Connect with us
Advertisement

एफपीओ निष्कासनको पाइपलाइनमा ६ वटा कम्पनी, सबै लघुवित्त मात्रै

Published

on

काठमाडौंः पछिल्लो पटक एफपीओ निष्काशनको अनुमति माग गर्नेमा सबै लघुवित्त कम्पनीहरु छन् । धेरै लघुवित्तहरुले संस्थापक र साधारण शेयरको अनुपात मिलाउनको लागि मात्रै एफपीओ निष्काशन गर्न थालेका हुन् ।

नेपाल राष्ट्र बैंकले मर्जर तथा एक्विजिसनको नीति ल्याएपछि धेरै विकास बैंक र फाइनान्स कम्पनीहरु मर्जर भए पनि वाणिज्य बैंक र लघुवित्त कम्पनीहरु मर्जरमा गएका थिएनन् । पछिल्लो समय भने वाणिज्य बैंक र लघुवित्त कम्पनीहरु धमाधम मर्जरमा गएको देख्न सकिन्छ । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बापिया)ले कम्पनीमा साधारण शेयरको अनुपात न्यूनतम ३० प्रतिशत हुनुपर्ने व्यवस्था गरेको छ । पछिल्लो समय लघुवित्त मर्जरमा गएपछि शेयर रेसियो अनुपात मिलाउनको लागि नै एफपीओमा जान थालेको लघुवित्तका एक सञ्चालकले बताए ।

धितोपत्र बोर्डले प्रिमियममा एफपीओ निष्कासन गर्दा पछिल्लो तीन वर्षको पूँजीकृत भएको आम्दानी (खुद नाफा), भविष्यमा प्राप्त हुने नगद प्रवाहको वर्तमान मूल्य (डिस्काउन्टेड क्यास फ्लो) र बोर्डमा निवेदन दिनुभन्दा सातदिन अगाडिको १८० दिनको औसतबजार मूल्य गणना गरी प्राप्त हुने कुल मूल्यको औसत मूल्य वा संस्थाको पछिल्लो लेखापरीक्षण भएको वित्तीय विवरण अनुसारको प्रति शेयर नेटवर्थको चार गुणाले हुन आउने मूल्यमध्ये जुन कम हुन्छ सो मूल्यलाई प्रिमियम मूल्य कायम गर्नुपर्ने व्यवस्था गरेको थियो । यस्तो व्यवस्थाले गर्दा केही वर्ष अगाडि एफपीओ निष्काशनमा छुट्टै चार्म थियो किनभने कम्पनीले बिना कुनै मेहनत एफपीओ निष्काशन गरेपछि रिजर्भ बलियो बनाउन पाउने एवम् एफपीओ निष्काशन पछिको केही वर्ष बोनस समेत खान पाउने अवस्था थियो ।

कम्पनीहरुले आफ्नो नियमित बिजनेसभन्दा बाहिर ध्यान दिएर ब्यालेन्स सिट राम्रो बनाउन खोजेको भन्दै धितोपत्र बोर्डले पछिल्लो पटक प्रिमियममा एफपीओ निष्काशन गर्ने नियमावलीमा परिमार्जन गरी कम्पनीको पछिल्लो लेखा परीक्षणबाट कायम भएको नेटवर्थसम्म मात्रै मूल्य राखेर एफपीओ निष्काशन गर्न पाउने व्यवस्था ग¥यो । त्यसपछि भने एफपीओको निष्काशनमा कमी आएको हो । धितोपत्र बोर्डको तथ्याङ्क अनुसार सबैभन्दा पछिल्लो एफपीओ करिब ४ वर्ष अगाडि सिटिजन्स बैंक इन्टरनेसनले निष्कासन गरेको थियो । कम्पनीले प्रति कित्ता २०० रुपैयाँमा ४ लाख ६३ हजार ८ सय २६ कित्ता बराबरको एफपीओ निष्काशन गरेको थियो ।

अहिले बोर्डमा ६ वटा लघुवित्तले एफपीओ निष्काशनको लागि आवेदन दिएका छन् । ६ वटा लघुवित्तले २५ लाख २६ हजार ५ सय ४१ कित्ता बराबरको ३२ करोड २० लाख ३ हजार रुपैयाँ बराबरको एफपीओ निष्काशनको लागि आवेदन दिएका हुन् । बोर्डमा आवेदन दिने लघुवित्तहरुमा किसान लघुवित्त वित्तीय संस्था, मिर्मिरे लघुवित्त वित्तीय संस्था, युनिक नेपाल लघुवित्त बित्तीय संस्था, उन्नति सहकारी लघुवित्त वित्तीय संस्था, समता घरेलु लघुवित्त वित्तीय संस्था र नयाँ सारथी लघुवित्त वित्तीय संस्था हुन् । ६ वटै लघुवित्तले मर्जर प्रक्रिया पार गरेर साधारण र संस्थापक शेयरको स्वामित्व मिलानको लागि मात्रै एफपीओ निष्काशन गर्न लागेका हुन् ।

किसान लघुवित्तमा एनआरएन लघुवित्त र दिव्या लघुवित्त गरी दुई वटा लघुवित्त मर्जर भएर एकीकृत कारोबार भएको छ । कम्पनीले १ सय २५ रुपैयाँ प्रति कित्तामा १२ लाख ९८ हजार २ सय ५९ कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

मिर्मिरे लघुवित्त वित्तीय संस्थाले बुद्धज्योति लघुवित्त र नागबेली लघुवित्तलाई एक्वाएर गरेर मिर्मिरे लघुवित्तको रुपमा एकीकृत कारोबार शुरु गरेको छ । कम्पनीले प्रति कित्ता १७७ रुपैयाँ ८० पैसामा ५१ हजार ३ सय १६ कित्ता शेयर एफपीओ मार्फत निष्काशन गर्न लागेको हो ।

युनिक नेपाल लघुवित्तले घोडीघोडा लघुवित्तलाई मर्जर गरेर एकीकृत कारोबार गरेको छ । कम्पनीले प्रिमियम नथपिकनै १ सय रुपैयाँमा ३ लाख ७९ हजार ४ सय २५ कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

उन्नति लघुवित्त र सहकार्य लघुवित्त मर्जर भएर उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको रुपमा कारोबार भएको छ । कम्पनीले प्रति कित्ता १५९ रुपैयाँमा १ लाख ७८ हजार ४ सय ५१ कित्ता शेयर निष्काशन गर्न लागेको छ ।

त्यसैगरी समता लघुवित्त र घरेलु लघुवित्त मर्जर भएर समता घरेलु लघुवित्तको रुपमा एकीकृत कारोबार भइरहेको छ । कम्पनीले १५९ दशमलव ०७ रुपैयाँमा २ लाख ८९ हजार ४ सय ४० कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

त्यस्तै नयाँ नेपाल लघुवित्त र सारथी लघुवित्त बीच मर्जर भएर सारथी नेपाल लघुवित्त वित्तीय संंस्थाको रुपमा कारोबार भएको छ । कम्पनीले प्रति कित्ता ११६ रुपैयाँमा ३ लाख २९ हजार ६ सय ४९ कित्ता एफपीओ निष्काशन गर्न लागेको हो ।

 

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading

Banner

कांग्रेस उम्मेदवार चयन आजै टुंग्याइने : सभापति थापा

Published

on

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फका उम्मेदवारको नाम आजै टुंगो लाग्ने बताएका छन् । सोमबार बिहान फेसबुकमा भिडियो पोस्ट गर्दै भन्नुभएको छ, ‘हामी उम्मेदवार छनोटको अन्तिम चरणमा छौँ। समय र प्रक्रियागत बाध्यताबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको छ।’ उनले पार्टीको पक्षमा एक ढिक्का भएर उम्मेदवारी दर्ताको पक्षमा रहेको बताएका छन् । उनले उम्मेदवार छान्ने भन्दा सहमति गर्ने र सबै पक्षलाई समेट्ने प्रयास भइरहेको उल्लेख गरेका छन् । उनले पार्टी एकताको अभियानमा जुट्न सबैलाई अनुरोधसमेत गरेका छन् । भोलि सबैजना आ–आफ्नो क्षेत्रमा गएर पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा एकढिक्का भएर लागौँ । यो व्यक्तिगत होइन, पार्टीको साझा अभियान हो।’समयको चापका बीच पार्टीभित्र सन्तुलन मिलाउने प्रयास भइरहेको थापाले बताएका छन् । थापाले आन्तरिक विवाद छाडेर एक जुट भएर निर्वाचनको अभियानमा जुट्न सबै पक्षलाई अनुरोध गरेका छन् ।

Continue Reading

Banner

निर्वाचन आचारसंहिता लागू

Published

on

निर्वाचन आयोगले चुनावका लागि आचारसंहिता लागू गरेको छ । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य चुनाव र फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य चुनावका लागि आचारसंहिता लागू गरिएको आयोगले जनाएको छ ।

यो आचारसंहिता नेपाल सरकार र प्रदेश सरकारका मन्त्रीहरू, संवैधानिक निकायका पदाधिकारीहरू, स्थानीय कार्यपालिकाका सदस्यहरू, सङ्घ, प्रदेश र पालिका तहका कर्मचारीहरू, सुरक्षा निकाय, सरकारी तथा सार्वजनिक संस्थाका कार्यालय र कर्मचारीहरू, राजनीतिक दल तथा उम्मेदवारहरूमा लागू हुनेछ ।

साथै सार्वजनिक पद धारण गरेका व्यक्तिहरू, सञ्चार प्रतिष्ठान तथा सञ्चारकर्मीहरू, निजी तथा गैरसरकारी संस्था, विद्यालय, महाविद्यालय वा विश्वविद्यालयका शिक्षक तथा कर्मचारीहरू, मतदाताहरू, विकास साझेदार संस्थाहरू, निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी संस्थाहरू लगायत आयोगले तोकेका अन्य निकाय र व्यक्तिहरूमा पनि यो आचारसंहिता लागू हुने आयोगले जनाएको छ ।

आयोगले आचारसंहिताको पूर्ण कार्यान्वयन र पालनाका लागि सबैको सहयोगको अपेक्षा गरेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक