन, चट्याङ्ग र असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रिमनसुनको योबेला दिउँसोपछि हावाहुरीसमेत चल्न सक्ने भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ । भोलि र पर्सि पनि धेरै ठाउँमा चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसमविदको भनाइ छ ।

जलवायुविज्ञ उज्जवल उपाध्यायले भोलि बेलुकीदेखि पर्सि बिहानसम्म पहाडीमार्गमा यात्रा नगर्न, पूर्वाधार निर्माण तथा उच्चहिमाली भूभागमा पदयात्रा स्थगन गर्न सुझाव दिनुभएको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक