Connect with us
Advertisement

नझरेका फूलहरुद्वारा तीन स्रष्टा सम्मानित, गायक राई भन्छन्, ‘राजनीतिक परिवर्तन गर्ने कलाकार भूमिगत हुनु बिडम्बना’

Published

on

विराटचोकः नझरेका फूलहरुद्वारा तीन स्रष्टा सम्मानित भएका छन् । मोरङको सुन्दरहरैंचामा शुक्रबार आयोजित कार्यक्रममा लोक गायक शम्भु राई, कविता आले र राजन राईलाई संस्थाले सम्मान गरेको हो ।

‘कलाकार राष्ट्रिका गरिमा, निधि र पहिचान हुन् भन्ने नारा बोकेको नझेरका फूलहरुको ३० औँ पलेँटी साँझमा स्रष्टाहरुलाई सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ सरकारका सामाजिक विकास मन्त्री राजन राई, प्रदेश सभा सदस्य लोकप्रसाद संग्रौला, नगरप्रमुख केदारप्रसाद गुरागाईले संयुक्त रुपमा सम्मान पत्र प्रदान गरेका थिए ।

कार्यक्रममा गायक शम्भु राईले राजनीतिक सामाजिक परिवर्तन गर्न सांस्कृतिक आन्दोलन गरी पञ्चायती व्यवस्थाका लागि छातीमा मुड्की हानी व्यवस्था बदल्न हिँडेको स्मरण गरे । नेताहरु त्यो समयमा भूमिगत हुँदा सांस्कृतिक कार्यक्रम लिएर देशका विभिन्न भागमा कलाकार पुगेको र अहिले गणतन्त्र र लोकतन्त्र आइसकेपछि कलाकार भूमिगत हुने र नेता खुला रुपमा हिँड्नुपर्ने अवस्था आउनु विडम्बनापूर्ण भएको उनको भनाइ थियो ।

उनले ‘आलुदम चना….., घर त हिले हो …., चिठी तिमीलाई लेखँु भन्छु….., पहाडको छोरी हिउँ जस्तै गोरी…. बोलका गीत दर्शकमाझ प्रस्तुत गरेका थिए ।

गायिका कविता आलेले पनि बसी खर काटौँ, उठी खर काटौँ…, चुरौटे दाइ…., झ्याम्मै चौतारी …. लगायत गीतले दर्शकलाई मनोरञ्जन प्रदान गरेकी थिइन् ।

यसैगरी, गायक राजन राईले तारा खसौली…., कान थापेर सुनिदेऊ…., लगायतका लोकप्रिय गीत प्रस्तुत गर्दै आफू २० वर्ष जागीरे जीवनले गर्दा साङ्गीतिक क्षेत्रबाट टाढा रहेको बताए । अहिले यस्ता संस्थाले ‘उत्खनन्’ गरेर ल्याएकोमा आफू हर्षित भएको उनले बताए ।

कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री राईले कला, साहित्य, गीत सङ्गीतका क्षेत्रमा आफू पनि रहेकाले यसमा सक्दो सहयोग हुने बताए । नझरेका फूलहरुको उन्नयनका लागि पनि सहयोग गर्ने उनले बताए ।

यस्तै प्रदेश सांसद संग्रौलाले पनि कला साहित्यले जीवनलाई उत्कृष्ट बनाएको बताए ।

नगर प्रमुख गुरागाईले साहित्यका क्षेत्रका लागि नगरले बजेट छुट्याएकाले सहयोग गर्ने बताए ।

सुन्दरहरैंचा उद्योग वाणिज्य संघको सभाहलमा भएको कार्यक्रममा गायक दुर्गा पराजुली, गायिका यमुना पराजुली र भूमा अधिकारीले साङ्गीतिक मनोरञ्जन प्रदान गरेका थिए ।

कार्यक्रम सुन्दरहरैंचा कला साहित्य विकास समितिका अध्यक्ष छवि वैरागी घिमिरेको अध्यक्षतामा भएको थियो । कार्यक्रमको सञ्चालन नझरेका फूलहरुका प्रस्तोता केपी घिमिरेले गरेका थिए ।

भानु साझा पुस्तकालय सुन्दरहरैंचा सहयोगी संस्थाको रुपमा रहेको थियो ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस

Published

on

सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।

बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।

सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।

Continue Reading

Banner

शिक्षकलाई सवारी किन्न ब्याज अनुदान

Published

on

शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।

प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।

त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।

सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।

Continue Reading

Banner

साउदी विमानस्थलमा हुथीको आक्रमण

Published

on

यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।

इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।

हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्‍याएको दाबी गरेका छन् ।

यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।

सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।

संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।

यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक