कोशी प्रदेश
यी हुन् प्रतिनिधिसभाको उम्मेद्वारका लागि मोरङमा नेपाली कांग्रेसबाट सिफारिश भएकाहरु
विराटचोकः मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनको लागि नेपाली कांग्रेसले मोरङका ६ वटै निर्वाचन क्षेत्रका लागि उम्मेद्वारको लागि नाम सिफारिश गरेको छ । क्षेत्र नम्बर ३ मा १ जनाको मात्रै नाम सिफारिश भएको छ भने सबैभन्दा धेरै नाम क्षेत्र नम्बर ५ मा ५ जनाको सिफारिश भएको छ ।
पार्टीको क्षेत्रीय समितिले उम्मेदवारको नाम जिल्लामा सिफारिश गरेको हो । नेपाली कांग्रेस मोरङका सचिव मोदराज घिमिरेका अनुसार क्षेत्र नम्बर १ बाट ४ जना, क्षेत्र नम्बर २ बाट २ जना, क्षेत्र नम्बर ३ बाट एक जना, क्षेत्र नम्बर ४ बाट ५ जना र क्षेत्र नम्बर ६ बाट ४ जनाको नाम सिफारिश भएको छ ।
क्षेत्र नम्बर १ बाट कांग्रेस जिल्ला सभापति डिगबहादुर लिम्बूका साथै रामप्रसाद पोखरेल, आरती बराल र जयधर्म आचार्यको नाम सिफारिश भएको छ । २०७० सालको दोस्रो संविधानसभामा क्षेत्र नम्बर १ बाट निर्वाचित लिम्बू २०७४ सालको निर्वाचनमा वामगठबन्धनका उम्मेदवार घनश्याम खतिवडासँग पराजित भएका थिए ।
मोरङ क्षेत्र नम्बर २ बाट डाक्टर मीनेन्द्र रिजाल र सुजता कोइरालाको नाम सिफारिश भएको छ । २०७४ सालको निर्वाचनमा रिजालले वामगठबन्धन उम्मेदवार ऋषिकेश पोखरेललाई पराजित गरेका थिए ।
क्षेत्र नम्बर ३ बाट डाक्टर सुनिल शर्माको मात्रै नाम सिफारिश भएको छ । शर्मा नोबेल मेडिकल कलेज विराटनगर र काठमाडौं मेडिकल कलेज काठमाडौंका सञ्चालक हुन् । २०७४ सालको निर्वाचनमा उनी वाम गठबन्धनका उम्मेदवार भानुभक्त ढकालसँग सोही क्षेत्रमा पराजित भएका थिए । यस पटक पनि एमालेले सो क्षेत्रमा ढकालको मात्रै नाम सिफारिश गरेको छ । सो क्षेत्रमा राप्रपाले अभिनेत्री रेखा थापालाई उम्मेद्वार बनाउने भएको छ ।
क्षेत्र नम्बर ४ बाट महेश आचार्य, अमृत अर्याल, भीम पराजुली, गुरुराज घिमिरे र दिलीप गच्छदारको नाम सिफारिश भएको छ । २०७४ सालको निर्वाचनमा आचार्य माओवादीका उम्मेदवार अमनलाल मोदीसँग पराजित भएका थिए ।
क्षेत्र नम्बर ५ मा अमृत अर्याल र हसन अन्सारीको नाम प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सिफारिस भएको छ । अर्यालको नाम क्षेत्र नम्बर ४ बाट पनि सिफारिश भएको छ । २०७४ सालको निर्वाचनमा क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका अर्याल माओवादी उम्मेदवार शिवकुमार मण्डलसँग पराजित भएका थिए ।
क्षेत्र नम्बर ६ बाट डा. शेखर कोइराला, डाक्टर डिला संग्रौला, राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझी र शिवकुमार बस्नेतको नाम सिफारिश भएको छ । २०७४ सालको निर्वाचनमा डा. कोइराला नेकपा एमालेका लालबाबु पण्डितसँग पराजित भएका थिए ।
सम्बन्धित समाचारहरुः
Facebook Comment
Banner
एनपीएल क्रिकेटमा आज जनकपुर र लुम्बिनी खेल्दै
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो ४ बजे सुरु हुने छ।
रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लिग चरणको अन्तिम खेल खेल्दैछ। अघिल्ला ६ खेलमध्ये ३ मा जित निकाल्दै ६ अंकसहित प्लेअफ नजिक पुगेको लुम्बिनीका लागि आजको खेल अत्यन्तै महत्वपूर्ण मानिँदैछ। जीत हासिल गरे प्लेअफ स्थान सुरक्षित हुने छ।
पछिल्लो संस्करणको विजेता जनकपुर बोल्ट्सको भने यसपटक प्रदर्शन कमजोर रह्यो। ५ खेलमा जम्मा २ अंक जोडेको जनकपुरले एक खेल मात्र जित्न सफल भएको छ। अनिल साहको कप्तानीमा रहेको जनकपुरले आज आफ्नो छैटौँ खेल खेल्दैछ।
जनकपुरले आजको खेल जिते पनि प्लेअफ समीकरण अन्य खेलहरूमा निर्भर रहने छ।
Banner
गछिया गोल्डकप: राष्ट्रिय जागृति क्लब सेमिफाइनलमा
मोरङको सुन्दरहरैंचास्थित गछिया बजार खेल मैदानमा बिहीबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा राष्ट्रिय जागृति क्लबले झापाको दमक फुटबल एकेडेमीलाई २–० ले पराजित गर्दै प्रथम गछिया गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
जागृतिका लागि प्रवेश बस्नेतले खेलको ११औँ मिनेटमा गोल गर्दै अग्रता दिलाए। त्यसपछि ३९औँ मिनेटमा योगेन्द्र कार्कीले दोस्रो गोल जोडेर टिमको जित सुनिश्चित गरे।
विजयी टिमका योगेन्द्र कार्की ‘प्लेयर अफ द म्याच’ घोषित भए र उनले नगद ५ हजार १ सय रुपियाँ प्राप्त गरे।
बिहीबारको खेलसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। पहिलो सेमिफाइनल शुक्रबार सिराहाको सहलेस फुटबल क्लब र गाईघाट युनाइटेडबीच हुने छ।
Banner
एनपीएलमा आज दुई खेल
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार दुई खेल हुँदैछन्। पहिलो खेल ११:४५ बजे पोखरा एभेन्जर्स र काठमाण्डु गोर्खाज र अपराह्न ४ बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच हुँदैछ। दुवै खेल त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुनेछन्। पोखराका कप्तान कुशल भुर्तेल हुन् भने काठमाण्डुका कप्तान करण केसी हुन्। पोखराको नेतृत्व कुशल मल्लले गरेका छन् भने सुदूरपश्चिमको कप्तानीमा दीपेन्द्रसिंह ऐरी छन्। आजको खेलमा दुई कुशलसँग करण र दीपेन्द्रले प्रतिस्पर्धा गर्ने देखिन्छ। पाँच खेलबाट चार अङ्क मात्र जोडेको पोखरालाई प्लेअफको सम्भावना जीवित राख्न जित्नै पर्ने दबाब छ। काठमाडौँले भने छ खेलबाट आठ अङ्क जोडेको छ। प्लेअफमा पुगिसकेको सुदूरपश्चिम र प्लेअफको बाटोमा रहेको चितवन आमनेसामने हुनेछन्।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login