खेलकुद
गछियामा वडास्तरीय नकआउट फुटबल प्रतियोगिता शुरु
विराटचोकः बीपी अध्ययन प्रतिष्ठान सुन्दरहरैंचा नगर खेलकुद कार्यसमितिको आयोजनामा वडास्तरीय नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ ।

प्रतियोगिताको सुन्दरहरैंचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालले रेफ्रीलाई बल हस्तान्तरण गरेर उद्घाटन गरे । गछिया खेलमैदानमा भएको उद्घाटन खेलमा वडा नम्बर ४ र ६ बीच प्रतियोगिता भइरहेको छ । प्रतियोगिताको उपाधी विजेताले नगदा ५१ हजार तथा उपविजेताले नगद २६ हजार रुपैयाँ पुरस्कार पाउनेछ । हेर्नुहोस् उद्घाटन कार्यक्रमका केही तस्बिरहरूः


याे पनि पढ्रनुहाेस्
बीपी अध्ययन प्रतिष्ठान सुन्दरहरैंचाको आयोजनामा आजदेखि वडास्तरीय फुटबल प्रतियोगिता हुँदै
Facebook Comment
Banner
साफ महिला क्लब च्याम्पियनशिपको उपाधिका लागि एपीएफ र इस्ट बङ्गाल खेल्ने
साफ महिला क्लब च्याम्पियनशिपको उपाधिका लागि नेपालको लिग विजेता एपीएफ क्लब र भारतको लिग विजेता इस्ट बङ्गाल एफसी खेल्ने भएका छन् । लिग चरणका दुई खेल बाँकी छँदै एपीएफ र इस्ट बङ्गाल उपाधिका लागि खेल्ने भएका हुन् ।
काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हिजो भएको पहिलो खेलमा एपीएफले पाकिस्तानको कराँची सिटी एफसीलाई १–० गोलले हरायो । यस्तै हिजै बेलुका भएको दोश्रो खेलमा इस्ट बङ्गालले बङ्गलादेशको नसरिन स्पोर्टस एकेडेमीलाई ७–० गोलले हरायो ।
लगातार ३ खेलमा अपराजित इस्ट बङ्गाल ९ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । समान खेलमा २ जीत र १ बराबरीसहित एपीएफ ७ अङ्क जोड्दै दोश्रो स्थानमा छ । एपीएफले पहिलो खेलमा बङ्गलादेशको नसरिन स्पोट्र्स एकेडेमीलाई ४–० गोलले हराएको थियो भने दोस्रो खेलमा भूटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो ।
एपीएफले लिग चरणको अन्तिम खेलमा इस्ट बङ्गाल एफसीसँग पर्सि बुधवार खेल्नेछ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) ले पहिलो पटक आयोजना गरेको च्याम्पियनशिपमा ५ सदस्य राष्ट्रको लिग विजेता सहभागी छन् । सिङ्गल राउन्ड रोबिनपछि शीर्ष २ टोलीेले फाइनल खेल्नेछन् ।
Banner
लुम्बिनीले जित्याे एनपीएल उपाधि,
सुदूरपश्चिम राेयल्सलाई हराउँदै लुम्बिनी लायन्सले दाेस्राे संस्करणकाे नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटकाे उपाधि जितेकाे छ ।
कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा आज भएकाे फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई ६ विकेटले हरायाे । सुदूरपश्चिमले दिएकाे ८६ रनकाे लक्ष्य लुम्बिनीले ९ ओभरमा ४ विकेट गुमाएर भेटायाे । लुम्बिनीका दिनेश अधिकारीले ४२ रन बनाए । सुदूरपश्चिमका हेमन्त धामीले २ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले १९ ओभर १ बलमा ८५ रन बनाउँदा सबै विकेट गुमायो । सुदूरपश्चिका ईशान पाण्डेले सबैभन्दा धेरै ५१ बलमा ३३ रन बनाए । लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले ह्याट्रिक विकेट तथा शेर मल्ल र रुबेन ट्रम्पेलमानले ३/३ विकेट लिए ।
पहिलाे संस्करणमा तालिकाकाे पुछारमा रहेर लिग चरणबाटै बाहिरिएकाे लुम्बिनीले यस पटक उपाधि जित्याे । सुदूरपश्चिम भने लगातार दाेस्राे पटक उपविजेता बन्याे । सुदूरपश्चिम पहिलाे संस्करणकाे फाइनलमा जनकपुर बाेल्ट्ससँग पराजित भएकाे थियाे ।
लुम्बिनीले एनपीएलकाे उपाधिसँगै १ करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकाे छ । यस्तै उपविजेता बनेकाे सुदूरपश्चिमले ५१ लाख रुपैयाँ, तेस्राे भएकाे विराटनगर किङ्ग्सले २५ लाख र चौथो भएकाे काठमान्डु गाेर्खाजले १५ लाख रुपैयाँ प्राप्त गरेकाे छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा गएको मङ्सिर १ गतेदेखि शुरू भएको प्रतियोगितामा आठ टोलीको सहभागिता थियो ।
Banner
उपाधिका लागि सुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको लक्ष्य
नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शनिबार जारी फाइनलमा उपाधि उचाल्नका लागि सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको सहज लक्ष्य दिएको छ ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ राजेको सुदूरपश्चिमले १९ ओभरको पहिलो बलमा सबै विकेट गुमाउँदै ८५ रन बनाएको हो ।
पहिलो ओभरको अन्तिम बलमा ओपनर बिनोद भण्डारी आउट भएपछि सुदूरपश्चिमको ब्याटिङ दबाबमा गएको थियो । उनी २ बल सामना गरेर रनको खाता नखोली रुबेन ट्रम्पेलम्यानको बलिङमा दिनेश अधिकारीमार्फत् आउट भए ।
सुरुवातमै विकेट गएपछि दबाबमा गएको यो टोलीको ब्याटिङले लय समात्न सकेन ।
२ ओभरको तेस्रो बलमा पहिलो विकेट गुमेपछि ब्याटिङमा आएका शेल्डन ज्याक्सन आउट भए । ३ बलमा १ रन जोडेर उनी रुबेनकै बलको शिकार भए ।
आशिफ शेख ६ बलमा समान गरेर ६ रन बनाउँदा शेर मल्लको बलको शिकार भए । आरिफले ३ ओभरको तेस्रो बलमा चौका हान्दै सुदूरपश्चिमलाई पहिलो बाउन्ड्री दिलाए ।
दोस्रो बाउन्ड्रीका लागि सुदूरपश्चिमले ३८ बलको संघर्ष गर्नुपर्यो । कप्तान दीपेन्द्रसिंह ऐरीले ९ ओभरको पाँचौ बलमा छक्का हान्दै टिमलाई दोस्रो बाउन्ड्री दिलाए ।
चौथो विकेटका रुपमा १० ओभरको चौथो बलमा आउट भएका दीपेन्द्रले २० बलमा १३ रन जोडे । उनी आउट हुँदा सुदूरपश्चिम ४४ रनको अवस्थामा थियो ।
१० ओभरको प्रगतीका क्रममा लुम्बिनीका कप्तना रोहित पौडेलले ह्याट्रिक लिए । १० ओभरको चौथो बलमा दीपेन्द्र, पाँचौ बलमा दीपक बोहोर र अन्तिम बलमा पुनीत मेहरालाई आउट गर्दै रोहितले ह्याट्रिक हात पारेका हुन् । दीपक र पुनीतले रनको खाता खोल्न सकेनन् ।
रोहितको ह्याट्रिकले सुदूरपश्चिमको ब्याटिङ थप दयनीय बन्यो ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login