शेयर
एफपीओ निष्कासनको पाइपलाइनमा ६ वटा कम्पनी, सबै लघुवित्त मात्रै
काठमाडौंः पछिल्लो पटक एफपीओ निष्काशनको अनुमति माग गर्नेमा सबै लघुवित्त कम्पनीहरु छन् । धेरै लघुवित्तहरुले संस्थापक र साधारण शेयरको अनुपात मिलाउनको लागि मात्रै एफपीओ निष्काशन गर्न थालेका हुन् ।
नेपाल राष्ट्र बैंकले मर्जर तथा एक्विजिसनको नीति ल्याएपछि धेरै विकास बैंक र फाइनान्स कम्पनीहरु मर्जर भए पनि वाणिज्य बैंक र लघुवित्त कम्पनीहरु मर्जरमा गएका थिएनन् । पछिल्लो समय भने वाणिज्य बैंक र लघुवित्त कम्पनीहरु धमाधम मर्जरमा गएको देख्न सकिन्छ । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बापिया)ले कम्पनीमा साधारण शेयरको अनुपात न्यूनतम ३० प्रतिशत हुनुपर्ने व्यवस्था गरेको छ । पछिल्लो समय लघुवित्त मर्जरमा गएपछि शेयर रेसियो अनुपात मिलाउनको लागि नै एफपीओमा जान थालेको लघुवित्तका एक सञ्चालकले बताए ।
धितोपत्र बोर्डले प्रिमियममा एफपीओ निष्कासन गर्दा पछिल्लो तीन वर्षको पूँजीकृत भएको आम्दानी (खुद नाफा), भविष्यमा प्राप्त हुने नगद प्रवाहको वर्तमान मूल्य (डिस्काउन्टेड क्यास फ्लो) र बोर्डमा निवेदन दिनुभन्दा सातदिन अगाडिको १८० दिनको औसतबजार मूल्य गणना गरी प्राप्त हुने कुल मूल्यको औसत मूल्य वा संस्थाको पछिल्लो लेखापरीक्षण भएको वित्तीय विवरण अनुसारको प्रति शेयर नेटवर्थको चार गुणाले हुन आउने मूल्यमध्ये जुन कम हुन्छ सो मूल्यलाई प्रिमियम मूल्य कायम गर्नुपर्ने व्यवस्था गरेको थियो । यस्तो व्यवस्थाले गर्दा केही वर्ष अगाडि एफपीओ निष्काशनमा छुट्टै चार्म थियो किनभने कम्पनीले बिना कुनै मेहनत एफपीओ निष्काशन गरेपछि रिजर्भ बलियो बनाउन पाउने एवम् एफपीओ निष्काशन पछिको केही वर्ष बोनस समेत खान पाउने अवस्था थियो ।
कम्पनीहरुले आफ्नो नियमित बिजनेसभन्दा बाहिर ध्यान दिएर ब्यालेन्स सिट राम्रो बनाउन खोजेको भन्दै धितोपत्र बोर्डले पछिल्लो पटक प्रिमियममा एफपीओ निष्काशन गर्ने नियमावलीमा परिमार्जन गरी कम्पनीको पछिल्लो लेखा परीक्षणबाट कायम भएको नेटवर्थसम्म मात्रै मूल्य राखेर एफपीओ निष्काशन गर्न पाउने व्यवस्था ग¥यो । त्यसपछि भने एफपीओको निष्काशनमा कमी आएको हो । धितोपत्र बोर्डको तथ्याङ्क अनुसार सबैभन्दा पछिल्लो एफपीओ करिब ४ वर्ष अगाडि सिटिजन्स बैंक इन्टरनेसनले निष्कासन गरेको थियो । कम्पनीले प्रति कित्ता २०० रुपैयाँमा ४ लाख ६३ हजार ८ सय २६ कित्ता बराबरको एफपीओ निष्काशन गरेको थियो ।
अहिले बोर्डमा ६ वटा लघुवित्तले एफपीओ निष्काशनको लागि आवेदन दिएका छन् । ६ वटा लघुवित्तले २५ लाख २६ हजार ५ सय ४१ कित्ता बराबरको ३२ करोड २० लाख ३ हजार रुपैयाँ बराबरको एफपीओ निष्काशनको लागि आवेदन दिएका हुन् । बोर्डमा आवेदन दिने लघुवित्तहरुमा किसान लघुवित्त वित्तीय संस्था, मिर्मिरे लघुवित्त वित्तीय संस्था, युनिक नेपाल लघुवित्त बित्तीय संस्था, उन्नति सहकारी लघुवित्त वित्तीय संस्था, समता घरेलु लघुवित्त वित्तीय संस्था र नयाँ सारथी लघुवित्त वित्तीय संस्था हुन् । ६ वटै लघुवित्तले मर्जर प्रक्रिया पार गरेर साधारण र संस्थापक शेयरको स्वामित्व मिलानको लागि मात्रै एफपीओ निष्काशन गर्न लागेका हुन् ।
किसान लघुवित्तमा एनआरएन लघुवित्त र दिव्या लघुवित्त गरी दुई वटा लघुवित्त मर्जर भएर एकीकृत कारोबार भएको छ । कम्पनीले १ सय २५ रुपैयाँ प्रति कित्तामा १२ लाख ९८ हजार २ सय ५९ कित्ता शेयर निष्काशन गर्न लागेको हो ।
मिर्मिरे लघुवित्त वित्तीय संस्थाले बुद्धज्योति लघुवित्त र नागबेली लघुवित्तलाई एक्वाएर गरेर मिर्मिरे लघुवित्तको रुपमा एकीकृत कारोबार शुरु गरेको छ । कम्पनीले प्रति कित्ता १७७ रुपैयाँ ८० पैसामा ५१ हजार ३ सय १६ कित्ता शेयर एफपीओ मार्फत निष्काशन गर्न लागेको हो ।
युनिक नेपाल लघुवित्तले घोडीघोडा लघुवित्तलाई मर्जर गरेर एकीकृत कारोबार गरेको छ । कम्पनीले प्रिमियम नथपिकनै १ सय रुपैयाँमा ३ लाख ७९ हजार ४ सय २५ कित्ता शेयर निष्काशन गर्न लागेको हो ।
उन्नति लघुवित्त र सहकार्य लघुवित्त मर्जर भएर उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको रुपमा कारोबार भएको छ । कम्पनीले प्रति कित्ता १५९ रुपैयाँमा १ लाख ७८ हजार ४ सय ५१ कित्ता शेयर निष्काशन गर्न लागेको छ ।
त्यसैगरी समता लघुवित्त र घरेलु लघुवित्त मर्जर भएर समता घरेलु लघुवित्तको रुपमा एकीकृत कारोबार भइरहेको छ । कम्पनीले १५९ दशमलव ०७ रुपैयाँमा २ लाख ८९ हजार ४ सय ४० कित्ता शेयर निष्काशन गर्न लागेको हो ।
त्यस्तै नयाँ नेपाल लघुवित्त र सारथी लघुवित्त बीच मर्जर भएर सारथी नेपाल लघुवित्त वित्तीय संंस्थाको रुपमा कारोबार भएको छ । कम्पनीले प्रति कित्ता ११६ रुपैयाँमा ३ लाख २९ हजार ६ सय ४९ कित्ता एफपीओ निष्काशन गर्न लागेको हो ।
Facebook Comment
Banner
नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि
नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ ।
‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नाराका साथ महाधिवेशनको दिउँसो २ बजे खुलामञ्चमा औपचारिक उद्घाटन हुने पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।
उद्घाटन समारोहमा विभिन्न दलका शीर्ष नेताहरूलाई निमन्त्रणा गरिएको छ । प्रवक्ता चालिसेका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाललगायत विभिन्न दलका शीर्ष नेतृत्वलाई महाधिवेशनको उद्घाटन समारोहमा निमन्त्रणा गरिएको छ ।
असोज २२ गतेसम्म चल्ने महाधिवेशनमा सात हजार पाँच सयभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूको सहभागिता रहने कांग्रेसले जनाएको छ ।
महाधिवेशनको बन्दसत्र र बाँकी कार्यक्रमहरू असोज १९ र २० गते हुनेछ भने निर्वाचन कार्यक्रमका लागि असोज २१ र २२ गतेका लागि तोकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले असोज १९ गते दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म काठमाडौंस्थित राष्ट्रिय सभागृहमा उम्मेदवारहरूको मनोनयनपत्र दर्ता गर्ने तालिका सार्वजनिक गरेको छ ।
निर्वाचन समितिका सदस्य–सचिव राजु कटुवालका अनुसार तोकिएको समयभित्र सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधि सदस्य तथा महाधिवेशनबाट उम्मेदवार बन्न योग्य व्यक्तिहरूले मनोनयनपत्र दर्ता गर्न सक्ने छन् ।
महाधिवेशनमा सहभागी प्रतिनिधिका लागि खानाको व्यवस्था भृकुटीमण्डपमा मिलाइएको छ। प्रतिनिधिहरूले आफ्नो बसोबासको व्यवस्था आफैँ गर्नुपर्नेछ।
Banner
सर्वाधिक मत ल्याएर डा. सुनील शर्मा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित
सर्वाधिक मत ल्याएर डा. सुनील शर्मा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि डा. सुनील शर्मा मोरङ–३ बाट अत्यधिक बहुमतसहित केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्। मोरङ–३ मा खसेको ७९० सदरमतमध्ये शर्माले ६५० मत प्राप्त गर्दै ८२ दशमलव २८ प्रतिशत मतसहित केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन्।
शर्माले प्राप्त गरेको मतले कांग्रेसको १५औँ महाधिवेशनमा उनको राजनीतिक सक्रियता र नेतृत्वसम्बन्धी चासोलाई थप बलियो बनाएको छ। वडा अधिवेशनबाटै उनको महाधिवेशन यात्रा सर्वसम्मत रूपमा अघि बढेको थियो। उनी बेलबारी नगरपालिका–४ बाट वडा प्रतिनिधिमा सर्वसम्मत भएका थिए।
यसअघि नै डा. शर्मा कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवार बन्ने तयारीमा रहेको चर्चा हुँदै आएको छ। पार्टीको नयाँ नेतृत्व र पदाधिकारी चयनलाई लिएर बहस चलिरहेका बेला शर्माले महामन्त्री पदमा आफ्नो दाबी प्रस्तुत गर्ने तयारी गरेका हुन्। स्वास्थ्य, शिक्षा र सामाजिक सेवाका क्षेत्रमा सक्रिय रहँदै आएका शर्मा पछिल्लो समय पार्टीभित्र नेतृत्वको भूमिकामा पनि चर्चामा छन्।
शर्मा नेपाली कांग्रेसको राजनीतिमा २०५४ सालदेखि सक्रिय छन्। १३औँ महाधिवेशनदेखि महासमिति सदस्य रहँदै आएका उनी अहिले १५औँ महाधिवेशनको प्रक्रियामा केन्द्रीय महाधिवेशन प्रतिनिधिका रूपमा अघि बढेका हुन्। वडा तहबाट सर्वसम्मत रूपमा सुरु भएको उनको महाधिवेशन यात्रा अब केन्द्रीय महाधिवेशन प्रतिनिधिका रूपमा अघि बढेको छ।
१५औँ महाधिवेशनमा महामन्त्रीका आकांक्षीका रूपमा शर्माको नाम चर्चामा रहेका बेला मोरङ–३ बाट प्राप्त ६५० मतले उनको राजनीतिक यात्राप्रति थप चासो बढाएको छ। नेता र कार्यकर्ताबीचको दूरी घटाउँदै प्रत्यक्ष रूपमा जनतासँग जोडिएर राजनीति गर्नुपर्छ भन्ने मान्यता राख्ने शर्मा आफूलाई जनतासँग निरन्तर जोडिने नेताका रूपमा स्थापित गर्दै आएका छन्। राजनीति जनतासँग प्रत्यक्ष जोडिनुपर्ने र जनताका समस्या तथा आवश्यकतासँग नजिक रहेर काम गर्नुपर्ने उनको धारणा छ।
Banner
होटल जलेर खरानी भए पनि समाजसेवा रोकिएन, दुलालले बनाए नमुना ज्येष्ठ नागरिक चौतारी
मोरङको सुन्दरहरैँचा नगरपालिका–९ गोविन्द मार्गमा समाजसेवी भोलेश्वर दुलालले मौलिक नेपाली संस्कृति र धार्मिक महत्व झल्काउने ज्येष्ठ नागरिक चौतारी (फल्चा) निर्माण गरी समुदायलाई हस्तान्तरण गरेका छन्।
दुर्गादेवी दुलाल एकल महिला प्रतिष्ठानमार्फत निर्माण गरिएको उक्त चौतारी दुलालले आफ्नै निजी १२ धुर जग्गामा करिब १ करोड रुपैयाँको लागतमा निर्माण गरेका हुन्। उपत्यकाबाहिर विरलै देखिने मौलिक शैलीको चौतारी निर्माणका लागि काठमाडौंलगायत विभिन्न स्थानबाट कालीगढ तथा निर्माण सामग्री ल्याइएको थियो।
इँटा र काठमा आकर्षक बुट्टा कुँदेर निर्माण गरिएको चौतारीले पुरानो नेपाली मौलिक संस्कृति र वास्तुकलाको झल्को दिन्छ। चौतारी निर्माणका क्रममा भक्तपुरमा पूजाआजा गरी देवीझोडाको माटो र मास प्रयोग गरेर इँटा जडान गरिएको दुलालले बताए।
दुलाल दम्पतीको परिकल्पनामा निर्माण भएको चौतारीको निर्माण कार्य प्रमिला दुलाल इन्द्रपुर लायन्स क्लबको अध्यक्ष रहेका बेला अघि बढाइएको थियो। निर्माण सम्पन्न भएपछि यसको मर्मतसम्भार तथा संरक्षणको जिम्मेवारी इन्द्रपुर लायन्स क्लबलाई दिने गरी समुदायलाई हस्तान्तरण गरिएको हो।

होटल जलेर खरानी भए पनि समाजसेवा निरन्तर
दुलालले सञ्चालन गर्दै आएको नेपालीरिका होटल गत वर्षको जेनजी आन्दोलनका क्रममा आगलागीबाट पूर्ण रूपमा ध्वस्त भएको थियो। होटल जलेर ठूलो क्षति व्यहोर्नुपरे पनि दुलाल परिवारले सामाजिक सेवाको अभियानलाई निरन्तरता दिएको हो।
आफ्नो व्यक्तिगत पीडाका बाबजुद दुलालले जग्गासहित करिब १ करोड रुपैयाँ बराबरको संरचना निर्माण गरी समुदायलाई हस्तान्तरण गरेका छन्।
चौतारी हस्तान्तरण कार्यक्रममा सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईंले दुलाल परिवारले देखाएको सामाजिक संस्कार र सेवाभावबाट सबैले सिक्नुपर्ने बताए।
उनले पछिल्लो समय समाजमा सामाजिक तथा नैतिक संस्कार कमजोर हुँदै गएको उल्लेख गर्दै मानवीय र नैतिक शिक्षालाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए। दुलालले निर्माण गरेको चौतारीले नेपाली मौलिकपनलाई जीवन्त राख्नुका साथै ज्येष्ठ नागरिकबीच अनुभव आदानप्रदान गर्ने महत्वपूर्ण थलोका रूपमा भूमिका खेल्ने उनको भनाइ थियो।
निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था
चौतारी परिसरमा शौचालय, खानेपानीको धारा र किचनसमेत निर्माण गरिएको छ। साथै, दुलालको आफ्नै उद्योग पीएलओ ल्युब आयल प्रालिमा कार्यरत स्वास्थ्यकर्मी तथा नर्समार्फत हरेक मंगलबार ज्येष्ठ नागरिकसहित समुदायका लागि निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको दुलालले जानकारी दिए।
चौतारीको संरक्षण, संवर्द्धन तथा रेखदेखको जिम्मेवारी सुन्दर नमुना टोल विकास संस्थाले लिने अध्यक्ष गोपाल दाहालले बताए। समुदायका सबै पक्षको सहकार्यमा संरचनाको संरक्षण गर्दै आगामी पुस्ताका लागि समेत उपयोगी बनाइने उनको भनाइ छ।
हस्तान्तरण कार्यक्रममा वडा नं. ९ का अध्यक्ष प्रकाश श्रेष्ठ, कार्यपालिका सदस्य रूजा घिमिरे, इन्द्रपुर लायन्स क्लबका अध्यक्ष योजना शर्मा, इन्द्रपुर जेसीजका अध्यक्ष समीर बस्नेत तथा सुन्दरहरैँचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीलगायतको उपस्थिति थियो।
दुलाल परिवारले विगत ३६ वर्षदेखि सुन्दरहरैँचा क्षेत्रमा विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आएको जनाइएको छ। व्यक्तिगत कठिनाइ र क्षतिका बीच पनि सामाजिक सेवामा निरन्तर सक्रिय रहेको दुलाल परिवारको कार्यक्रममा उपस्थित अतिथिहरूले प्रशंसा गर्दै आगामी दिनमा समेत सेवाकार्यलाई निरन्तरता दिन शुभकामना दिएका थिए।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















You must be logged in to post a comment Login