अर्थ
लघु उद्यमीले यसरी राखे आफ्ना समस्या
विराटनगरः प्रदेश १ का लुघ उद्यमीले उत्पादन गरेको सामानको बजारीकरणमा समस्या रहेको बताएका छन् ।
उत्पादित सामानको बजारीकरणदेखि लघु उद्यमीको समस्या हल गर्न राज्यले छुट्टै प्राधिकरण गठन गर्नुपर्ने उनीहरूले बताएका छन् । प्रदेश लघु उद्यम महासङ्घ नेपाल १ नम्बर प्रदेशले विराटनगरमा शुक्रबार आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा बोल्दै उनीहरूले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै लुघ उद्यम महासङ्घ प्रदेश १ का अध्यक्ष लक्ष्मण बुढाथोकीले उत्पादन भएको वस्तुको बजारीकण अहिलेको प्रमुख समस्या रहेको बताए । उपकरणहरू हुन नसक्दा लघु उद्यमीले उत्पादन गरेको वस्तुको आकर्षक प्याकेजिङमा समस्या रहेको बताउँदै परियोजनामा आधरित रहेर राज्यले उपकरणहरू ल्याउनुपर्नेमा उनले जोड दिए ।
लघु उद्यमीसमेत रहेकी तेह्रथुमको लालीगुराँस नगरपालिकाकी उपप्रमुख तिला भट्टराईले उत्पादन भएको वस्तुको बजारीकरण हुन नसक्दा लघु उद्यमीहरू समस्यामा परेको बताइन् । लघु उद्यमी टीका तोक्लेनले उत्पादन भएको वस्तुको बजारीकरणसँगै मूल्य निर्धारणमा पनि समस्या रहेको बताए ।
कार्यक्रममा प्रदेश १ का उद्योग, पर्यटन वन तथा वातवरण मन्त्रालयका सचिव सञ्जीव राईले प्रदेश सरकार औद्योगिक व्यावसायिक ऐन बनाउने तयारीमा लागेको बताए । राज्यले ऐन र नियामवली बनाएपछि लघु उद्यमीले उत्पादन गरेका वस्तुको बजारीकरणमा सहज हुने उनको भनाइ थियो ।
राष्ट्रिय वाणिज्य बैंक प्रदेश १ का प्रबन्ध निर्देशक रिसब भट्टराईले लघु उद्यमीहरूलाई बैंकले ७ ओटा शीर्षकमा कर्जा प्रवाह गर्दै आएको जानकारी दिए । ग्रेड बिग्नेस माटका सञ्चालक नीलम खड्काले उत्पादित वस्तुको गुणस्तरमा ध्यान दिनुपर्ने औँल्याए ।
कार्यक्रममा प्रदेश १ का १२ जिल्लाका ३० जना लघु उद्यमी सहभागी थिए ।
Facebook Comment
अर्थ
स्थानीयले पेट काटेर जम्मा गरेको पूँजी मासेर ऋण माफी दिन सकिँदैन : अर्थमन्त्री
अर्थमन्त्री डा. प्रकाशशरण महतले स्थानीयको पेट काटेर जम्मा गरेको पूँजी मासेर ऋण माफी गर्न नसकिने बताएका छन् ।
सहकारी र लघुवित्त पीडितलाई उपयोग गरेर केही मानिसले राजनीतिको रोटी सेकाउन थालेको भन्दै अर्थमन्त्रीले भने, ‘ऋण तिर्नुपर्दैन भन्ने समूहमा कोही लाग्नु हुँदैन ।’
Banner
नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
राष्ट्र बैंकका अनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५३ पैसा र बिक्री दर १३३ रुपैयाँ १३ पैसा कायम भएको छ ।
यस्तै, युरो एकको खरिद दर १४२ रुपैयाँ ७७ पैसा र बिक्री दर १४३ रुपैयाँ ४२ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ८९ पैसा र बिक्री दर १६७ रुपैयाँ ६४ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३४ पैसा र बिक्री दर ३६ रुपैयाँ ५१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
Banner
यी हुन् सिटिजन लाइफ इन्स्योरेन्सका ठूला शेयरधनी, कान्तिपुर पब्लिकेसनको हिस्सा ७.४३ प्रतिशत
सिटिजन्स लाईफ ईन्स्योरेन्समा १ प्रतिशत बढी स्वामित्व भएका लगानीकर्ताहरुको संख्या २२ जना रहेको छ । यो व्यक्तिगत र संस्थागत लगानीकर्तासहितको विवरण हो ।
कम्पनीमा कान्तिपुर पब्लिकेसन र सुमित कुमार अग्रावलको समान ७.४३ प्रतिशत शेयर स्वामित्व रहेको छ । दुबैको शेयर संख्या समान १९ लाख ५० हजार रहेको छ । त्यसैगरी प्रदिपजंग पाण्डेको ५.२४ प्रतिशत रहेको छ । उनको १३ लाख ७५ हजार कित्ता शेयर रहेको छ ।
यस्तै, विक्रम जेबि राणा, सुष्मा राणा र यति वल्ड ईन्भेष्टमेन्टको समान ५.१४ प्रतिशत हिस्सा छ । कम्पनीमा एयर डाईनाष्टी हेली सर्भिसको ३.०६ प्रतिशत शेयर रहेको छ भने ज्योति प्रकाश पाण्डे, ललिता अग्रवाल र उर्मिला पाण्डेको समान २.२९ प्रतिशत शेयर रहेको छ । यसैगरी, राजेन्द्र प्रसाद श्रेष्ठको २ प्रतिशत , राम अग्रवालको १.८९ प्रतिशत, तथा गुडविल फाईनान्स र प्रिमियर वायर्सको समान १.७१ प्रतिशत स्वमित्व रहेको छ।
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login