अर्थ
अमेरिकाले लक्ष्मी बैंकमार्फत् ६ अर्ब लगानी गर्दै
काठमाडौंः लघु तथा मझौला कृषि उद्यमको प्रवद्र्धनको लागि अमेरिकी सहयोग नियोग युएसएआइडीले लक्ष्मी बैंकलाई ४ करोड ५० लाख अमेरिकी डलर (५ अर्ब ८७ करोड ५५ लाख ५५ हजार रुपैयाँ) कर्जा लगानी गर्ने भएको छ ।
४ करोड ५० लाख प्रत्यक्ष कर्जा र २५ लाख अमेरिकी डलर (३२ करोड ६४ लाख १९ हजार रुपैयाँ)अमेरिकी डलरकर्जा ग्यारेन्टीले नेपालमा कृषि व्यवसायमा संलग्न लघु उद्यमीलाई पूँजी लगानीका लागि कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ ।
सो कर्जा रकमको स्वीकृति डेभलपमेन्ट क्रेडिट अथोरिटीको बैठकले गरिसकेको बताइएको छ ।
सन् २०१६ मा युएसएआइडीमार्फत् डेभलपमेन्ट क्रेडिट अथोरिटीले लक्ष्मी बैंकसँग ८ वर्षे सम्झौता गरेको र सोहीअनुसार रकम उपलब्ध हुने बताइएको छ ।
Facebook Comment
Banner
कोशी प्रदेशमा एक लाख ३१ हजार मत बदर
कोशी प्रदेशमा यही फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा एक लाख ३० हजार ८४७ मत बदर भएको छ ।
प्रदेश निर्वाचन कार्यालय विराटनगरले दिएको जानकारीअनुसार उक्त निर्वाचनमा प्रदेशका १४ जिल्लाको २८ निर्वाचन क्षेत्रमा २० लाख ८४ हजार २१९ मत खसेको मध्ये १९ लाख ५३ हजार ३७२ मत सदर भएको थियो । निर्वाचनमा ताप्लेजुङमा दुई हजार ६८६, पाँचथरमा तीन हजार ८९७, इलाम–१ मा चार हजार ५६६, इलाम–२ तीन हजार ८९५, झापा–१ चार हजार २६९, झापा–२ चार हजार ४६९, झापा–३ पाँच हजार ६२९, झापा–४ चार हजार ७६८ र झापा– ५ चार हजार २१९ मत बदर भएको छ ।
यसैगरी, सङ्खुवासभामा तीन हजार ७८०, तेह्रथुममा एक हजार ९०९, भोजपुरमा तीन हजार ८७१ र धनकुटामा चार हजार ८८३ मत बदर भएको छ । यसैगरी, मोरङ–१ मा चार हजार ८३७, मोरङ–२ मा छ हजार ५०, मोरङ–३ मा छ हजार ८२७, मोरङ–४ मा पाँच हजार २५६, मोरङ–५ मा सात हजार ८८९ र मोरङ–६ मा पाँच हजार ६४४ मत बदर भएको कार्यालयले जनाएको छ ।
यसैगरी, सुनसरी–१ मा चार हजार ४८९, सुनसरी–२ मा छ हजार २२९, सुनसरी–३ मा पाँच हजार ६११, सुनसरी–४ मा छ हजार ६७४, सोलुखुम्बुमा एक हजार ९९०, खोटाङमा तीन हजार ९२८, ओखलढुङ्गामा तीन हजार ३५६, उदयपुर–१ मा पाँच हजार ५४७ र उदयपुर–२ मा तीन हजार ६७३ मत बदर भएको छ ।
सबैभन्दा बढी मत बदर मोरङको क्षेत्र नं ५ मा १० दशमलव ०६ र सबै कम झापा क्षेत्र नं ५ मा तीन दशमलव ९६ प्रतिशत रहेको छ ।
Banner
इन्धन बोकेर भारत आउँदै गरेको जहाजमाथि स्ट्रेट अफ होर्मुजमा आक्रमण
विश्वको सबैभन्दा व्यस्त समुद्री मार्ग ‘स्ट्रेट अफ होर्मुज’ मा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये एउटा प्रमुख निसाना भारतको गुजराततर्फ आउँदै गरेको जहाज पनि बनेको छ । यस घटनाले भारतको ऊर्जा आपूर्ति र समुद्री व्यापारिक सुरक्षामा गम्भीर चिन्ता पैदा गरेको छ ।
थाइल्याण्डको स्वामित्वमा रहेको ‘मयूरी नारी’ नामक जहाज ओमानको समुद्री तटबाट करिब ११ नटिकल माइल उत्तरमा आक्रमणमा परेको हो यो जहाज भारतको गुजरात राज्यको बन्दरगाहतर्फ आउँदै थियो । थाई नौसेनाका अनुसार यूएईको आबुधाबीस्थित खलिफा पोर्टबाट जहाज प्रस्थान गरेको केही घण्टामै जहाजमा आक्रमण भएको थियो । समाचार एजेन्सी एपीका अनुसार अज्ञात ‘प्रोजेक्टाइल’ ठोक्किएपछि जहाजमा भीषण आगलागी भएको थियो, जसका कारण जहाजको सञ्चालन पूर्ण रूपमा ठप्प भएको छ ।
Banner
च्याम्पियन्स लिग : रियल मड्रिडले म्यानचेस्टर सिटीलाई हरायाे
युरोपेली च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम–१६ को पहिलो लेगमा गएराति भएका खेलमा रियल मड्रिड, पेरिस सेन्ट जर्मेइन (पीएसजी), बोडोग्ल्म्टि विजयी भएका छन् ।
घरेलु मैदानमा भएको खेलमा मड्रिडले म्यानचेस्टर सिटीलाई ३–० गोलले हरायो । मड्रिडका लागि फेडेरिको भाल्भेर्डेले ह्याट्रिक गरे । यो जीतसँगै मड्रिड ८ खेलमा १५ अङ्कसहित तालिकाको नवौँ स्थानमा छ । सिटी ८ खेलमा १६ अङ्कसहित आठौँ स्थानमा छ ।
यस्तै घरेलु मैदानमा भएको खेलमा पीएसजीले चेल्सीलाई ५–२ गोलले हरायो । पीएसजीका खभिचा क्वारत्स्खेलियाले २ तथा ब्राडली बारकोला, ओउसमान डेम्बेले र भितिन्हाले १/१ गोल गरे । चेल्सीका मालो गुस्तो र इनजो फर्नान्डेजले गोल गरे । यो जीतसँगै पीएसजी ८ खेलमा १४ अङ्कसहित तालिकाको ११औँ स्थानमा छ । चेल्सी ८ खेलमा १६ अङ्कसहित छैटौँ स्थानमा छ ।
यस्तै घरेलु मैदानमा भएको खेलमा बोडोग्ल्म्टिले स्पोर्टिङलाई ३–० गोलले हरायो । बोडोग्ल्म्टिका सोन्ड्रे ब्रुनस्ट्याड, ओले डिड्रिक ब्लुमबर्ग र कास्पेर होगले गोल गरे । यो जीतसँगै बोडोग्ल्म्टि ८ खेलमा ९ अङ्कसहित तालिकाको २३औँ स्थानमा छ । स्पोर्टिङ ८ खेलमा १६ अङ्कसहित सातौँ स्थानमा छ ।
यस्तै हिजो भएको पहिलो खेलमा घरेलु टोली लेभेरकुसेन र आर्सनलबीचको खेल १–१ गोलको बराबरीमा सकिएको छ । लेभेरकुसेनका रोबर्ट एन्ड्रिच र आर्सनलका काई हाभेर्ट्जले गोल गरे । यो बराबरीसँगै आर्सनल ८ खेलमा २४ अङ्कसहित शीर्ष स्थानमा यथावत् छ । लेभेरकुसेन ८ खेलमा १२ अङ्कसहित १६औँ स्थानमा छ ।
च्याम्पियन्स लिगमा आर्सनल २४ अङ्कसहित शीर्ष, बायर्न म्युनिख २१ अङ्कसहित दोस्रो र लिभरपुल १८ अङ्कसहित तेस्रो स्थानमा छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login