अपराध
सरकारी गाडी तोडफोड गर्ने गाउँपालिका अध्यक्षका छोराले मागे माफी

विराटनगरः गाउँपालिकाको गाडी तोडफोड गर्ने गाउँपालिकाका अध्यक्षका छोरालाई ‘माफी माग्न लगाएर’ उन्मुक्ति दिइएको छ । तोडफोड गाडी बनाइदिने शर्तमा उनलाई माफी दिइएको बताइएको छ ।
मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदारका छोरा ज्योतिले गाउँपालिकाको आन्तरिक राजनीतिक भागबण्डाको विरोध गर्दै मंगलबार साँझ आफ्नै बाबु चढ्ने गरेको गाडीको सिसा फुटाएका थिए।
एमालेलाई पेलेर जान नसकेको भनी कांग्रेसबाट निर्वाचित आफ्ना बुवाले चढ्दै आएको गाडी उनले तोडफोड गरेका थिए । गाउँ कार्यपालिकाको बैठकले उनलाई ‘माफी माग्न लगाउने र क्षतिग्रस्त प्रदेश–१–को १ प ५७८ नम्बरको गाडी मर्मत गर्न लगाउने’ निर्णय गरेको थियो ।
Banner
गाँजासहित ३ जना पक्राउ

विराटचोकः सुन्दरहरैचा –५ बुढी खोलाको पुलबाट गाँजासहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटाको साँगुरीगढी –८ का ३० वर्षीय सुरेन्द्र राई, २९ वर्षीय मिलन राई र २९ वर्षीय बाला राई रहेका छन् ।
हिजो बेलुका ५ बजे जिल्ला प्रहरी कार्यालय मोरङ र अस्थायी प्रहरी पोष्ट बलियाबाट खटिएको प्रहरी टोलीले शंकास्पद रुपमा बसिरहेका उनीहरुको शरीर जाँच गर्ने क्रममा गाँजा फेला परेको थियो । जेब्रा झोलामा लुकाइछिपाई राखेको ८ केजी गाँजा बरामद भएपछि उनीहरुलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Banner
हजुरआमाको हत्या गर्ने नाति पक्राउ

खोटाङः खोटाङको वराहपोखरी गाउँपालिका वडा नम्बर ५ दूधकोशी नदीको बगरको खल्डोमा शंकास्पद अवस्थामा फेला परेकी वृद्धाको हत्या आरोपमा उनकै नाति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा झापाको गौरादह – ३ का २९ वर्षीय हरि भन्ने निरबहादुर खड्का रहेका छन् । प्रहरीका अनुसार बैशाख ३१ गते दूधकोशी नदी किनारमा सडेको अवस्थामा बेवारिशे शव फेला परेको थियो । सो शवको पहिचान तथा अनुसन्धान गर्ने क्रममा खोटाङको जन्तेढुंगा– ५ चिसापानी खुट्टा घर भई हाल इटहरी– १६ बालग्राममा डेरा गरी बस्ने ७७ वर्षीया तुलसा खड्काको भएको खुलेको थियो । शवको पहिचान भएसँगै हत्यामा संलग्न रहेका नाति निरबहादुरलाई प्रहरीले पक्राउ गरेको हो ।
हजुरआमाको हत्या गरी फरार रहेका खड्कालाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनलाई झापाको मेचीनगर नगरपालिका ६ काँकरभिट्टास्थित नेपाल– भारत सीमा क्षेत्रमा लुकेर बसेको बेला असार ८ गते बिहान पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका खड्काले हजुरआमा तुलसालाई स्थानीय तहको निर्वाचनमा भोट हाल्न भनी बैशाख २६ गते इटहरी बालग्रामबाट चिसापानी खोटाङ लिएर गएको खुलेको छ । त्यस क्रममा बराहपोखरी– ५ स्थित दूधकोशी नदीको बगरमा हत्या गरी खाल्डोमा पुरेर उनी फरार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।
पक्राउ परेका खड्कालाई कर्तव्य ज्यानसम्बन्धी कसुरमा सम्मानित जिल्ला अदालत खोटाङबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
Banner
पूर्वमन्त्री कार्कीको घर अगाडि शंकास्पद वस्तु

दमकः आज बिहान साढे ५ बजे नेकपा एमालेका नेता तथा प्रदेश १ का पूर्वमन्त्री हिक्मत कार्कीको घर अगाडि प्रेसर कुकरजस्तो देखिने शंकास्पद वस्तु फेला परेको छ ।
कुकरमा तार बेरेर राखेको अवस्थामा भेटिएको शंकास्पद वस्तु निस्क्रिय पार्ने प्रयास हुँदैछ । आज बिहान अन्दाजी ४ बजे बत्ती नबाली आएको एउटा मोटरसाइकलमा चढेका व्यक्तिले शंकास्पद वस्तु राखेर गएको हुनसक्ने अनुमान गरिएको बताइएको छ ।
-
अर्थ3 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
खेलकुद3 years ago
रंगशालाको अवलोकन
-
अर्थ2 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य3 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
मुख्य3 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य3 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
प्रदेश नं. १2 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
-
मुख्य3 years ago
जित्ने स्वास्थ्य मन्त्री, हार्ने मेडिकल कलेज सञ्चालक
You must be logged in to post a comment Login