Connect with us
Advertisement

रक्तक्यान्सरपीडितलाई बाल सञ्जालद्वारा ५१ हजार रुपैयाँ सहयोग

Published

on

विराटचोकः नगर बाल सञ्जाल सुन्दरहरैंचाले सन्दीप पोख्रेल बचाऊ अभियानअन्तर्गत ५१ हजार ३ सय २० रुपैयाँ पोख्रेलको परिवारलाई हस्तान्तरण गरेको छ ।

बाल सञ्जालका पदाधिकारीले सुन्दरहरैंचा नगर क्षेत्रमा काँक्रा, फु्रटी, पानीलगायत बेचेर रकम सङ्कलन गरेका थिए । सुन्दरहरैंचा–३ निवासी १५ वर्षीय पोखरेल रक्त क्यान्सरबाट पीडित छन् । उनको काठमाडौंको सिभिल अस्पतालमा उपचार भइरहेको छ ।

सङ्कलन भएको रकम आइतबार सञ्जालका पदाधिकारीले पीडित पोख्रेलको घरमा पुगेर परिवारलाई हस्तान्तरण गरेका हुन् । हस्तान्तरण कार्यक्रममा सञ्जालका वर्तमान पदाधिकारीका साथै पूर्व अध्यक्ष टेकराज तिम्सिना, निवर्तमान अध्यक्ष मदन भण्डारी, संरक्षक सुशीला पाठक उपस्थित थिए ।

त्यस्तै, लायन्स क्लब अफ इन्द्रपुरका अध्यक्ष गोविन्द अधिकारी, पाथीभरा स्वतन्त्र महिला समूहकी अध्यक्ष कल्पना दाहाल र समाजसेवी नवराज चापागाईँ पनि सहयोग हस्तान्तरण कार्यक्रममा उपस्थित थिए । लायन्सले ८ हजार रुपैयाँ र महिला समूहले १५ हजार रुपैयाँ सहयोग गरेका थिए ।

थप समाचारहरुः

रक्त क्यान्सरपीडित विद्यार्थीको उपचार सहयोगार्थ नगर बाल सञ्जालद्वारा दोस्रो दिन १५ हजार सङ्कलन

बाल सञ्जाल सुन्दरहरैँचाद्वारा क्यान्सर पीडितलाई आर्थिक सङ्कलन शुरु

 

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

काठमाडौंको फोहोर व्यवस्थापनमा एनआरएनएको चासो

Published

on

काठमाडौंः गैर आवसीय नेपाली संघ (एनआरएनए)ले काठमाडौंको फोहोर व्यवस्थापनमा चासो व्यक्त गरेको छ । संघका अध्यक्ष विनोद कुँवरको पहलमा आधुनिक प्रविधिबाट काठमाडौंको फोहोर व्यवस्थापनबारे छलफल थालिएको छ ।

अध्यक्ष कुँवरसहित कोरियन कम्पनी सेन्जेन ग्रीन एन्ड इनर्जीका उपाध्यक्ष वाङ चोइ र प्रोडुसर जोङ होउसहितका प्रतिनिधि मण्डलले फोहर व्यवस्थापन केन्द्रको अवलोकन गरेको छ । प्रतिनिधि मण्डलले स्थानीय र कर्मचारीहरूसँग फोहोर व्यवस्थापनबारे छलफल गरेको छ ।

एनआरएनएका अध्यक्ष कुँवरसहितको टोलीले फोहोर व्यवस्थापनबारे सहरी विकास मन्त्रालयमा मन्त्री सीता गुरुङ तथा मन्त्रालयका प्रतिनिधिहरूसँग पनि छलफल गरेको छ ।

अध्यक्ष कुँवरका अनुसार कम्पनीले विश्वका अन्य देशहरूमा प्रयोगमा ल्याएको फोहोर व्यवस्थापन प्रविधि र त्यसबाट कसरी हरित ऊर्जा उत्पादन गर्न सकिन्छ भन्ने बारेमा प्रस्तुतिकरण गरेको थियो । उपाध्यक्ष चोइले परियोजनालाई आवश्यक सम्पूर्ण सहयोग गर्न कम्पनी तयार रहेको र आवश्यक पूँजीको समेत सहुलियत दरमा व्यवस्थापन गर्न सकिने जानकारी दिए ।

छलफलको क्रममा मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले नेपाल सरकारले विभिन्न किसिमका प्रविधिहरूको अध्ययन र अवलोकन गरिरहेको भन्दै छिट्टै ग्लोबल टेन्डर आह्वान गरेर कार्य अगाडि बढाउने बताए ।

एनआरएनए र कोरियन कम्पनीले चासो देखाएपछि सिसडोलबासीले फोहोर व्यवस्थापन हुने अपेक्षा गरेका छन् ।

Continue Reading

Banner

एसियाली खेलकुदः रग्बीमा नेपाल अन्तिम स्थानमा

Published

on

विराटचोकः एसियाली खेलकुदको पुरुष रग्बी सेभेन्समा नेपाल जीतविहीन बनेको छ । रग्बी सेभेन्समा प्रतिस्पर्धा गरेको नेपालको पुरुष टोली सबै खेलमा पराजित हुँदै अन्तिम स्थानमा रह्यो ।

मंगलबार नवौँदेखि १३ औं स्थान निर्धारणका लागि भएको अन्तिम खेलमा पनि नेपाल पराजित भयो । हाङझावनर्मल युनिभर्सिटी कान्क्विन एथ्लेटिक्स फिल्डमा भएको अन्तिम खेलमा नेपाल ओसिए इन्डेपेन्डेन्ट एथ्लेटक टिमसँग ६८–० अन्तरले पछि प¥यो । योसहित नेपालले खेलेको सबै ६ खेलमा हार बेहोर्याे ।

६ खेल खेल्दा नेपालले समूह चरणमा युएई विरुद्ध मात्र स्कोर गर्न सफल भएको थियो । उक्त खेलमा नेपाल ५५–७ ले पराजित भएको थियो । समूह डी मा नेपाल त्यसपछि चीनसँग ६५–० र अफगानिस्तानसँग ४१–० ले पराजित भयो ।

समूह चरणमा तीन वटै खेलमा पराजित नेपाल समूह चरणबाट बाहिरिएपछि ९ देखि १३ औं स्थानसम्मका लागि अन्य तीन खेल खेलेको थियो । जसमा फिलिपिन्ससँग ५५–० र थाइल्यान्डसँग ३६–० ले पराजित भयो । रग्बीमा नेपालसहित १३ राष्ट्र सहभागी थिए । एसियाली खेलकुदको रग्बीमा नेपालले पहिलो पटक सहभागिता जनाएको हो ।

Continue Reading

Banner

भारु १०० भन्दा ठूला नोट नेपालमा प्रतिबन्धित

Published

on

विराटचोकः नेपाल राष्ट्र बैंकले मंगलबार वित्तीय चेतनाका लागि एउटा सूचना सार्वजनिक गर्दै भारुसँग सम्बन्धित व्यवस्थाहरुबारे अवगत गराउँदै भारु १ सय रुपैयाँभन्दा ठूला नोट नेपालमा नचल्ने जनाएको छ ।

त्यस्ता नोट साथमा राख्न, ओसरपसार गर्न र कारोबार गर्न प्रतिबन्ध लगाइएको हो । भारतबाट नेपाल आउँदा वा नेपालबाट भारत जाँदा अमेरिकी डलर ५ हजारबराबरको भारतीय रुपैयाँको १०० वा सोभन्दा कम दरका नोट मात्र ल्याउन वा लैजान सकिन्छ सकिने र सोभन्दा बढी रकम भन्सारमा घोषणा गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

भारत भ्रमणका लागि नगद भारु २५ हजारसम्म र औषधोपचारका लागि नगद भारु ५० हजारसम्मको सटही सुविधा बैंक तथा वित्तीय संस्थाबाट नै प्राप्त गर्न सकिने व्यवस्था केन्द्रीय बैंकले गरेको छ । भारत भ्रमणमा जाने नेपाली नागरिकले भारु २५ हजारसम्मको यस्तो सटही सुविधा मनिचेन्जरबाट पनि लिन सक्ने व्यवस्था गरिएको छ ।

तर, कारोबारका अन्य माध्यम जस्तै ड्राफ्ट, टीटी, कार्डमार्फत अस्पतालको भुक्तानी आदिमा भने यो सीमा लागू नहुने राष्ट्र बैंकले जनाएको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५११३३२९९, ९८४२१९२४१२, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक खेमचन्द्र अधिकारी
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः नवराज पोख्रेल
संवाददाताः कृष्णचन्द्र सुवेदी
हाम्रो फेसबुक