Connect with us
Advertisement

दाहसंस्कार हुँदै गरेको शवलाई किन प्रहरीले लियो नियन्त्रणमा

Published

on

बाराः शुक्रबार दाहसंस्कार हुँदै गरेको शवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बारा जिल्लाको पचरौता नगरपालिका–१ पिपरपातीका अन्दाजी ३८ वर्षीया माल्तीदेवी नुनियाको शवलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक विकासराज खनालले बताए । हत्यापछि शव जलाउँदै गरेको आशङ्कामा प्रहरीले शवलाई नियन्त्रणमा लिएको हो ।

दम्पत्तिबीच भएको झगडमा पतिले पत्नीको हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ । पति रामदयाल महतो नुनियाले श्रीमतीको शवलाई जलाउँदै गरेको खुलेपछि शवलाई नियन्त्रणमा लिएको खनालले बताए । शव पूर्ण रूपमा नजलेका कारण केही हाड फेला पारेको बताइएको छ । मृतकका श्रीमान्, सासू ससुरा सबै फरार रहेको हुँदा घटना शङ्कास्पद देखिएको प्रहरीको भनाइ छ ।

भारतको मोतिहारी जिल्लाको जुयाफर भन्ने ठाउँमा माइती भएकी मृतकका माइती पक्षले नै सो घटनाको बारेमा जानकारी दिएपछि प्रहरी तत्कालै गाउँमा पुगेको थियो ।

Continue Reading

Facebook Comment

26 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने

Published

on

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिनुहुने भएको छ । हिजो पत्रकार सम्मेलन गर्दै उहाँले आज दिउँसो २ बजे विश्वासको मत लिन लागेको जानकारी गराउनुभयो ।

मुख्यमन्त्री यादवले सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वास मत लिन भने पनि आफूले परमादेशको पत्र हिजो दिउँसो ३ बजे मात्र प्राप्त गरेको हुँदा त्यही आधारमा विश्वासको मत लिनका लागि प्रदेशसभा सचिवालयमा पत्रसमेत पठाइसकिएको बताउनुभयो । अदालतको फैसलाअनुसार प्रक्रिया अघि बढ्ने र विश्वासको मत आफूले नै पाउने उहाँको दाबी छ ।

अस्ति सोमबार सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन मुख्यमन्त्री यादवको नाममा परमादेश जारी गरेको थियो । प्रदेशसभा सचिवालयले भने विश्वासको मतका लागि आज विहान ८ बजे नै बैठक तोकेको छ । यादव प्रदेशसभाको सबैभन्दा ठूलो दल नेकपा (एमाले) संसदीय दलको नेताका हैसियतमा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।

अन्य दलले बहुमतका आधारमा सरकार बनाउन आग्रह गरे पनि तत्कालीन प्रमुख सुमित्रा भण्डारीले यादवलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो । त्यसमा विवाद उत्पन्न भएपछि प्रदेश प्रमुख भण्डारीलाई सङ्घीय सरकारको सिफारिसमा राष्ट्रपतिले पदमुक्त गर्नुभएको थियो ।

मुख्यमन्त्री यादवको नियुक्तिविरुद्ध प्रदेशसभाका ७४ जना सदस्यले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिटमा सर्वोच्च अदालतले यसअघि पनि दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश दिएको थियो ।

Continue Reading

Banner

आज सीता र रामको पूजा गरी विवाह पञ्चमी मनाइँदै

Published

on

त्रेतायुगमा मङ्सिर शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी विवाह पञ्चमी पर्व मनाइँदैछ । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक हुँदैछ ।

गोस्वामी तुलसीदासले रामायणमा वर्णन गर्नुभए अनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् । त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिव धनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पार्नुभयो ।

शिवधनुषलाई भाँचेपछि मङ्सिर शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको थियो । रामायणअनुसार जनकपुरधामको रङ्गभूमिमा आयोजना गरिएको स्वयंवरमा ५६ कोटी देवताको उपस्थिति रहेको विश्वास गरिन्छ । सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता सशरीर नभए पनि अदृश्य रूपमा हुने विश्वासले हर्षोल्लासका साथ प्रतिछाया जन्तीको आगमनदेखि बिहेसम्म सहभागी हुन्छन् ।

महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न हुन्छ । पौराणिक मान्यताअनुरूप राम मन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखी रङ्गभूमिमा पुर्याइन्छ ।

त्यस्तै, जानकी मन्दिरबाट सीतालाई विशेष सुसज्जित डोलामा राखी रङ्गभूमिमा लगिन्छ । रङ्गभूमिमा स्वयंवरविधि, परीक्षणको वैवाहिक विधि सम्पन्न भएपछि सीता, रामलाई जानकी मन्दिरमा ल्याइन्छ । त्यसपछि मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न हुन्छ । यस अवसरमा निस्केको भगवानको डोला शोभायात्रामा राज्यका विभिन्न ठाउँलगायत सीमावर्ती भारतीय क्षेत्रका श्रद्धालु भक्तजनसमेत सहभागी हुने गर्छन् ।

Continue Reading

Banner

बाराको सिमरामा तनाव बढेपछि फेरि कर्फ्यु

Published

on

बाराको सिमरामा हिजो भएको झडपको विषयलाई लिएर आज पनि तनाव बढेपछि स्थानीय प्रशासनले फेरि कर्फ्यु लगाएको छ । स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय बाराले फेरि कर्फ्यु लगाएको हो ।

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जारी गर्नुभएको सूचनामा सिमरा विमानस्थल र आसपासको क्षेत्रमा आज दिउँसो १ बजेदेखि बेलुका ८ बजेसम्म लागू हुने गरी कर्फ्यु लगाएको उल्लेख छ । अहिले पनि सिमरा क्षेत्र तनावग्रस्त छ ।

हिजो आफूहरूले शान्तिपूर्ण प्रदर्शन गरेका बेला कुटपिट गरी झडपको अवस्था निम्ताएको भन्दै जेनजी समूहले प्रहरीमा जाहेरी दिएका थिए । जाहेरीमा उल्लेख व्यक्तिलाई पक्राउ गर्नुपर्ने माग गर्दै जेनजी समूहले प्रदर्शन थालेपछि प्रशासन कार्यालयले कर्फ्यु लगाएको हो ।

जाहेरी दिएकामध्ये दुई जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । जीतपुर सिमरा उपमहानगरपालिका–२ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ र वडा–६ का अध्यक्ष कैमुदिन अन्सारीलाई पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो । उनीहरू दुवै जना एमालेबाट निर्वाचित हुन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक