प्रतिनिधि सभा निर्वाचन २०७९
प्रत्यक्षतर्फ चुनाव लड्दै ५ जना पूर्व अर्थमन्त्रीहरु, दुई जना समानुपातिकमा
विराटचोकः मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ५ जना अर्थमन्त्री प्रत्यक्षबाट र २ जना समानुपातिकबाट चुनावी मैदानमा होमिएका छन् । डा. बाबुराम भट्टराईलगायतका केही अर्थमन्त्रीले स्वेच्छाले चुनावी मैदान छाडेका छन भने केहीले टिकट पाएनन् ।
बहालवाला अर्थमन्त्री जनार्दन शर्माले रुकुम पश्चिमबाट उम्मेद्वारी दिएका छन् । नेकपा माओवादीको तर्फबाट शेरबहादुर नेतृत्वको कांग्रेस, माओवादी र समाजवादी गठबन्धनमा अर्थमन्त्री रहेका उनी यसअघि प्रचण्ड प्रधानमन्त्री हुँदा ऊर्जामन्त्री बनेका थिए । उनको प्रतिष्पर्धा एमालेका नन्दराम देवकोटासँग हुने भएको छ ।
केपी शर्मा ओली प्रधानमन्त्री हुँदा अर्थमन्त्री रहेका विष्णु पौडेलले रुपन्देही २ बाट उम्मेद्वारी दिएका छन् । विष्णु पौडेल अर्थमन्त्री हुँदा नेप्सेको अघिल्लो उच्च बिन्दु १८८१ छोएको थियो । उनी अर्थमन्त्री हुँदा नै दुई पटक नेप्सेले उच्च बिन्दु हासिल गरेकाले शेयर बजार मैत्री अर्थमन्त्रीको रुपमा उनी शेयर लगानीकर्ता माझ परिचित छन् । पौडेलको प्रतिस्पर्धा एमालेबाटै फुटेर बनेको नेकपा समाजवादीका उम्मेद्वार राजु गुरुङसँग रहेको थियो । तर, चेक बाउन्स मुद्दाका कारण कालो सूचीमा परेका कारण उनको उम्मेद्वारी निर्वाचन आयोगले खारेज गरेपछि पौडेललाई चुनाव जित्न सहज भएको छ ।
प्रचण्ड प्रधानमन्त्री हुँदा अर्थमन्त्री बनेको वर्षमान पुन यसपटक पनि माओवादीको जनाधार बलियो भएको रोल्पाबाट चुनावी मैदानमा होमिएका छन् । उनको प्रतिष्पर्धा नेकपा एमालेका पूर्णबहादुर बुढा मगरसँग हुने भएको छ ।
नेकपा एमालेमा सरकारमा सहभागी रहँदा अर्थमन्त्री रहेका सुरेन्द्र पाण्डे चितवन १ बाट चुनावी प्रतिस्पर्धा गर्दैछन् । उनको प्रतिस्पर्धीमा नेपाली कांग्रेसको तर्फबाट अर्थशास्त्री विश्व पौडेलले प्रतिष्पर्धा गर्दैछन् । पौडेल राष्ट्रिय योजना आयोगको उपाध्यक्ष पदबाट राजीनामा दिएर चुनावी मैदानमा ओर्लिएका छन् ।
त्यसैगरी पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सुनसरी ४ बाट चुनाव लड्दैछन् । उनी हाल सञ्चार तथा सूचना प्रविधि मन्त्री छन् । उनले नेकपा एमालेका जगदीश कुसियतसँग प्रतिस्पर्धा गर्दैछन् ।
राप्रपाका पूर्व अध्यक्षद्वय डा. प्रकाशचन्द्र लोहनी र पशुपतिशमशेर राणालाई उक्त पार्टीले समानुपातिक समूहको सूचीमा समावेश गरेको छ । दुवै जना विभिन्न समयमा अर्थमन्त्रीको रुपमा रहेका थिए ।
गिरिजाप्रसाद कोइारालाको मन्त्रिमण्डलमा प्रायः अर्थमन्त्रीको रुपमा रहने डा.रामशरण महतले यसपटक उम्मेद्वारको टिकट पाएनन् । २०७४ को चुनावमा उनी पराजित भएका थिए ।
२०४६ को राजनीतिक परिवर्तन पछि पहिलो अर्थमन्त्री बनेका महेश आचार्य मोरङ ४ बाट उम्मेद्वार सिफारिश भएर पनि टिकट पाएनन् । गठबन्धनका कारण कांग्रेसले सो क्षेत्र माओवादीलाई छोडेपछि उनी उम्मेद्वार हुन नपाएका हुन् ।
माओवादी सरकारका अर्थमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो क्षेत्र माओवादीका अध्यक्ष प्रचण्डलाई छोडेर आफू चुनावमा भाग नलिने भएका छन् ।
माओवादी सरकारका अर्थमन्त्री तथा सभामुख कृष्णबहादुर महरा पनि स्वेच्छाले उम्मेद्वार नहुने भएका छन् ।
केपी ओलीका प्रिय पात्र एवम् पूर्व गभर्नर समेत रहेका अर्थमन्त्री डा. युवराज खतिवडा प्रत्यक्ष र समानुपातिक कतै पनि उम्मेद्वार भएनन् ।
Facebook Comment
Banner
कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए
नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।
निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।
यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।
पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।
१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login