Connect with us
Advertisement

आज विश्व आत्महत्या रोकथाम दिवस

Published

on

विराटचोकः आज विश्वभर आत्महत्या रोकथाम दिवस मनाइँदैछ । ‘आशा जगाऔँ, जीवन बचाऔँ’ भन्ने नारासहित नेपालमा पनि विभिन्न कार्यक्रम गरी दिवस मनाइँदैछ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार प्रत्येक वर्ष अन्दाजी सात लाख जना मानिसले आत्महत्या गर्ने गरेका छन् । प्रत्येक ४० सेकेन्डमा एक जनाको आत्महत्या हुने गरेको डब्लुएचओको प्रतिवेदनमा उल्लेख छ । विश्वमा आत्महत्याका दृष्टिले १५ देखि २९ वर्षको उमेरलाई बढी जोखिमको रूपमा लिइन्छ ।

नेपालमा प्रत्येक दिन लगभग १६ जनाले आत्महत्या गर्ने गरेका छन् । नेपाल प्रहरीका अनुसार आर्थिक वर्ष २०७८\७९ मा ६ हजार आठ सय ३० जनाले आत्महत्या गरेका छन् ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको निःशुल्क मुटु परीक्षण अभियान

Published

on

नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको निःशुल्क मुटु परीक्षण अभियान
स्वस्थ्य मुटु सुखी समाज भन्ने नाराका साथ निःशुल्क मुटु परीक्षण अभियान संचालन गर्दै आएको नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले नमो साई स्वास्थ्य उपचार केन्द्र, गछिया, सुन्दरहरैचा ३, मोरङ्गसंगको सहकार्यमा आज मिति २०८० असोज २९ गते सोमबारका दिन निःशुल्क मुटु परीक्षण सिविर संचालन गरेको छ । मुटुरोग विशेषज्ञ डा. सुसान्त कटुवालको नेतृत्वको चिकित्सक टोलीले ८७ जना विरामीको मुटु परीक्षण गरेको थियो जसमध्ये ८७ जनाकै निःशुल्क इकोकार्डियोग्राफि गरिएको थियो भने ४० जना विरामीको निःशुल्क इ. सि. जि. गरिएको थियो ।
नोवेलको मुटु विभागमा कार्डियोलोजिष्ट एवं कार्डियोसर्जन गरी १० जना चिकित्सक सहितको दक्ष जनशक्तिबाट सेवा उपलव्ध हुने हुँदा मुटु सम्बन्धी सम्पूर्ण सेवाहरु उपलव्ध रहेको छ । साथै मुटु सम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षणको यस अभियानले गाँउघर मै स्वास्थ्य उपचार सेवा पुग्दा विरामीहरुलाई सहज भएको छ ।
Continue Reading

Banner

तराईका केही स्थानमा हुरीबतासको चेतावनी, बाँकी भागमा मौसम सफा रहने

Published

on

हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ ।

महाशाखाका अनुसार बुधबार दिउँसो कोशी, गण्डकी र कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ । कोशी, गण्डकी र कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुट वर्षाको सम्भावना छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । लुम्बिनी प्रदेशलगायत तराईका केही स्थानमा हुरीबतासको सम्भावना छ ।

त्यसैगरी, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन चट्याङसहित छिटपुट वर्षाको सम्भावना छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । लुम्बिनी प्रदेशको तराईका केही स्थानमा हुरीबतासको सम्भावना छ

आज अपराह्न र राति कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुट वर्षाको सम्भावना छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । लुम्बिनी प्रदेशलगायत तराईका केही स्थानमा हुरीबतासको सम्भावना रहेको जनाउँदै महाशाखाले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

Continue Reading

Banner

पूर्व पश्चिम राजमार्गअन्तर्गत झापाको झिलझिलेमा बुधबार बिहान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

Published

on

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे ३ प ५००१ नम्बरको मोटरसाइकलमा सवार तीनै जनाको मृत्यु भएको बिएण्डसी अस्पतालका जनसम्पर्क अधिकारी प्रमिस गिरीले जनाएका छन्।

विपरीत दिशाबाट आएको प्रदेश १- ००१-००१ च ९३२९ नम्बरको बोलेरोले अनियन्त्रित मोटरसाइकललाई ठक्कर दिएको थियो। सो दुर्घटनाबाट गम्भीर घाइते भएका तीनै जनाको उपचारका लागि सो अस्पताल लगिएको थियो। चिकित्सकले तीनै जनालाई मृत घोषणा गरेका थिए।

मृतकको साथमा चुरोट, केही नेपाली नगद रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मोटरसाइकल चालकले बिना हेल्मेट मोटरसाइकल चलाएका थिए।

मृतक तिनै जनाको पहिचान खुल्ने कागजात फेला नपरेको प्रहरीले जनाएको छ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक