Connect with us
Advertisement
Advertisement

खोटाङ सेवा समाजद्वारा ‘नागरिक सम्मान’ र ‘खोटाङ प्रतिभा पुरस्कार’ प्रदान

Published

on

काठमाडौंः खोटाङ सेवा समाज युकेले खोटाङका एक जनालाई ‘नागरिक सम्मान’ र एक जनालाई ‘खोटाङ प्रतिभा पुरस्कार’ प्रदान गरेको छ ।
लामो समयदेखि बेलायतमा कर्मथलो बनाएर बसेका खोटाङवासीले स्थापना गरेको संस्थाले शिक्षाविद् एवं समाजसेवी जयकुमार राईलाई ‘नागरिक सम्मान’ र साहित्यकार एवं प्राध्यापक डाक्टर धनप्रसाद सुवेदीलाई ‘खोटाङ प्रतिभा पुरस्कार’ प्रदान गरेको हो ।

शिक्षाविद् राईलाई नगद ५० हजार र ताम्रपत्रसहितको ‘नागरिक सम्मान’ र प्राध्यापक डाक्टर सुवेदीलाई नगद रु २५ हजार र ताम्रपत्रका साथमा ‘खोटाङ प्रतिभा पुरस्कार’ प्रदान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि नेपाली चलचित्रका वरिष्ठ निर्देशक तुलसी घिमिरेले दोसल्ला ओढाएर थैलीमा राखिएको नगद तथा ताम्रपत्र प्रदान गरेका थिए ।

पुरस्कार वितरण कार्यक्रमका सहजकर्ता एवं गायक रेवत राईका अनुसार पुरस्कार प्रदान कार्यक्रममा खोटाङ घर भई राजधानीमा बसोबास गरिरहेका शिक्षाविद्, समाजसेवी, साहित्यकार तथा सङ्गीतकारलगायतको सहभागिता रहेको थियो ।

सुवेदी अध्ययनको लागि चीनमा रहेका हुनाले उनको सम्मान तथा पुरस्कार भने उनलाई प्रदान गरिने पुरस्कार र सम्मान उनकी श्रीमतीमार्फत् प्रदान गरिएको थियो ।

Continue Reading

Facebook Comment

Advertisement
2 Comments

2 Comments

  1. Pingback: m 1953 arm茅museum digitaltmuseum

  2. Pingback: grus fr氓gor och svar om grus

You must be logged in to post a comment Login

Leave a Reply

Banner

पलेँटी साँझको २३ औँ शृङ्खलामा गायक राज सिग्देलको सङ्गीतमा रमे दर्शक

Published

on

विराटचोकः ‘नझरेका फूलहरु’ को २३ औँ पलेँटी साँझ बिहीबार सम्पन्न भएको छ । रेडियो कार्यक्रम प्रस्तोता केपी घिमिरेले सञ्चालन गर्ने नझरेका फूलहरु पलेँटी साँझको २३ औँ शृङ्खलासम्म आइपुग्दा समेत यसको उत्साह थप उचाईमा गइरहेको दर्शकको गायक प्रतिको मोह र रचना सुन्न उत्साहित भएको देख्दा प्रस्ट बुझ्न सकिन्थ्यो ।

नेपाली गजल तथा आधुनिक गायक राज सिग्देलको पलेँटी साँझ यो समेत तेस्रो पटक हो । उनी यस क्षेत्रका आफ्ना गीतसङ्गीतका शुभेच्छुक, स्रोता तथा दर्शकसँग नजिकिएका छन् ।

उनलाई तबलामा साथ दिन काठमाडौंबाट बीपी सिंह र गितारमा साथ दिन विकास सुनार आएका थिए । सिग्देलले केही आफ्ना र केही अन्य स्रस्टाका गीत सुनाएका थिए ।

रमाइलो प्रसङ्ग बीचबीचमा जोड्दै जादुमयी स्वरले उनले शुरुमा ‘सोचेजस्तो हुन्न जीवन…’ बोलको गीत सुनाएका थिए । यसपछि क्रमशः. ‘फूल भए जिन्दगी देउतालाई चढाइदिन्थेँ…, कहिलेकाहीँ मनका कुरा हाम्लाई पनि भन…, तिमीलाई दिल दिँदा…, ऊ जितेर गई या हारेर गई…’ जस्ता गीत र गजल प्रस्तुत गरेका थिए ।

 नझरेका फूलहरुले नयाँ वर्षको शुभकामना आदानप्रदानसँगै सुन्दरहरैंचा उद्योग वाणिज्य संघका नवनिर्वाचिति पदाधिकारीलाई स्वागत तथा सम्मान समेत गरेको थियो ।

कार्यक्रमको प्रमुख अतिथि प्रदेश सभा सदस्य लोकप्रसाद सङ्ग्रौला रहेका थिए । कार्यक्रम प्रस्तोता घिमिरेको जन्मदिन समेत परेकाले कार्यक्रम अन्य शृङ्खलाभन्दा विशेष थियो ।

यसअघि प्रख्यात राष्ट्रिय कलाकार पलेँटी साँझमा सरिक भइसकेका छन् ।

Continue Reading

Banner

इटहरी काव्य साधनामा कवि देवान किरातीले सुनाए १० कविता

Published

on

इटहरीः ‘म आफूलाई कवि ठान्दिनँ । मैले लेखेका कविता हुन् भन्ने पनि मेरो दावी छैन । मभित्र बाबुको काव्यिक गुण विरासतका रूपमा आएको होला भन्ने चाहिँ अचेल विश्वास लाग्न थालेको छ ।’

यिनै शब्दका साथ आफ्नो कविता वाचन शुरु गरेका इटहरीका कवि देवान किरातीले कोक्पाले रामायण पढ्यो, षड्यन्त्र, रोटी, प्रेमको लास, चिसो, निमन्त्रणा, मृत्युको गुलाफ, मन्दिर र चिहान, पुरानो प्रेम र सत्य शीर्षकमा १० वटा कविता सुनाएर उपस्थित साहित्यानुरागीलाई मन्त्रमुग्ध पारे ।

शब्द प्रवाहका प्रस्तोता विराट अनुपमका अनुसार कवि किरातीले कवि पिता जसरात किरातीलाई सम्मुख राखेर सार्वजनिक रुपमा पहिलो पटक कविता सुनाएका हुन् ।

कवि बद्री भिखारीको सभापतित्वमा भएको कार्यक्रममा कवि मनु मन्जिल, नाट्यकर्मी सोनु जयन्तीलगायतले आफ्नो धारणा राखेका थिए ।

शनिबार साँझ भएको कार्यक्रमको सहजीकरण  सञ्चारकर्मी विराट अनुपमले  गरेका थिए ।

 

Continue Reading

Banner

बर्दिबास साहित्यिक–सांस्कृतिक प्रतिष्ठानको २१ औ शृङ्खला सम्पन्न

Published

on

बर्दिबासः बर्दिबास साहित्यिक–सास्कृतिक प्रतिष्ठानको २१ औ शृङ्खला प्रतिष्ठानका अध्यक्ष रामचन्द्र पौडेल (विपुल) को अध्यक्षतामा शनिबार सम्पन्न भएको छ ।

कार्यक्रममा प्रलेस महोत्तरीका अध्यक्ष एवम् प्रतिष्ठानका उपाध्यक्ष जीवनस्पर्शी, उपाध्यक्ष जमुना पोखरेल, सचिव रमा शर्मा ढकाल, प्रदेश नम्बर २ पौडेल साहित्य प्रतिष्ठानका अर्थ सचिव अनन्त पौडेल, बर्दिवास छन्द चौतारीका सचिव विपिराज दहाललगायतले आफ्नो धारणा राखेका थिए ।

सो शृङ्खलामा विभिन्न लयका कविता, गजल र मुक्तक वाचन गरिएका थिए । जेनिसा थापा, राम यादव, जीवनराज दहाल, जमुना पोखरेल, नानीराम दहाल, रमा शर्मा ढकाल, विपिराज दहाल, अनन्त पौडेल, जीवनस्पर्शी र आरसी विपुलले आफ्ना रचना वाचन गरेका थिए ।

 

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५११३३२९९, ९८४२१९२४१२, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक खेमचन्द्र अधिकारी
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः नवराज पोख्रेल
व्यवस्थापकः कृष्णचन्द्र सुवेदी
हाम्रो फेसबुक