Connect with us
Advertisement

बीपी प्रतिष्ठानकी प्राध्यापक डा. बसुधा खनालले पाइन् वुमन इन मेडिसिन नेपाल अवार्ड

Published

on

धरानः चिकित्सा क्षेत्रमा उल्लेख्य योगदान गरेको भन्दै बीपी कोइराल स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानकी प्रा.डा.बसुधा खनालले वुमन इन मेडिसिन नेपाल अवार्ड २०२२ पाएकी छिन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई सो अवार्डबाट सम्मानित गरेकी हुन् । नेपालको चिकित्सा क्षेत्रका विभिन्न विधामा महिला डाक्टरले गरेको योगदानको कदर स्वरुप यो अवार्ड प्रदान गरिएको हो । प्रा.डा.खनालससहित १५ जना महिला डाक्टरहरु सो अवार्डबाट सम्मानित भएका हुन् ।

डा.खनाल प्रतिष्ठानको माइक्रोबायोलोजी विभागकी प्राध्यापक हुन् । माइक्रोबायोलोजीको क्षेत्रमा मोफसलमा रहेर लामो समयसम्म शिक्षा, अध्ययन, अनुसन्धान र चिकित्सा सेवामा गरेको योगदानको कदर स्वरुप उनी सम्मानित भएकी हुन् । डा. खनाल धरानमा जन्मिएर, धरानबाटै विद्यालय र विश्वविद्यालय तर्फ आइ.एस्सि.सम्मको अध्ययन गरेकी थिइन् । तत्कालीन छात्रातर्फको उच्चतम अङ्क प्राप्त गरेबापत उनी ऐश्वर्या विद्या पदकबाट विभुषित भएकी थिइन् ।

सरकारी छात्रवृत्तिमार्फत् उनले पाकिस्तानवाट एमबिबिएस अध्ययन गरेर आएपछि प्रतिष्ठानमा मेडिकल असिफर पदबाट सेवा शुरु गरेकी थिइन् । डा. खनालले प्रतिष्ठानको शिक्षक जनशक्ति बिकास कार्यक्रम मार्फत माइक्रोबायोलोजी विषयमा स्नातकोत्तर (एमडी)मा गोल्ड मेडल प्राप्त गरेकी थिइन् । उनले प्रतिष्ठानमा प्राध्यापक तथा माइक्रोबायोलोजी विभागको प्रमुखमा रहेर काम गरिसकेकी छिन् ।

उनले कालाजार, एन्टिबायोटिक प्रतिरोधात्मक क्षमताका ब्याक्टेरिया लागायतका क्षेत्रमा समेत अनुसन्धान गरेकी छिन् । हाल उनी नेपाल क्लिनिकल माइक्रोबायोलोजी एसोसिएसनको अध्यक्ष रहेकी छिन् ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स पहिलोपटक प्लेअफमा

Published

on

सिद्धार्थ बैंक एनपीएल क्रिकेटमा लुम्बिनी लायन्स प्लेअफमा प्रवेश गर्ने चौथो टोली बनेको छ। शुक्रबार जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनीले पहिलोपटक प्लेअफ स्थान सुरक्षित गरेको हो । १३३ रनको लक्ष्य लुम्बिनीले १९.१ ओभरमा ६ विकेट खोस्दै पूरा गर्यो। कप्तान रोहित पौडेलले ३४, डार्शी सर्टले ३० रन बनाए। पराजयसँगै जनकपुर, पोखरा एभेन्जर्स र चितवन राइनोज प्लेअफ दौडबाट बाहिरिए। यसअघि सुदूरपश्चिम रोयल्स, काठमाडौँ गोर्खाज र विराटनगर किंग्सले प्लेअफ बुक गरिसकेका छन्। अब शनिबारको खेलपछि दोस्रो र तेस्रो स्थानको टुङ्गो लाग्नेछ।

Continue Reading

Banner

गछिया गोल्डकपको फाइनलमा गाईघाट युनाइटेड

Published

on

सहलेस फुटबल क्लब सिरहामाथि संघर्षपूर्ण जित निकाल्दै गाईघाट युनाइटेड अन्तर्राष्ट्रिय आमन्त्रण प्रथम गछिया गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

मोरङको सुन्दरहरैंचा–गछिया बजार खेल मैदानमा शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा गाईघाटले सहलेसलाई १–० ले पराजित गर्दै उपाधि नजिक पुगेको हो। खेलको ६९औँ मिनेटमा सुनिल खड्काले प्रहार गरेको फ्री–किक नै टिमका लागि निर्णायक गोल बन्यो।

विजयी टिमका विनोद राई ‘म्यान अफ द म्याच’ घोषित भए। उनले नगद ५ हजार १ सय रुपैयाँ प्राप्त गरे।

गाईघाट युनाइटेडले अब उपाधिका लागि शनिबार हुने आयोजक गछिया युवा समाज र राष्ट्रिय जागृति क्लब इटहरीबीचको दोस्रो सेमिफाइनल विजेतासँग सोमबार भिड्नेछ।

प्रतियोगितामा विजेताले २ लाख १ हजार र उपविजेताले १ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

Continue Reading

Banner

एनपीएल क्रिकेटमा आज जनकपुर र लुम्बिनी खेल्दै

Published

on

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो ४ बजे सुरु हुने छ।

रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लिग चरणको अन्तिम खेल खेल्दैछ। अघिल्ला ६ खेलमध्ये ३ मा जित निकाल्दै ६ अंकसहित प्लेअफ नजिक पुगेको लुम्बिनीका लागि आजको खेल अत्यन्तै महत्वपूर्ण मानिँदैछ। जीत हासिल गरे प्लेअफ स्थान सुरक्षित हुने छ।

पछिल्लो संस्करणको विजेता जनकपुर बोल्ट्सको भने यसपटक प्रदर्शन कमजोर रह्यो। ५ खेलमा जम्मा २ अंक जोडेको जनकपुरले एक खेल मात्र जित्न सफल भएको छ। अनिल साहको कप्तानीमा रहेको जनकपुरले आज आफ्नो छैटौँ खेल खेल्दैछ।

जनकपुरले आजको खेल जिते पनि प्लेअफ समीकरण अन्य खेलहरूमा निर्भर रहने छ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक