खेलकुद
प्रथम सुन्दरहरैंचा प्रदेशस्तरीय फुटबलको उपाधी भाङबाडीको पोल्टामा
विराटचोकः प्रथम सुन्दरहरैंचा प्रदेशस्तरीय फुटबल प्रतियोगिताको उपाधी भाङबाडी फुटबल क्लब झापाले जितेको छ । प्रस्तावित इन्द्रपुर रङ्गशाला मोरङमा भएको प्रतियोगितामा आयोजक नेपाल मुस्लिम युवा समूह विराटचोकलाई शून्यका विरुद्ध ५ गोल गर्दै भाङबाडीले उपाधी उचालेको हो ।
उपाधीसँगै भाङबाडीले नगद २ लाख रुपैयाँ र ट्रफी हात पारेको छ भने उपविजेता बनेको आयोजकले नगद १ लाख रुपैयाँ र ट्रफी हात पारेको छ ।
बिजेता खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख शिवप्रसाद ढकालले पुरस्कार प्रदान गरेका थिए ।
समापन समाराेहका प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख शिवप्रसाद ढकाल रहेका थिए । यस्तै विशिष्ट अतिथि वडा नम्बर ७ का वडा अध्यक्ष चैतन्य सिटौला, नेपाली काग्रेसका महासमिति सदस्य ललित श्रेष्ठ, नेपाली कांग्रेस माेरङका कोषाध्यक्ष गोपालबहादुर थापा रहेका थिए । अतिथिमा इन्द्रपुर बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष रामप्रसाद गजुरेल, युवा समाजसेवी प्रकाश श्रेष्ठ लगायत रहेका थिए ।


Facebook Comment
Banner
हङकङलाई हराउँदै नेपालले जित्यो एसियाड छनोटको उपाधि
एसियाली खेलकुद (एसियाड) छनोटको उपाधि नेपालले जितेको छ। सिंगापुरमा सम्पन्न वर्षाले प्रभावित फाइनलमा नेपालले हङकङलाई १९ रनले पराजित गर्दै उपाधि जितेको हो।
टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८८ रन बनाएको थियो। जवाफमा १ सय ८९ रनको लक्ष्य पछ्याएको नेपालले ११.३ ओभरमा २ विकेट गुमाएर १ सय १४ रन बनाउँदा वर्षाले खेल रोकिएपछि डिएल म्याथोडमा नेपाल १९ रनले विजयी भएको हो।
नेपालका लागि ओपनर कुशल भुर्तेलले ४० बलमा ८ चौका र ३ छक्काको सहयोगमा ६५ रन बनाए। त्यस्तै, रोहित पौडेलले ३५ रन बनाउँदा कप्तान दीपेन्द्र सिंह ऐरीले ९ रनको अविजित इनिङ्स खेले।
हङकङका लागि आयुश शुक्ला र एहसन खानले १-१ विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको हङकङका लागि अन्सुमान रथले ४५ बलमा ६ चौका र छक्काको सहयोगमा ८० रन बनाए। त्यस्तै, शिभ माथुरले २६ रन बनाउँदा साहिद वासिफले ५५ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए।
नेपालका लागि शेर मल्लले ४ विकेट लिँदा करण केसीले २ तथा सन्दीप लामिछानेले १ विकेट लिएका थिए।
Banner
दीपेन्द्रसिंह ऐरीले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा पूरा गरे १०० खेल
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा १०० खेल खेल्ने उपलब्धि हासिल गरेका छन्।
एसियन गेम्स पुरुष क्रिकेट छनोटअन्तर्गत सोमबार हङकङविरुद्ध भएको फाइनल खेलमा सहभागिता जनाएसँगै उनले यो कीर्तिमानी संख्या पूरा गरेका हुन्। उक्त खेलमा नेपालले टस जितेर पहिलो चरणमा बलिङ रोजेको थियो।
यस उपलब्धिसँगै दीपेन्द्र टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा शतकीय खेल संख्या पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन्। नेपाली खेलाडीहरूमध्ये सोमपाल कामीले हालसम्म ९१ तथा करण केसीले ९० टी-२० अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन्।
दीपेन्द्रले सन् २०१८ मा नेदरल्यान्ड्सविरुद्ध लर्ड्स मैदानमा भएको खेलमार्फत टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको प्रतिनिधित्व सुरु गरेका थिए। त्यसयता उनले ब्याटिङ र बलिङ दुवै क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएका छन्।
१०० खेलको यात्रासम्म आइपुग्दा उनले एक शतक र १२ अर्धशतकको मद्दतले २ हजार २ सय १३ रन जोडिसकेका छन्। साथै उनले ६२ विकेट पनि आफ्नो नाममा दर्ज गरेका छन्। हङकङविरुद्धको खेलको प्रदर्शन भने उक्त तथ्यांकमा समावेश हुन बाँकी छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को टी-२० अन्तर्राष्ट्रिय अलराउन्डर वरियतामा दीपेन्द्र हाल पाँचौँ स्थानमा रहेका छन्। यसअघि उनी उक्त वरियताको दोस्रो स्थानसम्म पुग्न सफल भएका थिए।
लामो समय राष्ट्रिय टोलीको उपकप्तानको जिम्मेवारी सम्हालेका दीपेन्द्रलाई केही समयअघि मात्र टी-२० अन्तर्राष्ट्रिय टोलीको कप्तानी सुम्पिएको थियो।
Banner
एसीसी महिला प्रिमियर कपमा नेपालको लगातार दोस्रो जीत
मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले भुटानलाई ५१ रनले पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ ।
नेपालले दिएको ११४ रनको लक्ष्य पछ्याएको भुटानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ६२ रन मात्र बनाउन सक्यो । भुटानका लागि डेचेन वाङ्मोले ६० बलमा सर्वाधिक ३९ रन बनाइन् । चाडो ओमले ११ रन जोड्दा अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
नेपालको बलिङतर्फ रुबिना क्षेत्रीले ३ तथा रिया शर्माले २ विकेट लिइन् भने कविता कुँवर र मनिषा उपाध्यायले समान १/१ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल २० ओभरमा ११३ रन बनाएर अलआउट भएको थियो । नेपालका लागि सीता राना मगरले २८ बलमा सर्वाधिक ३७ रन बनाइन्। रुबिना क्षेत्रीले २४ रन जोडिन् भने सोनी पाख्रिनले १३ र सम्झना कुमारीले १० रन बनाइन् । भुटानका लागि सोनाम र छेरिङ जाङ्मोले समान ३/३ विकेट लिए ।
पहिलो खेलमा हिजो कतारलाई ८ विकेटले हराएको नेपाल समूह ‘डी’ मा लगातार दोस्रो जित निकाल्न सफल भएको हो । नेपाल रहेको समूहमा कतार, भुटान र हङकङ छन् । नेपालले समूह चरणको अन्तिम खेल पर्सि हङकङसँग खेल्ने तालिका छ ।
महिला टी–२० एसिया कप छनोट प्रतियोगितासमेत रहेको एसीसी महिला प्रिमियर कपमा १८ टोली सहभागी छन् । प्रतियोगिताबाट उत्कृष्ट चार टोली महिला एसिया कपका लागि छनोट हुनेछन् ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login