स्थानीय तह
मिक्लाजुङमा बसाइँ आउने बढ्दै
विराटचोकः मोरङको मिक्लाजुङ गाउँपालिकाका केही वडामा बसाइँ सरेर जानेको संख्या बढी भए पनि केही वडामा भने बसाइँ सरेर आउनेको संख्या धेरै छ । समग्रमा सो गाउँपालिकाबाट बसाइँ सरेर जानेभन्दा बसाइँ सरेर आउनेको संख्या बढी छ ।
गाउँपालिकाको पञ्जीकरण शाखाका अनुसार आर्थिक वर्ष ०७६\०७७ मा सो गाउँपालिकामा १६६ जना बसाइँ सरेर आउँदा २०६ जना भने पालिकाबाट बसाइँ सरेर अन्यत्र गएका छन् । ६० परिवार बसाइँ सरेर आएका हुन् भने ६५ परिवार बसाइँ सरेर गएका हुन् । पछिल्ला २ वर्षमा भने बसाइँ आउनेको संख्या बढी छ ।
सबैभन्दा धेरै वडा नम्बर ७ बाट १२ परिवारका ३६ जना बसाइँ सरेर गएका छन् । वडा नम्बर ४ बाट एउटा परिवारका २ जना बसाइँ सरेर गएका छन् ।
उता, सबैभन्दा धेरै वडा नम्बर ६ मा २१ परिवारका ६२ जना बसाइँ सरेर आएका छन् भने सबैभन्दा कम वडा नम्बर १ मा एउटा परिवारका २ जना बसाइँ सरेर आएका छन् । वडा नम्बर ४ मा भने सो वर्ष कुनै पनि परिवार बसाइँ सरेर नआएको पालिकाको तथ्याङ्कले देखाउँछ ।
आर्थिक वर्ष २०७७\०७८ मा सो गाउँपालिकामा ७८३ जना बसाइँ सरेर आएका छन् भने ४८७ जनामात्रै बसाइँ सरेर गएका छन् । २८० परिवार बसाइँ सरेर आउँदा १५१ परिवार बसाइँ सरेर पालिकाबाट बाहिरिएका छन् ।
पञ्जीकरण शाखाका अनुसार सो आर्थिक वर्षमा सबैभन्दा कम वडा नम्बर ५ बाट ८ परिवारका २३ जना बसाइँ सरेर गएका छन् । सबैभन्दा धेरै वडा नम्बर ३ बाट २७ परिवारका ९६ जना बसाइँ सरेर गएका छन् ।
सबैभन्दा कम वडा नम्बर ५ मा १ परिवारका १ जना बसाइँ सरेर आएका छन् । सबैभन्दा धेरै वडा नम्बर ६ मा ८० परिवारका २३८ जना बसाइँ सरेर आएका छन् ।
गत आर्थिक वर्ष २०७८\०७९ मा ३४० परिवारका १०३२ जना बसाइँ सरेर आएका छन् । त्यस्तै, ३०९ परिवारका ९४५ जना बसाइँ सरेर गएका छन् ।
गाउँपालिकाको पञ्जीकरण शाखाका अनुसार बसाइँ सरेर सबैभन्दा धेरै वडा नम्बर ६ मा ६६ परिवारका २११ जना आएका छन् । सबैभन्दा कम बसाइँ सरेर वडा नम्बर १ मा आएका छन् । सो वडामा ७ परिवारका १४ जना बसाइँ सरेर आएका छन् ।
त्यस्तै, वडा नम्बर ५ बाट सबैभन्दा कम १२ परिवारका ४४ जना बसाइँ सरेर गएका छन् । वडा नम्बर ७ बाट सबैभन्दा धेरै ४५ परिवारका १ सय ४३ जना बसाइँ सरेर गएका छन् । वडा नम्बर ६ बाट ४६ परिवारका १ सय ३९ जना र वडा नम्बर १ बाट ४३ परिवारका १३६ जना बसाइँ सरेर गएका छन् ।
सुन्दरहरैंचाको वडा नम्बर १० मा बसाइँ सरी आउनेको आकर्षण, यस्तो छ तीन आर्थिक वर्षको तथ्याङ्क
Facebook Comment
Banner
कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए
नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।
निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।
यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।
पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।
१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login