स्थानीय तह
सुन्दरहरैंचा नगरपालिकाले सय दिनमा एउटा पनि नयाँ कामको शुरुवात नगरेको निवर्तमान मेयर ढकालको आरोप

विराटचोकः सुन्दरहरैंचाका निवर्तमान मेयर शिवप्रसाद ढकालले नगरको वर्तमान नेतृत्वले हालसम्म एउटै पनि नयाँ काम गर्न नसकेको आरोप लगाएका छन् । नगरले १ सय दिनमा गरेको कामको बारेमा जानकारी दिन जारी गरिएको श्वेतपत्र पुरानै कामको निरन्तरतामात्रै भएको ढकालले बताए ।
‘सुकुना बहुमुखी क्याम्पसमा एमफिल कक्षा सञ्चालन गर्ने, गछियामा शीतभण्डार निर्माण गर्ने, सिमसारलगायतका पर्यटकीय क्षेत्रको प्रबद्र्धनमा केही बोलिएको छैन,’ निवर्तमान ढकालले भने, ‘नगरवासीमा भ्रम छर्न सफल श्वेतपत्रले नगर नेतृत्व हाँसको चाल न बकुल्लाको चालको स्थितिमा रहेको छ ।’
आफ्नै निवासमा पत्रकार सम्मलेनको आयोजना गरी ढकालले हालै जारी गरिएको श्वेतपत्र ढाँटको पुलिन्दामात्रै भएको बताएका हुन् । नयाँ नेतृत्व आउनासाथ निर्वतमान मेयरले ३१ करोड रुपैयाँ घाटा गराएको आरोप लगाइएको तर अहिले सो विषय श्वेतपत्रमा र चालु आर्थिक वर्षको बजेटमा उल्लेख नगरिनुले सो विषय पनि झुटो भएको पुष्टि भएको उनको भनाइ थियो । अहिले छाया मेयर धेरै भएका र नगर नेतृत्वलाई खबरदारी गर्ने काम प्रमुख प्रतिपक्षी दललगायतका कुनै पनि दलले नगरेकाले निवर्तमान नगरप्रमुखको नाताले आफू बोल्न बाध्य भएको उनले बताए ।
सम्बन्धित समाचारहरुः
सुन्दरहरैंचाले सार्वंजनिक गर्याे सय दिनमा गरेका कामको विवरण समेटिएको श्वेतपत्र
https://www.facebook.com/NispakshyaKhabarDotCom/videos/477491254239771
Facebook Comment
Banner
वडाध्यक्षलाई कार्यवाहक दिने ग्रामथानका अध्यक्षको निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश

वडाध्यक्षलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष नमोनारायण माझीको निर्णय कार्यान्वयन नगर्न उच्च अदालत विराटनगरले अन्तरिम आदेश जारी गरेको छ ।
उपाध्यक्ष गुणवतीदेवी थारूले दायर गरेको रिटको सुनुवाइ गर्दै उच्च अदालत विराटनगरका कामु मुख्यन्यायाधीश ध्रुवराज नन्दको इजलासले अध्यक्षको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो ।सोमबार अध्यक्ष माझीले उपाध्यक्ष गाउँपालिकामै हुँदाहुँदै वडा नम्बर ३ का अध्यक्ष रमेशकुमार भगतलाई कार्यवाहक दिएका थिए । माझी भने चीन भ्रमणमा छन् ।
उपाध्यक्ष अध्यक्षको निर्णयविरुद्ध उच्च अदालत पुगेकी थिइन् ।
उक्त निर्णयबारे बिहीबार सुनुवाइ गर्दै जारी भएको अन्तरिम आदेशमा भनिएको छ, ‘रिट निवेदक गाउँपालिकाको उपाध्यक्षको पदमा वहाल रही रहेको अवस्थामा निजले प्रयोग गर्न पाउने अधिकारबाट वञ्चित हुने स्थिति सृजना भएको प्रथम दृष्टिबाट देखिँदा सुविधा सन्तुलन एवं कानुनको उचित प्रयोगको दृष्टिकोणबाट निवेदन माग बमोजिम विपक्षीहरूको नाममा अन्तरिम आदेश जारी गर्नुपर्ने देखिन आयो ।’
माझी मंसिरको उपनिर्वाचनमा माओवादीबाट माझी अध्यक्षमा निर्वाचित भएका थिए । उनको उपाध्यक्षसँग सम्बन्ध राम्रो छैन । गत सोमबार आफ्नो बिदाइमा पनि नआएको भन्दै उनले वडाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएका थिए ।
यसअघि धरान उपमहानगर र झापाको कमल गाउँपालिकाको उपप्रमुख हुँदाहुँदै वडाध्यक्षलाई दिने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो ।
Banner
नेकपा एमाले सुन्दरहरैंचाको खुला सत्र सम्पन्न, नयाँ नेतृत्वका भोली चुनाव हुने

विराटचोकः नेकपा एमाले सुन्दरहरैंचाको दोस्रो अधिवेशन आज विराटचोकमा शुरु भएको छ । अधिवेशनको खुला सत्र सम्पन्न भएको छ । बन्द सत्र अहिले नयाँ नेतृत्व चयनका लागि मनोनयन दर्ताको काम भइरहेको जिल्ला सदस्य मनोज दाहालले बताउनुभयो ।
नेतृत्व चयन सर्वसम्मत भए आज राति नै नेतृत्व चयन हुने र निर्वाचन प्रक्रियामार्फत् नेतृत्व चयन गर्नुपर्ने भए भोलि निर्वाचन हुने पार्टीले जनाएको छ ।
अधिवेशनका प्रमुख अतिथि नेकपा एमालेका उपाध्यक्ष गुरु बरालले अधिवेशनको उद्घाटन गर्नुभएको थियो ।
उद्घाटन सत्रलाई सुन्दरहरैंचा नगरपालिकाका नगर प्रमुख केदारप्रसाद गुरागाईँ, पार्टीका जिल्ला अध्यक्ष अजम्बर राई, सुन्दरहरैंचा इन्चार्ज धनमाया तामाङ र नेता विनोद ढकालले सम्बोधन गर्नुभएको थियो ।
नगर अध्यक्ष मातृका ढकालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नगर सचिव सन्तोष घिमिरेले गर्नुभएको थियो ।
कार्यक्रममा पार्टीको नगर कमिटीलाई कार्यालय प्रयोजनार्थ निःशुल्क कोठा उपलब्ध गराउनुहुने युवराज पौडेललाई सम्मान गरिएको थियो ।
Banner
पाँच बजे शिक्षक र सरकारबीच वार्ता हुँदै

आन्दोलनरत शिक्षकलाई सरकारले बिहीबार साँझ ५ बजे वार्ताका लागि बोलाएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले साँझ ५ बजेका लागि शिक्षक महासंघलाई वार्तामा बोलाएको हो ।
तर, शिक्षक महासंघले भने यसलाई वार्ताभन्दा पनि आफ्नो सर्त सुनाउन जाने बताएको छ ।
‘केही वार्ताका लागि हैन, बस् हाम्रा सर्त सुनाउनका लागि आजको आन्दोलन सकिएपछि जान्छौं । सर्त सुनाउछौँ,’ महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिलापत्रसग भने, ‘त्यसपछि सरकारले हामीले भनेअनुसार पोजिसन क्लियर गर्यो भने बल्ल वार्ताका लागि सोच्ने हो ।’
सरकारले वार्तामा बाेलाएपछि महासंघले बुधबार नै वार्ता समिति बनाएको छ । यसअघि भएका सहमति कार्यान्यवनकाे माग गर्दै देशभरका शिक्षकहरू काठमाडौं आएर प्रदर्शन गरिरहेका छन् । २० चैतदेखि उनीहरूको प्रदर्शन जारी छ ।
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login