Connect with us
Advertisement

मेची पर्यटन महोत्सवको जानकारी भारतीयलाई दिन सिक्किममा कार्यक्रम

Published

on

ताप्लेजुङः ताप्लेजुडमा फागुन ९ देखि १३ गतेसम्म हुने पाथीभरा म्याराथन तथा मेची पर्यटन महोत्सवको बारेमा भारतीय नागरिकलाई जानकारी दिन मेचीसँग सीमा जोडिएको सिक्किममा कार्यक्रम गरी जानकारी दिइएको छ ।

महोत्सव मुल आयोजक समितिका संयोजक तारानाथ घिमिरेका अनुसार प्रचारप्रसार लगायत अन्य तयारी तीव्र भइरहेको र सिक्किम पुगेर त्यहाँका मुख्यमन्त्री तथा सिक्किमका बासिन्दालाई निम्तो दिइएको छ । सिक्किममा पत्रकार सम्मेलन गरी सिक्किमवासीलाई महोत्सवमा निम्तो गरिएको हो । प्रदेश नम्बर १ का उद्योग वातावरण तथा पर्यटनमन्त्री जगदीश कुसियतलाई भेटेर परियोजना प्रस्ताव गरिएको पनि संयोजक घिमिरेले बताए ।

महोत्सवमा म्याराथनसहित विभिन्न खेलकुद प्रतियोगिता हुने भएका छन । सदरमुकाम फुङलिङदेखि पाथीभरा मन्दिरसम्म म्याराथन दौड हुने भएको छ । महोत्सव अवधिभर प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर, विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा, तिम्बुङ पोखरी, फुङफुङे झरनालगायतका पर्यटकीय क्षेत्रको हेलिकप्टरमार्फत् अवलोकन गराइने ब्यवस्था मिलाइएको संयोजक घिमिरेले बताए । महोत्सव अवधिभर कृषि मेला प्रदर्शनी, औद्योगिक हस्तकला तथा शिल्पकला प्रदर्शनी, खाद्य परिकार महोत्सव, फोटो प्रदर्शनी, स्थानीय जातजाति तथा समुदाय विशेषका सांस्कृतिक कार्यक्रम हुने भएका छन् ।

महोत्सवमा मेचीका सबै जिल्लाले एक–एक ओटा स्टल राख्ने तयारी गरिएको बताइएको छ । हरेक दिन प्याराग्लाइडिङको मज्जा समेत लिन सकिने जनाइएको छ । पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवद्र्धन समिति र पाथीभरा क्षेत्र विकास समितिले संयुक्त रूपमा महोत्सवको आयोजना गर्न लागेका हुन् । ‘पाथीभरा देवीको दर्शन, मेची पर्यटन हाम्रो आकर्षण’ भन्ने मूल नाराका साथ महोत्सव आयोजना हुने आयोजकले जनाएको छ ।

Continue Reading

Facebook Comment

13 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

नेप्सेमा निरन्तर वृद्धि, लगानीकर्तामा उत्साह

Published

on

शुक्रबार नेप्से परिसूचक २२.८५ अंक बढेर २६४७.२२ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ५.३२ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.८७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.९० अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बिहीबार ५ अर्ब ४९ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४५ स्टकको ६४ हजार ७२ पटकको कारोबारमा ६ अर्ब ७४ करोड ५६ लाख ३१ हजार रुपैयाँबराबरको २ करोड १२ लाख ७२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन स्नो रिभर्स लिमिटेडको शेयरमूल्य सर्वाधिक १३.६६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ। कारोबारमा आएको हाथवे इन्भेष्टमेन्टको शेयरमूल्य यस दिन सर्वाधिक १५ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन कुमारी बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ३२ करोड १३ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन लक्ष्मी सनराइज बैंकको २७ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने ग्लोबल आइएमई बैंकको कारोबार रकम २३ करोड रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक १.५९ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन जीवन बीमा उपसमूहको परिसूचक साढे १ प्रतिशत बढेको छ। कारोबारमा आएको वित्त र अन्य उपसमूहको परिसूचक भने यस दिन सामान्य अंक घटेको छ।

Continue Reading

Banner

गुराँस लघुवित्तको लाभांश घोषणा

Published

on

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड (GLBSL ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको ९.५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

असोज २ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

Continue Reading

Banner

बढ्यो ग्यासको मूल्य

Published

on

सडक अवरुद्ध भएपछि ढुवानीमा समस्या भएको भन्दै खाना पकाउने ग्यासको मूल्य बढाइएको छ। धादिङको कृष्णभिरमा गएको पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएपछि वैकल्पिक ढुवानी महँगो परेको भन्दै नेपाल आयल निगमको सहमतिमा उद्योगीले खाना पकाउने एलपी ग्यासको मूल्य बढाएका हुन् ।

निगमले एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ तोकेकोमा ढुवानी भाडा भन्दै उद्योगीले १ सय ५ रुपैयाँ ३८ पैसा बढाएका हुन् ।

१८ भदौमा बसेको वार्षिक साधारणसभाको निर्णय बमोजिम काठमाडौं उपत्यकामा एलपी ग्यासको मूल्य बढाएको संघले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

उद्योग संघले गरेको निर्णय अनुसार अब काठमाडौं उपत्यकामा ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार १ सय ६५ रुपैयाँ ३८ पैसा पर्ने छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक