कोशी प्रदेश
मोरङ ३ः प्रतिनिधि सभातर्फ, पूर्व मन्त्री, मेडिकल कलेज सञ्चालक र नायिका कस्ले मार्ला बाजी
विराटचोकः मोरङको निर्वाचन क्षेत्र नम्बर ३ मा २०७४ को प्रतिनिधि सभा निर्वाचनमा एमालेका भानुभक्त ढकाल निर्वाचित भएका थिए । एमाले र माओवादी केन्द्रको तत्कालीन वाम गठबन्धनका उम्मेद्वार ढकालले ४२ हजार ४ सय १३ मत प्राप्त गरेर निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका सुनिल शर्माले ४० हजार ५ सय ६ मत प्राप्त गर्दै दोस्रो बनेका थिए । यो क्षेत्रमा आगामी मंसिर ४ मा हुने निर्वाचनमा राप्रपा नेतृ तथा नायिका रेखा थापाले समेत उम्मेद्वारी दर्ता गराएकी छिन् ।
मोरङ ३ मा पछिल्लो समय विभिन्न कोणबाट बहस हुने गरेका छन् । पूूर्व मन्त्री समेत भएका ढकाल र शर्माको विकल्पका रुपमा थापाको नाम चर्चामा रहने गरेको छ । थापाले केही समय यता गाउँका मतदातासँगको भेटघाटलाई तीव्र बनाइरहेकी छिन् । सिने क्षेत्रबाट राजनीतिमा होमिएकाले नेतृ थापासँग युवादेखि ज्येष्ठ नागरिकसम्म झुम्मिने गरेका छन् । सुरक्षाकर्मीदेखि सर्वसाधारण उनीसँग सेल्फी खिचाउन लालायित हुने गरेका छन् । यो सेल्फी खिचाइ राजनीतिक कारण नभई नायिकाका रुपमा सम्मानका साथ फोटो खिचाउने गरेको पाइएको छ ।
यस्तै, अर्का उम्मेद्वार शर्माको आफ्नै तरिका रहेको छ । काङ्ग्रेस मोरङ ३ मा कमजोर रहेको छ । गत स्थानीय तहको निर्वाचनलाई हेर्ने हो भने यस क्षेत्रमा एमाले बलियो उम्मेद्वार रहेको क्षेत्र हो । तर सुनिल शर्माले सो क्षेत्रका बासिन्दालाई स्वास्थ्य उपचारमा गरेको सहयोगकै कारण यस पटक शर्माले बाजी मार्ने आँकलन एकथरीको छ । नोबेल मेडिकल कलेजका सञ्चालक समेत रहेका उनले यस क्षेत्रका नागरिकको स्वास्थ्य उपचारमा सहयोग गरेकाले जनताले समेत मत दिनेमा शर्मा ढुक्क देखिन्छन् । तर गत स्थानीय तहको निर्वाचनमा भएको काङ्ग्रेसको किचलो भित्रभित्र रहिरहेको र केही नेताले पार्टी छाड्नुपर्ने कारण नै शर्मा भएको भन्दै आएकाले उनलाई पार्टीको खासै भर देखिँदैन । गठबन्धन भए पनि यस क्षेत्रमा माओवादी र समाजवादी कमजोर अवस्थामै रहेकाले शर्मालाई जीत निकाल्न गाह्रो हुने देखिन्छ ।
यसैगरी, पूर्व मन्त्री ढकालका विषयमा गाउँसमाजमा खुलेरै विरोध हुने गरेको छ । कोभिड १९ को महामारीको समयमा स्वास्थ्य सामग्री खरीद प्रकरणमा भ्रष्टाचार गरेको भन्दै नागरिक रुष्ट देखिन्छन् । तर ढकालले भने यो विषयमा आफूलाई बदनाम गराउने मनशायले विरोधका लागि विरोध मात्रै हुने गरेको बताउँदै आएका छन् । स्थानीय तहको नतिजा हेर्ने हो भने ढकाललाई जीत निकाल्न सहज देखिन्छ । तर उनको व्यक्तिगत छविमा लागेको आरोप र एक पटक नयाँ अनुहारको खोजीमा मतदाता लागे भने शर्माको पल्ला भारी हुने देखिन्छ ।
Facebook Comment
Banner
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने मधेस र कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा कोशी, लुम्बिनी र कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराईका केही स्थान र मधेश प्रदेश तथा सुदूरपश्चिमको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
त्यसैगरी आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थान मधेस तथा कर्णाली पहाडी भूभागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुहुन र विभागको पछिल्लो सूचनामा अद्यावधिक रहन महाशाखाको अनुरोध छ । रासस
Banner
मनसुनी वायुको प्रभाव: देशका केही स्थानमा भारी वर्षाको सम्भावना
हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ ।
विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशको पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
विभागद्वारा मौसम ‘बुलेटिन’का अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा, मधेस प्रदेश तथा कर्णाली पहाडी भू–भागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
Banner
गछिया खोला भ्याट भ्रष्टाचार प्रकरण : तिलक आलेविरुद्ध अख्तियार सर्वोच्चमा
आन्तरिक राजस्व कार्यालय, धरानका तत्कालीन कर अधिकृत तिलक आलेसमेतका प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ।
आयोगका अनुसार सुन्दरहरैँचा नगरपालिकास्थित गछिया खोलाबाट आर्थिक वर्ष २०७६-०७७ मा नदिजन्य पदार्थ उत्खनन् गर्ने क्रममा प्राप्त हुने राजस्वमध्ये आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्ने मूल्य अभिवृद्धि कर (भ्याट) रकम दाखिला नगरी भ्रष्टाचार गरिएको आरोपमा तिलक आलेसमेतका प्रतिवादीविरुद्ध मुद्दा दायर गरिएको थियो।
उक्त प्रकरणमा आयोगले प्रतिवादीहरूबाट रु. १ करोड २३ लाख ६९ हजार ६४९ रुपैयाँ ६९ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र १७ बमोजिम कसुर ठहर गरी कैद तथा बिगो बराबर जरिवानासहितको सजाय माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको थियो।
तर विशेष अदालतले मिति २०८२।१२।१० मा गरेको फैसलाबाट प्रतिवादीहरूलाई आंशिक सफाइ दिएको थियो। उक्त फैसलाप्रति चित्त नबुझेपछि आयोगले मिति २०८३।०४।०४ गते सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरेको जनाएको छ।
आयोगले विशेष अदालतको फैसलाको कानुनी परीक्षण आवश्यक रहेको भन्दै अभियोगमा प्रस्तुत प्रमाण र तथ्यका आधारमा पुनरावेदन प्रक्रिया अघि बढाएको हो।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login