शेयर
१ वर्ष भयो नेप्सेले हालसम्मकै अलटाइम हाई रेकर्ड बनाएको, त्यसपछि निरन्तर ओरालो लाग्दै
विराटचोकः गत वर्ष भदौ २ गते नेपाली शेयर बजारले अहिलेसम्मकै सर्वाधिक अंकको रेकर्ड कायम गर्दै लगानीकर्तालाई खुसी तुल्याएको थियो । त्यसपछि लगातार घटिरहेको बजार अहिले लगभग स्थिर जस्तै बनेको छ ।
गत वर्षको भदौ २ गते शेयर बजारले अहिले सम्मकै उच्चतम बिन्दु ३१९८.६० अंकमा पुगेर नयाँ रेकर्ड कायम गरेको थियो । सो दिन बजार ३१७२.२९ अंकमा खुलेको थियो भने कारोबारको समयमा (इन्ट्रा डे मा) ३२२०.३३ अंक सम्मको बिन्दु छोएर ३१९८.६० मा बन्द भएको थियो । जुन अघिल्लो अलटाइम हाइ भन्दा ७०.०१ प्रतिशतको वृद्धि थियो ।
त्यस भन्दा अघिको अलटाइम हाइ २०७३ साउन १२ गते १८८१.४५ अंकको रहेको थियो । २०७३ सालमा बनेको अल टाइम हाइ अघिल्लो हाइभन्दा ६०.०७ प्रतिशत बढी थियो । त्यसभन्दा अघि ११७५.३८ अंकको अलटाइम हाईको रेकर्ड थियो । जुन २०६५ भदौ १५ गते बनेको थियो । सो वर्ष अघिल्लो हाइभन्दा बजार ११५.३४ प्रतिशतले बढेको थियो । त्यसभन्दा अघिल्लो हाइ २०५७ मंसिर ८ गते बनेको थियो । सो दिन ५४५.८२ अंकमा बजार बन्द भएर अल टाइम हाइ रेकर्ड बनेको थियो ।
यस वर्षको भदौ २ गते सूचक २७.७२ अंकले बढेर २०६८.४२ अंकमा उक्लिएको छ ।
नेप्सेको इतिहासलाई पल्टाएर हेर्ने हो भने यस अघि चार बुल स्पष्ट देख्न सकिन्छ । जुन बुलमा नेप्सेले बनाएको पछिल्लो हाईलाई ब्रेक गर्दै नयाँ रेकर्ड कायम गर्दै अघि बढेको देखिन्छ । नेप्सेले बनाएको अल टाइम हाईको रेकर्डलाई हेर्दा साउन, भदौ र मंसिर महिनामा सर्वाधिक अंकको रेकर्ड बनेकाले ती महिनामा शेयर बेच्ने महिना देखिन्छन् । तर त्यसरी हिसाब गर्नु मूर्खता हुनेछ ।
सम्बन्धित समाचारहरुः
४० दिनपछि नेप्सेले बनायो नयाँ अलटाइम हाइ रेकर्ड, १४ अर्बको कारोबार
अलटाइम हाइ रेकर्ड कायम भएको बजारमा कारोबार रकममा पनि बन्यो कीर्तिमान
नेप्सेले अलटाइम हाइ रेकर्ड बनाउँदा शेयर बजारमा ४ वटा कीर्तिमान
नयाँ वर्षको पहिलो कारोबार दिनमा नेप्सेमा बनियो अलटाइम हाइ रेकर्ड
लगातार तेस्रो दिन नेप्सेले गर्याे रेकर्ड ब्रेक, कारोबार रकममा पनि रेकर्ड ब्रेक, ५ वटा रेकर्ड तोडिए
नेप्सेले फेरि बनायो नयाँ कीर्तिमान
१ महिना अघिको रेकर्ड ब्रेक गर्दै नेप्सेले बनायो अल टाइम हाइ रेकर्ड, बजार पूँजीकरण ३८ खर्ब
नेप्से सूचकले अल टाइम हाइ रेकर्ड बनाउँदा बजार पूँजीकरण ३३ खर्ब ३२ अर्ब
Facebook Comment
Banner
कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए
नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।
निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।
यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।
पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।
१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login