Connect with us
Advertisement

नझरेका फूलहरुद्वारा तीन स्रष्टा सम्मानित, गायक राई भन्छन्, ‘राजनीतिक परिवर्तन गर्ने कलाकार भूमिगत हुनु बिडम्बना’

Published

on

विराटचोकः नझरेका फूलहरुद्वारा तीन स्रष्टा सम्मानित भएका छन् । मोरङको सुन्दरहरैंचामा शुक्रबार आयोजित कार्यक्रममा लोक गायक शम्भु राई, कविता आले र राजन राईलाई संस्थाले सम्मान गरेको हो ।

‘कलाकार राष्ट्रिका गरिमा, निधि र पहिचान हुन् भन्ने नारा बोकेको नझेरका फूलहरुको ३० औँ पलेँटी साँझमा स्रष्टाहरुलाई सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ सरकारका सामाजिक विकास मन्त्री राजन राई, प्रदेश सभा सदस्य लोकप्रसाद संग्रौला, नगरप्रमुख केदारप्रसाद गुरागाईले संयुक्त रुपमा सम्मान पत्र प्रदान गरेका थिए ।

कार्यक्रममा गायक शम्भु राईले राजनीतिक सामाजिक परिवर्तन गर्न सांस्कृतिक आन्दोलन गरी पञ्चायती व्यवस्थाका लागि छातीमा मुड्की हानी व्यवस्था बदल्न हिँडेको स्मरण गरे । नेताहरु त्यो समयमा भूमिगत हुँदा सांस्कृतिक कार्यक्रम लिएर देशका विभिन्न भागमा कलाकार पुगेको र अहिले गणतन्त्र र लोकतन्त्र आइसकेपछि कलाकार भूमिगत हुने र नेता खुला रुपमा हिँड्नुपर्ने अवस्था आउनु विडम्बनापूर्ण भएको उनको भनाइ थियो ।

उनले ‘आलुदम चना….., घर त हिले हो …., चिठी तिमीलाई लेखँु भन्छु….., पहाडको छोरी हिउँ जस्तै गोरी…. बोलका गीत दर्शकमाझ प्रस्तुत गरेका थिए ।

गायिका कविता आलेले पनि बसी खर काटौँ, उठी खर काटौँ…, चुरौटे दाइ…., झ्याम्मै चौतारी …. लगायत गीतले दर्शकलाई मनोरञ्जन प्रदान गरेकी थिइन् ।

यसैगरी, गायक राजन राईले तारा खसौली…., कान थापेर सुनिदेऊ…., लगायतका लोकप्रिय गीत प्रस्तुत गर्दै आफू २० वर्ष जागीरे जीवनले गर्दा साङ्गीतिक क्षेत्रबाट टाढा रहेको बताए । अहिले यस्ता संस्थाले ‘उत्खनन्’ गरेर ल्याएकोमा आफू हर्षित भएको उनले बताए ।

कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री राईले कला, साहित्य, गीत सङ्गीतका क्षेत्रमा आफू पनि रहेकाले यसमा सक्दो सहयोग हुने बताए । नझरेका फूलहरुको उन्नयनका लागि पनि सहयोग गर्ने उनले बताए ।

यस्तै प्रदेश सांसद संग्रौलाले पनि कला साहित्यले जीवनलाई उत्कृष्ट बनाएको बताए ।

नगर प्रमुख गुरागाईले साहित्यका क्षेत्रका लागि नगरले बजेट छुट्याएकाले सहयोग गर्ने बताए ।

सुन्दरहरैंचा उद्योग वाणिज्य संघको सभाहलमा भएको कार्यक्रममा गायक दुर्गा पराजुली, गायिका यमुना पराजुली र भूमा अधिकारीले साङ्गीतिक मनोरञ्जन प्रदान गरेका थिए ।

कार्यक्रम सुन्दरहरैंचा कला साहित्य विकास समितिका अध्यक्ष छवि वैरागी घिमिरेको अध्यक्षतामा भएको थियो । कार्यक्रमको सञ्चालन नझरेका फूलहरुका प्रस्तोता केपी घिमिरेले गरेका थिए ।

भानु साझा पुस्तकालय सुन्दरहरैंचा सहयोगी संस्थाको रुपमा रहेको थियो ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

एनपीएल क्रिकेटमा आज जनकपुर र लुम्बिनी खेल्दै

Published

on

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो ४ बजे सुरु हुने छ।

रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लिग चरणको अन्तिम खेल खेल्दैछ। अघिल्ला ६ खेलमध्ये ३ मा जित निकाल्दै ६ अंकसहित प्लेअफ नजिक पुगेको लुम्बिनीका लागि आजको खेल अत्यन्तै महत्वपूर्ण मानिँदैछ। जीत हासिल गरे प्लेअफ स्थान सुरक्षित हुने छ।

पछिल्लो संस्करणको विजेता जनकपुर बोल्ट्सको भने यसपटक प्रदर्शन कमजोर रह्यो। ५ खेलमा जम्मा २ अंक जोडेको जनकपुरले एक खेल मात्र जित्न सफल भएको छ। अनिल साहको कप्तानीमा रहेको जनकपुरले आज आफ्नो छैटौँ खेल खेल्दैछ।

जनकपुरले आजको खेल जिते पनि प्लेअफ समीकरण अन्य खेलहरूमा निर्भर रहने छ।

Continue Reading

Banner

गछिया गोल्डकप: राष्ट्रिय जागृति क्लब सेमिफाइनलमा

Published

on

मोरङको सुन्दरहरैंचास्थित गछिया बजार खेल मैदानमा बिहीबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा राष्ट्रिय जागृति क्लबले झापाको दमक फुटबल एकेडेमीलाई २–० ले पराजित गर्दै प्रथम गछिया गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

जागृतिका लागि प्रवेश बस्नेतले खेलको ११औँ मिनेटमा गोल गर्दै अग्रता दिलाए। त्यसपछि ३९औँ मिनेटमा योगेन्द्र कार्कीले दोस्रो गोल जोडेर टिमको जित सुनिश्चित गरे।
विजयी टिमका योगेन्द्र कार्की ‘प्लेयर अफ द म्याच’ घोषित भए र उनले नगद ५ हजार १ सय रुपियाँ प्राप्त गरे।

बिहीबारको खेलसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। पहिलो सेमिफाइनल शुक्रबार सिराहाको सहलेस फुटबल क्लब र गाईघाट युनाइटेडबीच हुने छ।

Continue Reading

Banner

एनपीएलमा आज दुई खेल

Published

on

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार दुई खेल हुँदैछन्। पहिलो खेल ११:४५ बजे पोखरा एभेन्जर्स र काठमाण्डु गोर्खाज र अपराह्न ४ बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच हुँदैछ। दुवै खेल त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुनेछन्। पोखराका कप्तान कुशल भुर्तेल हुन् भने काठमाण्डुका कप्तान करण केसी हुन्। पोखराको नेतृत्व कुशल मल्लले गरेका छन् भने सुदूरपश्चिमको कप्तानीमा दीपेन्द्रसिंह ऐरी छन्। आजको खेलमा दुई कुशलसँग करण र दीपेन्द्रले प्रतिस्पर्धा गर्ने देखिन्छ। पाँच खेलबाट चार अङ्क मात्र जोडेको पोखरालाई प्लेअफको सम्भावना जीवित राख्न जित्नै पर्ने दबाब छ। काठमाडौँले भने छ खेलबाट आठ अङ्क जोडेको छ। प्लेअफमा पुगिसकेको सुदूरपश्चिम र प्लेअफको बाटोमा रहेको चितवन आमनेसामने हुनेछन्।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक