Connect with us
Advertisement

इमान्दारितापूर्वक काम गरेको छु र त्यो इमान कायम राख्छु”

Published

on

विराटचाेक  नेकपा एमालेका नेता एवम मोरङ निर्वाचन क्षेत्र नम्बर ३ का पार्टीका संघिय उम्मेद्वार भानुभक्त ढकालले आफू यश अघि सरकारमा हुँदा इमान्दारितापूर्वक काम गरेको र त्यो इमान कायम राखेर जनताकोलागि समर्पित भैरहने बताएका छ्न । उनले आज आफ्नो निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत कानेपोखरीमा प्रेस चौतारी आवद्ध पत्रकारहरूसंग कुराकानी गर्दै आफुमाथी ओम्नी समूहको नामसङ्ग जोडेर निराधार आरोप लगाई बदनाम गर्न खोजेको बताए ।

उनले भने – कोरोना सुरक्षा सामग्री प्रदान गर्ने ठेकेदार कम्पनीले भनेको शर्तमा काम नगरेपछि थोरै सामग्री आउदै स्वास्थ्य विभागका महानिर्देशकले सम्झौता रद्द गरिदिनु भयो । त्यसमा मलाई जोडी घोटाला गर्यो भन्नुको कुनै तुक छैन । त्यस्तो भए छानबिन गरि कारबाही गरे भैगो नि । नेता ढकालले आफुले कुनै पनि अनियमितता नगरी इमान्दारितापूर्वक जनताको सेवा गर्न आएको सुनाए । आफ्ना प्रतिद्वन्द्वी उम्मेदवारतिर लक्षित गर्दै अरूले जस्तो समाजसेवा गरेजस्तो देखाएर आफ्नो ब्यवसायिक स्वार्थको लागि पैसा खर्च गरेर जनता झुक्याउने बेतुकको क्षणिक राजनीति कहिल्यै नगर्ने बताए ।

उनले आफुले कानून निर्माण, स्वास्थ्यको काम सहित आफ्नो क्षेत्रका लागि प्रसस्त योजना ल्याएको दाबी गरे । उनी भन्छ्न – अरुले कुखुराले एउटा अन्डा पार्दा गाउभरी हल्ला गर्ने गरे, तर मैले माछाको जस्तो लाखौंको अन्डा पार्दा हल्ला नगरेको हो । यो गाउबस्तीमा देखिएको कुरा हो । उनले आफुले चिप्लो बोलेर आस्वासन दिने भन्दा पनि जति जे हुने हो त्यो प्रष्ट गरेको उल्लेख गरे ।

आफुले स्थानीय पार्टीको योजनामा स्थानियकै सल्लाहमा स्थानियकै हितमा फेरि पनि काम गर्न आएको प्रतिबद्धता ब्यक्त गरे । आफुले उठान गरेको बसोबासको समस्याको समाधानको लागि आयोग बनाएर एमालेले पहल थालेको अवस्थामा परमादेशी सरकारले अवरोध पुर्याएकोमा अहिले कानेपोखरी सहितका केही पालिकाका आफ्ना पार्टीबाट निर्वाचितहरूले नै पूर्जा दिन थाल्नेसम्मको काम गरेको तर्क अघि सारे ।

उनले अब बन्ने सरकारले त्यो समस्या समाधान गरिछोडने बताए । उनले स्वार्थका लागि पैसा खन्याएर किन्नेलाई भन्दा निस्वार्थ सेवा गर्ने पार्टीको प्रतिनिधि लाई चिन्ने र जिताउनेमा आफू ढुक्क रहेको भावना ब्यक्त गरे । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य युवराज बास्कोटा, अनेम संघ केन्द्रीय सदस्य इन्दिरा ढकाल, प्रेस चौतारीका केन्द्रीय सचिव बिक्रम लुइँटेल, पार्टीका ३ नम्बर क्षेत्रीय संयोजक भोला अधिकारी सहितको उपस्थिति रहेको थियो ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए

Published

on

नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।

निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।

यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।

पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।

१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह

Continue Reading

Banner

चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल

Published

on

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।

खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।

Continue Reading

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक