Connect with us
Advertisement

न सरसफाइ कर्मचारी न फोहोर हाल्ने भाँडो तैपनि सफा रहन्छ जापान

Published

on

दिनभरका विद्यालयमा पढेका विद्यार्थीहरू घर जान आतुर छन् र आफ्ना शिक्षकले भोलिको समय तालिका बताइरहँदा धैर्यपूर्वक सुनिरहेका छन्।

शिक्षकले अन्तिममा भने: “आज पहिलो र दोस्रो पङ्क्तिका विद्यार्थीले कक्षा कोठा सफा गर्ने, तेस्रो र चौथो पङ्क्तिका विद्यार्थीले भर्‍याङ सफा गर्ने र पाँचौ पङ्क्तिका विद्यार्थीले शौचालयहरू सफा गर्ने पालो छ।”

पाँचौ पङ्क्तिका विद्यार्थीहरूले सुस्केरा हाले तर आफ्ना ठाउँबाट उठे र कक्षाकोठाको पछाडि रहेको दराजबाट कुचो र बाल्टिन लिएर शौचालयतर्फ गए।

यस्तै दृश्य जापानभरका विद्यालयमा देख्न सकिन्छ।

जापानी विद्यालयमा कक्षा कोठा सफा गर्दै विद्यार्थीविद्यालय सफा गर्ने कामलाई जापानमा पाठ्यक्रमकै एउटा अंशको रुपमा राखिएको छ

पहिलोपटक जापान पुगेकाहरू देश कति सफा छ भन्ने कुराबाट अचम्भित हुन्छन्।

त्यसपछि उनीहरूले फोहोर हाल्नका लागि सार्वजनिक स्थलमा भाँडो नभएको पनि याद गर्छन्।

त्यसपछि उनीहरूको मनमा प्रश्न उब्जिन्छ: जापान कसरी सफा रहन्छ?

यसको सरल जवाफ: सबै जापानीहरू आफ्नो ठाउँ सफा राख्छन्।

हिरोसिमाका सरकारी अधिकारी माइको अवाने भन्छिन्: “विद्यालयमा १२ वर्ष बिताउँदा विद्यार्थीका लागि सफा गर्ने काम समय दैनिक सूचीकै हिस्सा हो।”

“हाम्रो गृहजीवनमा पनि आफ्ना सामान र बस्ने ठाउँ सफा नगर्नु खराब हो भनेर हामीलाई आमाबुवाले सिकाउनुहुन्छ।”

आफ्नो विद्यालयमा सिसाको ढोका पुछ्दै एक छात्रा

“मलाई कहिलेकाहीँ विद्यालय सफा गर्न मन लाग्दैन थियो,,” अनुवादक शिका हायासी भन्छिन्।

“तर त्यो हाम्रो नियमित कामको एउटा हिस्सा भएकोले मैले स्वीकार गरेँ।”

“मलाई लाग्छ विद्यालय सफा गर्नुपर्ने काम राम्रो हो किनभने हामीले प्रयोग गर्ने ठाउँ र सामानहरू सफा गर्नुपर्ने जिम्मेवारी बोध हुन्छ।”

जापानमा विद्यालय आइपुगेपछि विद्यार्थीहरूले आफ्नो जुत्ता खोल्छन् र चप्पल लगाउँछन्।

जापानी एउटा घरको बाहिर देखिएको चप्पल

घरमा पनि मानिसहरू बाहिर हिँड्दा लगाएको जुत्ता ढोका बाहिरै राख्छन्।

विद्यार्थी हुर्किएसँगै कक्षाकोठाबाट बाहिर पनि आफ्नो वरपरको क्षेत्र, सहर र देशमा सफा गर्नुपर्छ भन्ने अवधारणा विकास हुन्छ।

जापानले गर्ने सफाइको केही उदाहरणहरू भाइरल पनि भएका छन्।

झोलाभरी फोहोर बोकेका एक जापानी फुटबल प्रशंसकसन् २०१८ को विश्वकपमा बेल्जियमसँग हारे पनि जापानका समर्थकहरू सरसफाइ गर्न पछि परेनन्

जापानका फुटबल समर्थकहरू पनि सरसफाइबारे सचेत छन्।

ब्राजिलमा सन् २०१४ मा र रुसमा सन् २०१८ मा भएको विश्वकप फुटबल प्रतियोगितामा राष्ट्रिय टोलीका प्रशंसकले खेलपछि पनि आफू बसेको स्थान वरपर सफा गरेर विश्वलाई चकित पारेका थिए।

खेलाडीहरूले पनि आफ्नो लुगा परिवर्तन गर्ने कोठालाई एकदमै सफा बनाएका थिए।

राम्रो उदाहरण

विश्व फुटबल महासङ्घ फिफाका संयोजक प्रिस्सिल्ला ज्यानसेनस्‌ले ट्वीट गरेका थिए: “सबै टोलीका लागि कस्तो राम्रो उदाहरण!”

अवाने भन्छिन्: “हामी जापानीहरू अरूको दृष्टिकोणमा हाम्रो छवि र प्रतिष्ठा कस्तो छ भन्नेमा धेरै संवेदनशील छौँ।”

“हामीलाई अरूले सफा गर्ने शिक्षा नपाएका खराब मानिस भनेर चिनून् भन्ने हामी चाहँदैनौँ।”

फुजी रक फेस्टिभलखुल्ला क्षेत्रमा हुने कार्यक्रममा पनि जापानमा फोहोर हुँदैन

जापानमा भएका साङ्गीतिक कार्यक्रमहरूमा पनि त्यस्तै दृश्य देखिन्छ।

जापानको सबैभन्दा पुरानो र ठूलो साङ्गीतिक कार्यक्रम फुजी रक महोत्सवमा प्रशंसकले फोहोर फाल्ने भाँडो नपाउँदासम्म फोहोर आफैँसँग राख्छन्।

चुरोट पिउने मानिसहरूलाई एस्ट्रे ल्याउन भनिएको थियो।

महोत्सवसम्बन्धी वेबसाइटका अनुसार अरूको स्वास्थ्य खराब गर्न सक्ने अवस्था भए चुरोट नपिउन भनिएको थियो।

सामाजिक सचेतनाको उदाहरणहरू दैनिक जीवनमा पनि देखिन्छ।

उदाहरणका लागि बिहान ८ बजे कार्यालयका कामदार वा पसलका कर्मचारीहरू आफ्नो कार्यक्षेत्र वरपरको गल्लीहरू सफा गर्छन्।

नदेखिने फोहोरले पनि समस्या निम्त्याउँछ

स्वयंसेवी बालबालिकाहरू मासिक सामूदायिक क्षेत्र सफा गर्ने काम अन्तर्गत विद्यालय नजिकैको सडकका फोहोरहरू उठाउँछन्।

स्थानीय बासिन्दा पनि सडक सफा गर्ने कार्यक्रमहरू नियमित गर्छन्।

मानिसहरूले आफ्नो फोहोर घरमै लैजाने भएर पनि त्यहाँ धेरै सफा गर्ने ठाउँ हुँदैन।

आफ्नो छिमेकमा सफाइ गर्ने एकजना पुरुषघर वा काम गर्ने ठाउँमा स्वयंसेवी रुपमा सफाइ गर्नु जापानमा सामान्य हो

कीटाणुजस्ता नदेखिने फोहोर अर्को चिन्ताको विषय हो।

जब मानिसहरूलाई चिसो लाग्छ वा कुनै रुघाखोकीबाट बिरामी हुन्छन् तब उनीहरू मास्क लगाउँछन्।

अरूलाई आफ्नो रोगको सङ्क्रमण नहोस् भनेर उनीहरू यसो गर्छन्।

लामो समयदेखिको सरसफाइ

जापानीहरू कसरी सरसफाइबारे यति धेरै जागरुक भए त?

यो पक्कै पनि नयाँ कुरा होइन।

सन् १६०० ताका ब्रिटिश जलसेनाका विलियम एडम्स जापानमा पाइला टेक्ने पहिलो अङ्ग्रेज थिए।

भुईँ सफा गर्दै गरेका एक पुरुषको पुरातन चित्रसरसफाइका लागि जापानको यो प्रतिबद्धता नयाँ होइन

उनको कुरा उनको सामुराइ विलियममा नामक जीवनीका लेखक गिल्स मिल्टनले उल्लेख गरेका छन्।

त्यसमा लेखिएको छ: “त्यो क्षेत्र अत्यधिक सफा छ।”

पुस्तकमा शौचालयहरू पनि धेरै सफा रहेको उल्लेख छ।

छैठौँ र आठौँ शताब्दीको बीचमा चीन र कोरियाबाट आएको बुद्ध धर्मको एउटा महत्त्वपूर्ण हिस्सा हो सरसफाइ।

खासमा बाह्रौँ र तेह्रौँ शताब्दीमा जापान आएको बुद्ध धर्ममा सरसफाइ र खाना बनाउने कुरालाई ध्यान गरे भन्दा फरक नहुने खालको आध्यात्मिक अभ्यास भनिएको छ।

“जेनमा दैनिक जीवन उपयोगी क्रियाकलापहरू खाना खानुदेखि बस्ने ठाउँ सफा गर्नुलाई बुद्ध धर्मको अभ्यास गर्ने एउटा अवसरको रुपमा लिनुपर्छ,” फुकुयामास्थित शिनशोजी मन्दिरका इरिको कुवागाकीले भने।

“शारीरिक र आध्यात्मिक दुवै तरिकाले फोहोर सफा गर्नु दैनिक अभ्यासको महत्त्वपूर्ण भूमिका हो।”

स्पाइडर म्यानको लुगा लगाएका एकजना मानिस सडक सफा गर्दैजापानमा सफा गर्ने कामलाई पराक्रमी काम मानिँदैन

त्यसो भए अन्य बौद्ध धर्मको बाहुल्यता भएका देशहरू किन जापान जस्तै सफा छैनन् त?

बुद्ध धर्म आउनुभन्दा धेरै अगाडि नै जापानमा शिन्तो भनिने एउटा जातीय धर्म थियो। सरसफाइ शिन्तोसँग पनि जोडिएको छ।

शुद्ध हुने संस्कार

बौद्ध धर्मले जोड दिएको सरसफाइको कामलाई जापानीहरूले पहिलै देखिनै अभ्यासमा ल्याएका थिए।

शिन्तोको मुख्य अवधारणा भनेकै अशुद्धतासँग जोडिएको छ। अशुद्धता हटाउनका लागि शुद्धताको संस्कार बेलाबेलामा गरिरहन आवश्यक छ।

“यदि कुनै व्यक्ति अशुद्धताबाट पीडित छ भने त्यसले पुरै समाजलाई हानि पुर्‍याउन सक्छ,” हिरोशिमाको कान्दा नामक पवित्र स्थलका सहायक पुजारीले व्याख्या गरे।

शिन्तो तीर्थस्थलमा रहेको हात मुख धुने ठाउँशिन्तो तीर्थस्थलमा प्रवेश गर्नुअघि मानिसहरूले आफ्नो हात र मुख धुनुपर्छ

“सरसफाइ एकदमै महत्त्वपूर्ण छ। यसले तपाईँलाई शुद्ध बनाउँछ र समाजमा दुर्दशा आउँदैन। त्यसैले जापान सफा देश हो।”

यदि तपाईँ जापानमा बस्नुभयो भने तपाईँले यहाँको सरसफाइ गर्ने जीवनशैलीमा छिट्टै भिज्नुहुन्छ। – बीबीसी नेपाली सेवा

Continue Reading

Facebook Comment

1 Comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

ओली फर्किए, भण्डारी झापा–मोरङ दौडाहामै

Published

on

विराटनगर — सत्तारूढ दल नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली मोरङको कटहरीमा निर्माण भएको एक अस्पताल उद्घाटन गरेर शनिबार हेलिकोप्टरमार्फत काठमाडौं फर्किए । तर, पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी भने अझै झापा–मोरङका विभिन्न कार्यक्रममा सक्रिय रहिरहेकी छन् ।

बिहीबार विराटनगर ओर्लिएकी भण्डारी झापा र मोरङका कार्यक्रममा व्यस्त छिन् । उनको तालिका सोमबारसम्म व्यस्त छ । विराटनगर ओर्लिएपछि उनी मोरङका विभिन्न पार्टी कार्यकर्तासँग भेटघाट र विविध कार्यक्रममा सहभागी भइरहेकी छन् । शुक्रबार उनले विराटनगरमा पालिकाका उपप्रमुख–उपाध्यक्षहरूको राष्ट्रिय भेलाको उद्घाटन गरेकी थिइन् ।

शनिबार उनले झापाको बिर्तामोडस्थित देवी माविमा एमाले विज्ञान तथा प्रविधि विभागद्वारा आयोजित प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीको उद्घाटन गरेकी थिइन् । आइतबार नारी सञ्चार गृहद्वारा आयोजित कार्यक्रममासमेत उनी सहभागी भइन् ।

भण्डारी औपचारिक कार्यक्रम मात्र होइन, अनौपचारिक भेटघाट र स–साना भेला तथा छलफलमा पनि सक्रिय देखिएकी छन् । विशेषगरी झापाका एमाले नेता तथा कार्यकर्तासँग उनले आन्तरिक बैठकसमेत गरेकी छन् । ‘झापाका ओली निकट नेता–कार्यकर्ताहरूसँग पूर्वराष्ट्रपतिज्यूले विशेष रूपमा भेटघाट गर्नुभएको थियो,’ एक नेताले बताए ।

झापामा ओली निकट मानिने प्रदेश सांसद चिन्तन पाठक, पूर्व प्रदेश सांसद वसन्त बानियाँ, झापा एमालेका उपाध्यक्ष शिव ढुंगेलजस्ता नेताहरूसँग उनले भेटघाट गरेकी थिइन् । कोशीका पूर्व मुख्यमन्त्री शेरधन राई बिहीबारदेखि नै उनीसँगै छन् । विमानस्थलमा स्वागत गर्न देखि झापा–मोरङमा आयोजित विभिन्न सभा, सम्मेलन र छलफलमा राई सहभागी छन् ।

आइतबार विराटनगर फर्किने क्रममा भण्डारीले झापाको शिवगञ्जस्थित झापा इनर्जीको उत्पादन केन्द्र अवलोकन गर्ने कार्यक्रम तय भएको छ । त्यसपछि विराटनगर फर्केर सोमबार मोरङको इटहरास्थित पुर्ख्यौली घर अवलोकन गर्ने र त्यसपछि काठमाडौं फर्किने तयारी रहेको एमाले मोरङका सचिव सोमराज थापाले जानकारी दिए ।

ओलीनिकट एमालेका एक नेताले भने, ‘पार्टीका सबै तहमा संगठन बलियो बनाउन अध्यक्ष ओली व्यापक दौडाहाको तयारीमा हुनुहुन्छ । पूर्व राष्ट्रपतिज्यूको सक्रियतालाई पनि हामीले सकारात्मक रूपमा लिएका छौँ ।’

एमालेभित्र केही नेताहरू भण्डारीलाई सम्भावित भावी अध्यक्षको रूपमा पनि हेरिरहेका छन् । उनको दौडाहाले राजनीतिमा पुनः सक्रिय बन्ने भण्डारीको मनसाय सतहमै देखिन थालेको छ ।

प्रकाशित : जेष्ठ २५, २०८२ १०:२१

Continue Reading

Banner

सरसफाई तथा स्वच्छ वातावरण “ गुणस्तरिय खानेपानीका लागि नै हाम्रो उम्मेरदारी, लोकतान्त्रिक समुह

Published

on

 

पारदर्शी तथा सबल नेतृत्व सहितको गुणस्तरिय खानेपानी, सरसफाई तथा स्वच्छ वातावरण सहितको हाम्रो जिन्दगानी “मुल नाराका साथ सलकपुर खानेपानी उपभोक्ता तथा सरसफाई समितीमा लोकतान्त्रीक पक्षवाट युवा श्यामप्रसादढकालले अध्यक्ष पदमा उम्मेरदारी दिनुभएको छ , कुशल नेतृत्वकर्ता ,आर्थीक रुपमा पारदर्शी,सदाचार र सालिन ढकालको समुहलाइ मतदान गर्दै अत्याधिक बहुमतका साथ बिजयी गराइदिनुहुन सम्पुर्ण खानेपानीका उपभोक्ताहरुमा उहाले अनुरोध गर्नुभएको छ ।

ढकालले लामो समयदेखी सामाजीक मुल्य र मान्यताहरुलाई आत्मसाथ गर्दै यस सलकपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितीमा सचिवका रुपमा काम गर्दै आफ्नो २ कार्यकाल सम्पन्न गरीसक्नुभएको छ। आफ्नो २ बर्षे कार्यकालमा एउटै वडामा २ वटा खानेपानीका टयांकी मार्फत आम सर्वसाधारणलाई खानेपानी खुवाउन सफल ढकाल अध्यक्ष पदका सबैभन्दा अब्बल र बलिया उम्मेद्वार समेत हुन।

सस्थांलाइ आर्थीक रुपमा सवल बनाउन र यसलाई दिगो रुपमा संस्थागत गर्न ढकालले सलकपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितीमा लोकतान्त्रीक समुहको तर्फबाट अध्यक्षको पदमा उम्मेदवारी दिएको बताउनु भयो । अनुभव, समर्पण र समाजसेवामा गरेको निरन्तर योगदानको मूल्यांकन गर्दै मत प्रदान गरी विजयी गराउनु हुन उहाले सम्पूर्ण आम उपभोक्ता समक्ष आग्रह गर्नुभएको छ।

 

उहाले आफ्ना कार्ययोजनाहरुमा पुराना पाईपलाईनहरुलाइ प्रतिस्थापन गरि नया पाइप लाईनहरुलाइ विस्तार गर्ने र सो का लागि सहयोग र अनुदान ब्यबस्थापन गर्ने ,यस क्षेत्रमा बसोबास गर्ने सबैमा एक घर एक धारा अनिबार्य पुर्याउने ,कमजोर आर्थिक अवस्था भएका उपभोक्ताहरुलाई नगर र वार्डमा समन्वय गरि सुलभ र सहज ढंगले खानेपानीको व्यवस्था गर्ने ,पुरानो ट्यांकी मर्मत तथा रंगरोकन गर्ने ,कम्पाउण्ड वाल लगाउने ,प्रबिधिमैत्री सस्था बनाउने ,डिजिटल ,प्रविधिको प्रयोग गरि भुक्तानी र गुनासो सुनुवईलाई छिटो छरितो बनाउने ,वास चेम्बर र फायर पोइन्ट राखी वास आउट को व्यवस्था गर्ने ,प्रत्येक आ व को पौष मसान्त सम्ममा साधारण सभा गर्ने ,कर्मचारी नीतिलाई समय सापेक्ष परिमार्जन गर्दै कार्यक्षमता बढाउदै जिम्मेवार बनाउने पानीको सुद्दता लाइ बिशेस ध्यान दिदै नियमित निरीक्षण गर्ने ,सफ्टवेयर को बिकास गरि सहज बिल भुक्तानीका लागि इ-सेवा मोबाइल बैंकिंग खल्ती बाट भुक्तानी को व्यवस्था गर्ने ,अनबिकरनिय पानीको श्रोतलाई जगेर्ना गर्न पर्यवरणीय असर र नया पानीका श्रोतहरुको खोजि गर्न विज्ञ समुहबाट परामर्श लिने लाग्य रहेका छन् , ढकालको समुहबाट उपाध्यक्षमा दिपक गुरुङ ,सचिवमा उद्दब प्रसाद अधिकारी ,कोषाध्यक्ष मा सावित्र पोख्रेल ,सहसचिवमा दिनानाथ अधिकारी ,सदस्यहरुमा बबिता कार्की अधिकारी ,लक्ष्मी भण्डारी, मकबुल मिया ,राजु बरुवाल,ज्ञान बहादुर खड्का, सिलस उराउ, त्यस्तै लेखा समिति संयोजक सरोज भट्टराई , सदस्यहरुमा कपिल पोख्रेल ,मन्दिरा थापा रहनु भएको छ ।

Continue Reading

Banner

अनुशिल ट्रेड कन्सन दमकमा टिभिएसको एक्स्चेन्ज मेला हेर्नुहाेस अफर

Published

on

विराटचाेक दमकमा रहेकाे अनुशिल ट्रेड कन्सनमा टिभिएस बाइकको एक्स्चेन्ज मेला सञ्चालन भइरहेकाे छ । दमककालागि आधिकारिक बिक्रेता झापाकाे दमक ५ सगरमाथा पम्प छेउमा रहेकाे अनुशिल ट्रेड कन्सनले असोज ९ बाटै सुरु गरेकाे एक्स्चेन्ज मेला १३ गतेसम्म सञ्चालन हुने विक्रेता कम्पनीले जनाएकाे छ ।

एक्स्चेन्ज मेलामा विभिन्न अफरहरु सार्वजनिक गरिएको छ । जस अन्तर्गत नकिन्दै एक लाख रुपैयाँसम्म जित्ने मौका , किन्दा ५ लाख रुपैयाँँसम्म जित्ने मौका हरेक महिना १०० प्रतिशत क्यास ब्याक , बम्पर उपहारमा १० लाख रुपैयाँसम्म जित्ने अवसर कम्पनीले सार्वजनिक गरेको छ ।

एक्स्चेन्ज मेलामा १० हजार रुपैयाँसम्म को भ्यालु एडिसनको सुविधा रहेको अनुशिल ट्रेड कन्सनले जनाएकाे छ । २५ प्रतिशत डाउन पेमेन्ट तथा शून्य प्रतिशत ब्याजदरमा सहज फाइनान्सको सुविधासहित कम्पनीबाट टिभिएस बाइक चडेर जान सकिने ,लाइफ टाइम वारेन्टीको सुबिधाका साथै हेलमेट तथा ब्याग र बाइक कभर समेत निशुल्क उपलब्ध गराइने कम्पनीले जनाएकाे छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक