प्रतिनिधि सभा निर्वाचन २०७९
स्वतन्त्र उम्मेद्वार गणेश पोखरेलले सार्वजनिक गरे चुनावी प्रतिबद्धता, ठूला दलका उम्मेद्वारलाई यसरी लगाए आरोप
विराटचोकः प्रदेश नम्बर १ मा सबैभन्दा धेरै उम्मेद्वार भएको क्षेत्र हो मोरङको क्षेत्र नम्बर ३ । यस क्षेत्रबाट प्रतिनिधि सभाका लागि ३१ जना उम्मेद्वार छन् । तीमध्ये १९ जना स्वतन्त्र उम्मेद्वार छन् । पूर्व स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, मेडिकल कलेज सञ्चालक सुनिल शर्मा र चर्चित अभिनेतृ रेखा थापा पनि यही क्षेत्रबाट चुनाव लडिरहेकाले यस क्षेत्रलाई निकै महत्वका साथ हेरिएको छ ।
यसै क्षेत्रबाट स्वतन्त्र उम्मेद्वारी दिनेमध्येका गणेश पोखरेलले बिहीबार सुन्दरहरैंचाको विराटचोकमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी आफ्ना प्रतिबद्धता व्यक्त गरेका छन् । सो क्रममा उनले मुख्य तीन दलका उम्मेद्वारलाई किन भोट दिन नहुने भनेर आफ्नो तर्क पनि प्रस्तुत गरेका थिए ।
डा. शर्माले स्वास्थ्य शिविरको नाममा मतदाता ढाँटे
नेपाली कांग्रेसका उम्मेद्वार सुनिल शर्माले स्वास्थ्य शिविरको नाममा भोट बटुल्ने काम गरेको र जनता त्यसमा झुक्किइरहेको बताए । मेडिकल कलेज सञ्चालनको लागि अनुमति लिँदा नै विपन्न वर्गलाई निःशुल्क उपचार गर्छु भनी प्रतिबद्धता गरेअनुरुप नै उनले निःशुल्क स्वास्थ्य शिविर चलाएका हुनाले त्यसलाई भोट माग्ने विषय बनाउन नहुने उनको भनाइ थियो । त्यसरी निःशुल्क शिविर सञ्चालन गरेबापत आईएनजीओबाट उनले अथाह रकम लिइरहेको उनले आरोप लगाए ।
शर्माले साँच्चै विपन्नलाई निःशुल्क उपचार गर्ने भए मोरङको क्षेत्र नम्बर ३ बाहेकका बिरामीलाई निःशुल्क उपचार गरेर देखाउन पोखरेलले शर्मालाई चुनौती दिए ।

चुनाव जितेर गएमा शर्मा स्वास्थ्य मन्त्री बन्ने र त्यसपछि उनले निजी मेडिकल कलेजको पक्षमा वकालत गर्न थाल्ने र त्यसरी नै नीति बनाउने हुनाले सरकारी अस्पतालको दुर्दशा हुने उनले औँल्याए । गरीब जनताको हितमा शर्माले काम गर्ने वाचा गरेमा आफूले आफ्नो उम्मेद्वारी फिर्ता लिएर शर्मालाई जिताउन लागिपर्ने उनले जनाए ।
ढकाललाई यस क्षेत्रको माया नै छैन
नेकपा एमालेबाट उम्मेद्वार बनेका पूर्व स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई यस क्षेत्रको माया नै नभएको पोखरेलले आरोप लगाए । ‘उहाँको यहाँ न कुनै साथीभाइ छन् न उहाँ यहाँको बासिन्दा, न उहाँले यहाँको कलेज पढ्नुभएको, न यहाँको भूगोल उहाँले चिन्नुभएको छ,’ पोखरेलले भने, ‘न हिजो जितेर गएपछि यहाँका जनताले देखिने गरी कुनै काम गर्नुभयो ।’
स्वास्थ्यमन्त्री हुँदा उनले १ अर्ब २४ करोड रुपैयाँ अनियमितता गरेको भनी महालेखाले उनलाई आरोप लगायो । त्यसमा क्लिन चिट नपाइकन ढकाल उम्मेद्वार भएकाले उनलाई मत दिएर लज्जित नहुन उनले अनुरोध गरे । ढकालले इमान्दारितापूर्वक काम नगर्नले नै यस पटक मोरङको क्षेत्र नम्बर ३ मा धेरै जनाले स्वतन्त्र उम्मेद्वारी दिएको उनको भनाइ थियो ।
सिने क्षेत्रमा सफल भए पनि राजनीतिका लागि अनुपयुक्त पात्र थापा
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेद्वार भएकी रेखा थापाको जन्म यहाँ भए पनि र बाल्यकाल यतै बिते पनि त्यसपछि उनी यहाँको लागि पराइ भएको पोखरेलले आरोप लगाए । सिने क्षेत्रमा सफल भएपछि गृहनगर नटेक्ने थापाले यहाँको भूगोल नै नचिनेको हुनाले राजनीतिमा सफल नहुने उनले बताए ।
हालसम्म जितेर जाने नेताहरुले नातावाद र कृपावादलाई प्रश्रय दिँदा जनमतको कदर हुन नसकेको तथा मतदाताका आकाङ्क्षा पूरा हुन नसकेको उनको भनाइ थियो । जताततै भ्रष्टाचार व्याप्त भएको, लुटतन्त्र मच्चाइरहेको देखेपछि आफूले उम्मेद्वारी दिएको उनले जनाएका छन् ।
पोखरेलका प्रतिबद्धता
सामुदायिक विद्यालयहरुको पठनपाठनलाई चुस्त बनाउन र सडकको दुरावस्थाको अन्त्य गरी अन्तर्राष्ट्रिय मापदण्डको बनाउन लागिपर्ने उनले उद्घोष गरेका छन् ।
एमसीसी बाहेकका सबै सन्धि सम्झौता गोप्य रुपमा हुने गरेकोमा त्यसको अन्त्य गराउन र दुव्र्यसनी रोक्न आफूले उम्मेद्वारी दिएको उनको भनाइ छ । युवालाई प्रविधिमा दक्ष बनाउन र आफ्नै क्षेत्रमा घरेलु उद्योग सञ्चालन गरी रोजगारी दिलाउन आफूले पहल गर्ने उनले प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन् ।
सिँचाइ, तटबन्ध र खानेपानीको समस्या हल गर्न, एक घर एक टनेलको व्यवस्था गरी तरकारी उत्पादन गर्न, सामुदायिक वनमा हुने राजनीतिको अन्त्य गर्न आफू सधैँ प्रतिबद्ध हुने उनले जनाएका छन् ।

Facebook Comment
Banner
कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए
नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।
निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।
यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।
पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।
१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login