Connect with us
Advertisement

प्रत्यक्षतर्फ चुनाव लड्दै ५ जना पूर्व अर्थमन्त्रीहरु, दुई जना समानुपातिकमा

Published

on

विराटचोकः मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ५ जना अर्थमन्त्री प्रत्यक्षबाट र २ जना समानुपातिकबाट चुनावी मैदानमा होमिएका छन् । डा. बाबुराम भट्टराईलगायतका केही अर्थमन्त्रीले स्वेच्छाले चुनावी मैदान छाडेका छन भने केहीले टिकट पाएनन् ।

बहालवाला अर्थमन्त्री जनार्दन शर्माले रुकुम पश्चिमबाट उम्मेद्वारी दिएका छन् । नेकपा माओवादीको तर्फबाट शेरबहादुर नेतृत्वको कांग्रेस, माओवादी र समाजवादी गठबन्धनमा अर्थमन्त्री रहेका उनी यसअघि प्रचण्ड प्रधानमन्त्री हुँदा ऊर्जामन्त्री बनेका थिए । उनको प्रतिष्पर्धा एमालेका नन्दराम देवकोटासँग हुने भएको छ ।

केपी शर्मा ओली प्रधानमन्त्री हुँदा अर्थमन्त्री रहेका विष्णु पौडेलले रुपन्देही २ बाट उम्मेद्वारी दिएका छन् । विष्णु पौडेल अर्थमन्त्री हुँदा नेप्सेको अघिल्लो उच्च बिन्दु १८८१ छोएको थियो । उनी अर्थमन्त्री हुँदा नै दुई पटक नेप्सेले उच्च बिन्दु हासिल गरेकाले शेयर बजार मैत्री अर्थमन्त्रीको रुपमा उनी शेयर लगानीकर्ता माझ परिचित छन् । पौडेलको प्रतिस्पर्धा एमालेबाटै फुटेर बनेको नेकपा समाजवादीका उम्मेद्वार राजु गुरुङसँग रहेको थियो । तर, चेक बाउन्स मुद्दाका कारण कालो सूचीमा परेका कारण उनको उम्मेद्वारी निर्वाचन आयोगले खारेज गरेपछि पौडेललाई चुनाव जित्न सहज भएको छ ।

प्रचण्ड प्रधानमन्त्री हुँदा अर्थमन्त्री बनेको वर्षमान पुन यसपटक पनि माओवादीको जनाधार बलियो भएको रोल्पाबाट चुनावी मैदानमा होमिएका छन् । उनको प्रतिष्पर्धा नेकपा एमालेका पूर्णबहादुर बुढा मगरसँग हुने भएको छ ।

नेकपा एमालेमा सरकारमा सहभागी रहँदा अर्थमन्त्री रहेका सुरेन्द्र पाण्डे चितवन १ बाट चुनावी प्रतिस्पर्धा गर्दैछन् । उनको प्रतिस्पर्धीमा नेपाली कांग्रेसको तर्फबाट अर्थशास्त्री विश्व पौडेलले प्रतिष्पर्धा गर्दैछन् । पौडेल राष्ट्रिय योजना आयोगको उपाध्यक्ष पदबाट राजीनामा दिएर चुनावी मैदानमा ओर्लिएका छन् ।

त्यसैगरी पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सुनसरी ४ बाट चुनाव लड्दैछन् । उनी हाल सञ्चार तथा सूचना प्रविधि मन्त्री छन् । उनले नेकपा एमालेका जगदीश कुसियतसँग प्रतिस्पर्धा गर्दैछन् ।

राप्रपाका पूर्व अध्यक्षद्वय डा. प्रकाशचन्द्र लोहनी र पशुपतिशमशेर राणालाई उक्त पार्टीले समानुपातिक समूहको सूचीमा समावेश गरेको छ । दुवै जना विभिन्न समयमा अर्थमन्त्रीको रुपमा रहेका थिए ।

गिरिजाप्रसाद कोइारालाको मन्त्रिमण्डलमा प्रायः अर्थमन्त्रीको रुपमा रहने डा.रामशरण महतले यसपटक उम्मेद्वारको टिकट पाएनन् । २०७४ को चुनावमा उनी पराजित भएका थिए ।

२०४६ को राजनीतिक परिवर्तन पछि पहिलो अर्थमन्त्री बनेका महेश आचार्य मोरङ ४ बाट उम्मेद्वार सिफारिश भएर पनि टिकट पाएनन् । गठबन्धनका कारण कांग्रेसले सो क्षेत्र माओवादीलाई छोडेपछि उनी उम्मेद्वार हुन नपाएका हुन् ।

माओवादी सरकारका अर्थमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो क्षेत्र माओवादीका अध्यक्ष प्रचण्डलाई छोडेर आफू चुनावमा भाग नलिने भएका छन् ।

माओवादी सरकारका अर्थमन्त्री तथा सभामुख कृष्णबहादुर महरा पनि स्वेच्छाले उम्मेद्वार नहुने भएका छन् ।

केपी ओलीका प्रिय पात्र एवम् पूर्व गभर्नर समेत रहेका अर्थमन्त्री डा. युवराज खतिवडा प्रत्यक्ष र समानुपातिक कतै पनि उम्मेद्वार भएनन् ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान

Published

on

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने मधेस र कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा कोशी, लुम्बिनी र कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराईका केही स्थान र मधेश प्रदेश तथा सुदूरपश्चिमको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थान मधेस तथा कर्णाली पहाडी भूभागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुहुन र विभागको पछिल्लो सूचनामा अद्यावधिक रहन महाशाखाको अनुरोध छ । रासस

Continue Reading

Banner

मनसुनी वायुको प्रभाव: देशका केही स्थानमा भारी वर्षाको सम्भावना

Published

on

 हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ ।

विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशको पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

विभागद्वारा मौसम ‘बुलेटिन’का अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा, मधेस प्रदेश तथा कर्णाली पहाडी भू–भागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

Continue Reading

Banner

गछिया खोला भ्याट भ्रष्टाचार प्रकरण : तिलक आलेविरुद्ध अख्तियार सर्वोच्चमा

Published

on

 आन्तरिक राजस्व कार्यालय, धरानका तत्कालीन कर अधिकृत तिलक आलेसमेतका प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ।

आयोगका अनुसार सुन्दरहरैँचा नगरपालिकास्थित गछिया खोलाबाट आर्थिक वर्ष २०७६-०७७ मा नदिजन्य पदार्थ उत्खनन् गर्ने क्रममा प्राप्त हुने राजस्वमध्ये आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्ने मूल्य अभिवृद्धि कर (भ्याट) रकम दाखिला नगरी भ्रष्टाचार गरिएको आरोपमा तिलक आलेसमेतका प्रतिवादीविरुद्ध मुद्दा दायर गरिएको थियो।

उक्त प्रकरणमा आयोगले प्रतिवादीहरूबाट रु. १ करोड २३ लाख ६९ हजार ६४९ रुपैयाँ ६९ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र १७ बमोजिम कसुर ठहर गरी कैद तथा बिगो बराबर जरिवानासहितको सजाय माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको थियो।

तर विशेष अदालतले मिति २०८२।१२।१० मा गरेको फैसलाबाट प्रतिवादीहरूलाई आंशिक सफाइ दिएको थियो। उक्त फैसलाप्रति चित्त नबुझेपछि आयोगले मिति २०८३।०४।०४ गते सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरेको जनाएको छ।

आयोगले विशेष अदालतको फैसलाको कानुनी परीक्षण आवश्यक रहेको भन्दै अभियोगमा प्रस्तुत प्रमाण र तथ्यका आधारमा पुनरावेदन प्रक्रिया अघि बढाएको हो।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक