अर्थ
मेची बहुउद्देश्यीयद्वारा सदस्यका लागि ५७ वटा आवास गृह निर्माण, लोभलाग्दो कार्यक्रम
विराटचोकः मेची बहुउद्देश्यीय सहकारी संस्थाले आर्थिक अवस्था कमजोर भएका आफ्ना सदस्यका लागि लक्षित गरी दमक–४ मा ५७ वटा एकीकृत आवास गृह निर्माण गरेको छ । प्रदेश नं. १ कै उत्कृष्ट सहकारीका रूपमा पुरस्कृत भएको उक्त सहकारीले करिब तीन बिगाहा जमिनमा आवास गृह निर्माण गरेको जनाएको छ ।
सहकारीले सदस्यलाई विभिन्न कार्यक्रम मार्फत् सदस्यलाई व्यावसायिक बनाउन १५ शीर्षकबाट बचत संकलन, १२ शीर्षकबाट कर्जा लगानी, सहकारी बस्ती निर्माण, ग्रोसरी पसल, युवा तथा साना व्यवसायी स्वरोजगार लगायत कार्यक्रममार्फत् ल्याएको छ ।
प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा संस्थाले सदस्यहरुलाई प्रदान गर्दै आएको ३२ वटा सुविधामा यो वर्ष दुई वटा थप गरी ३४ वटा पुर्याएको हो ।
थप गरिएका सुविधाहरुमा यस अघि सदस्य र सदस्यको श्रीमान् वा श्रीमतीको स्वर्गारोहण हुँदा मात्र दिँदै आएको काजकिरिया खर्च यसपटकबाट सदस्यका जन्म दिने बुवा र आमाको स्वर्गारोहण हुँदा समेत काजकिरिया खर्च रु ५ हजार प्रदान गर्ने गरी सुविधा थप गरेको छ ।
संस्थाले कर्जा लिएका सदस्यको मृत्यु भएमा रु १ लाख कर्जा छुट दिँदै आएकोमा यस वर्ष रु ५० हजार थप गरी रु १ लाख ५० हजार छुट दिने जनाएको छ । यसअघि सदस्यको छोरी जन्मिँदा मात्र रु १ हजारको शेयर प्रदान गर्दै आएको संस्थाले यस वर्षबाट छोरा वा छोरी जन्मिए रु १ हजारको शेयर प्रदान गर्ने जनाएको छ ।
यस्तै, संस्थाको आर्थिक कारोबार र सेवा क्षेत्रलाई थप फराकिलो बनाउँदै लगिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत खोमप्रसाद बगालेले शनिबार आयोजित पत्रकारसँगको अन्तरक्रियामा जानकारी दिए ।
कोरोना महामारीका कारण बजारमा उत्पन्न असहज परिस्थिति, मुलुकमा रहेको आर्थिक तरलता अभावका कारण व्यावसायिक कारोबारमा आएको कमीका बाबजुद संस्थाले गत आर्थिक वर्ष २०७८÷०७९ मा लिइएका सबै लक्ष्य भेटाउन सफल भएको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।
संस्थामा गत असार मसान्तसम्ममा सदस्यता लिएका १३ हजार ३ सय १८ सदस्यहरुको शेयर पूँजी ३५ करोड ५५ लाख ७८ हजार ८ सय रुपैयाँ पुगेको छ । संस्थाको जगेडा कोषमा १४ करोड ७७ लाख ५९ हजार ९ सय रुपैयाँ र अन्य कोषहरुमा ११ करोड ६३ लाख ७३ हजार रुपैयाँ गरी जम्मा कोषमा मात्र २६ करोड ४१ लाख ३३ हजार ३ सय ६९ रूपैयाँ पुगेको छ ।
गत आर्थिक वर्षमा कुल ११ करोड ९८ लाख २९ हजार रुपैयाँ नाफा कमाउन सफल भएको जनाइएको छ । अन्तरक्रियामा संस्थाले गत आर्थिक वर्षमा करिब साढे तीन अर्ब रुपैयाँ बराबरको कारोबार गर्न सफल भएको जनाउँदै चालु आर्थिक वर्ष २०७९÷ ८० लाई बचत वर्षका रुपमा मनाउने योजना सार्वजनिक गरिएको छ ।
संस्थाको सञ्चार उपसमितिले आयोजना गरेको अन्तरक्रियामा संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईले संस्थाले अहिले प्रदेश १ का विभिन्न जिल्लामा रहेका १२ वटा सेवा केन्द्रमार्फत् आफ्ना सदस्यहरुसँगको कारोबारलाई निरन्तरता दिइरहेको र छिट्टै विराटचोक, रतुवामाई, माङसेबुङ र इटहरीमा समेत सेवा केन्द्र सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिए । उनका अनुसार अहिले झापा, मोरङ र इलाममा सेवा सुचारु छ ।
संस्थाका कार्यकारी प्रमुख बगालेले संस्थाको आगामी वार्षिक साधारण सभामा पेश गरिने प्रतिवेदनको सारसहित संस्थाले लिएको नीति कार्यान्वयनको पक्षका बारेमा प्रष्ट्याएका थिए ।

Facebook Comment
Banner
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस
सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।
बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।
सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।
Banner
शिक्षकलाई सवारी किन्न ब्याज अनुदान
शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।
प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।
त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।
सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।
Banner
साउदी विमानस्थलमा हुथीको आक्रमण
यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।
इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।
हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्याएको दाबी गरेका छन् ।
यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।
सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।
संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।
यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















You must be logged in to post a comment Login