मुख्य
बीपी अध्ययन प्रतिष्ठान सुन्दरहरैंचाको आयोजनामा आजदेखि वडास्तरीय फुटबल प्रतियोगिता हुँदै
विराटचोकः बीपी अध्ययन प्रतिष्ठान सुन्दरहरैंचाको आयोजनामा आजदेखि गछिया खेलमैदानमा वडास्तरीय फुटबल प्रतियोगिता हुने भएको छ ।
आयोजक संस्थाका सचिव वासु श्रेष्ठका अनुसार प्रतियोगितामा १२ ओटै वडाले सहभागिता जनाउने भएका छन् । प्रतियोगिताको आज दिउँसो २ बजे सुन्दरहरैंचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालले उद्घाटन गर्ने भएका छन् । उद्घाटन खेल वडा नम्बर ४ र ६ बीच हुने श्रेष्ठले बताए ।
नगरभित्रका नयाँ खेलाडीलाई प्रोत्साहन गर्न प्रतियोगिता सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ । पुस १९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विजयी हुने टिमले नगद ५१ हजार तथा दोस्रो हु्ने टिमले नगद २६ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
Facebook Comment
Banner
स्कटल्यान्डसँग पराजित, नेपाल समूह चरणबाट बाहिरियो
आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा नेपाल समूह चरणबाटै बाहिरिएको छ । आज भएको खेलमा नेपाल स्कटल्यान्डसँग ७२ रनले पराजित भएको हो ।
स्कटल्यान्डले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको नेपाल १३ ओभर ५ बलमा ६८ रनमा अलआउट भयो । नेपालकी विन्दु रावल र रोमा थापाले अविजित १४ रन बनाए । स्कटल्यान्डकी अबतहा मकसूदले ३ विकेट लिइन् ।
त्यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट रङ्गशालामा टस हारेर ब्याटिङ गरेको स्कटल्यान्डले १ सय ४० रन बनाउँदै अलआउट भयो । स्कटल्यान्डकी प्रियनाज चटर्जीले अविजित ४५ रन बनाइन् । नेपालकी मनिषा उमाध्यायले ४ र रुविना क्षेत्रीले ३ विकेट लिइन् ।
योसँगै नेपालको सुपर सिक्समा पुग्ने सम्भावना सकिएको छ । स्कटल्यान्डले भने सुपर सिक्समा स्थान बनाएको छ । यसैबीच आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको सुपर सिक्स पुग्ने ६ वटै टोलीको टुङ्गो लागेको छ । आजको नतिजासँगै समूह ‘बी’ बाट स्कटल्यान्ड, नेदरल्यान्ड्स र थाइल्यान्ड सुपर सिक्समा पुगेका छन् ।
समूह ‘ए’ मा पपुवा न्यु गिनीलाई ५ विकेटले हराएपछि अमेरिका पनि सुपर सिक्समा पुगेको छ । समूह ‘ए’ बाट बङ्गलादेशसँगै आयरल्याण्ड र अमेरिका सुपर सिक्समा पुगेको हो । ‘सुपर–सिक्स’ बाट शीर्ष चार वटा टोली यही जुनमा इङ्ग्ल्यान्ड र वेल्समा हुने महिला टी–२० विश्वकपमा छनोट हुनेछन् ।
Banner
विश्वकप छनोटमा नेपाल जित्नै पर्ने अवस्थामा
आईसीसी महिला टी–२० विश्वकप ग्लोबल क्वालिफयारमा आज स्कटल्यान्डको सामना गर्दा घरेलु टोली नेपाल जित्नै पर्ने दबाबमा छ ।
खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान बजे सुरु हुँदैछ । समूह चरणको अन्तिम खेल खेल्दै गरेको नेपाल यो खेल जित्दै सुपर सिक्सको सम्भावना जिवितै राख्न चाहन्छ ।
थाइल्यान्ड र नेदरल्यान्ड्ससँग पराजित नेपालले पछिल्लो खेलमा खेलमा जिम्बाबेमाथि जित निकालेको थियो । आज नेपालले जितेर मात्रै पुग्दैन थाइल्यान्ड र नेदरल्यान्ड्सबीचको खेलको नतिजा पनि कुर्नुपर्ने हुन्छ ।
हालको अवस्थालाई हेर्दा नेपालले स्कटल्यान्ड तथा नेदरल्यान्ड्सले थाइल्यान्डलाई हराएमा नेपाल अघि बढ्ने सम्भावना सबैभन्दा बलियो देखिन्छ ।
नेपालले स्कटल्यान्डलाई जितेर थाइल्यान्डले नेदरल्यान्ड्सलाई हराएको अवस्थामा नेपाल र स्कटल्यान्डको समान ४ अंक हुन्छ । यस्तोमा नेटरनरेट हेरिन्छ, त्यसमा स्कटल्यान्ड निकै अगाडि छ ।
यदि नेपाल स्कटल्यान्डसँग पराजित भएमा स्वतः बाहिरिनेछ र थाइल्यान्ड र स्कटल्यान्ड सुपर सिक्सका लागि छनोट हुनेछन् । नेदरल्यान्ड्स यसअघि नै अघिल्लो चरणमा पुगिसकेको छ ।
स्कटल्यान्डले टी–२० विश्वकपको अभुभव लिइसकेको छ । गत संस्करण यूएईमा भएको प्रतियोगितामा सहभागिता जनाएको टोली समूह चरणबाट अगाडि भने बढ्न सकेन । सोही विश्वकपकै आधारमा स्कटल्यान्ड सोझै ग्लोबल छनोट खेल्न लागेको हो ।
टी–२० अन्तर्राष्ट्रियमा नेपाल र स्कटल्यान्ड पहिलो पटक प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिताअघि भएको अभ्यास खेलमा भने नेपाल स्कटल्यान्डसँग २७ रनले पराजित भएको थियो ।
Banner
श्रीलका ‘ए’ विरुद्ध नेपालको सान्त्वना जित
नेपाली पुरुष क्रिकेट टोलीले श्रीलंका ‘ए’ सँगको अभ्यास शृंखलामा नेपालले सान्त्वना जित निकालेको छ । शनिबार सम्पन्न तेस्रो तथा अन्तिम खेलमा नेपाल ७ विकेटले विजयी भयो । श्रीलंकाले प्रस्तुत गरेको १३३ रनको लक्ष्य नेपालले १६.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । नेपालका लगि कुशल भुर्तेलले ४९, आरिफ शेखले अविजित २४, दीपेन्द्रसिंह ऐरीले अविजित २२, कप्तान रोहितकुमार पौडेलले १९ र आसिफ शेखले ११ रन कनाए । श्रीलंकाका लागि सोनल दिनुशले २ र दुलाज समुदिथाले १ विकेट लिए । त्यसअघि पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३२ रनको योगफल तयार पारेको थियो । श्रीलंकाका लागि चमिका करुणारत्नेले ३८, निरोशन डिकवेलाले ३३, लासिथ क्रुस्पुलले २१ तथा साहन अरचिगे र सोनल दिनुशले १२–१२ रन बनाए । नेपालका लागि शेर मल्लले ४, दीपेन्द्रसिंह ऐरीले २ तथा रोहितकुमार पौडेलले १–१ विकेट लिए । नेपालले आईसीसी पुरुष टी–२० विश्वकपको तयारीस्वरुप श्रीलंका ‘ए’ सँग अभ्यास शृंखला खेलेको हो । यसअघि नेपाल ६ विकेट र ७३ रनले पराजित भएको थियो । अब नेपाल अभ्यास र प्रतियोगिताका लागि भारत जाने छ ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login