शिक्षा / स्वास्थ्य
प्रहरी दिवसको अवसरमा रक्तदान

विराटनगरः ६७ औँ प्रहरी दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी मोरङको सहयोग तथा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सुदीप गिरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर, १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र, १ नम्बर प्रदेश ट्राफिक व्यवस्थापन तथा राजमार्ग सुरक्षा कार्यालय ईटहरी, १ नम्बर प्रदेश सशस्त्र प्रहरी गण, १ नम्बर प्रदेश विशेष सुरक्षा गण दुहबी र जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत ४१ जना प्रहरी अधिकृत तथा जवानहरुले रक्तदान गरेका थिए ।
१ नम्बर प्रदेश अन्तर्गत रहेका जिल्ला प्रहरी कार्यालयहरुले समेत आ–आफ्नो जिल्लामा रक्तदान कार्यक्रमको आयोजना गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
Facebook Comment
Banner
विमानस्थलमा युवकमाथि दुर्व्यवहार गर्ने तीन प्रहरीलाई कारबाही

३ वैशाख, काठमाडौं । वैदेशिक रोजगारीबाट बिदामा फर्किएका युवामाथि दुर्व्यवहार गर्ने तीन जना प्रहरीलाई कारबाही गरिएको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शेखर खनालका अनुसार सो कार्यमा संलग्न तीन जनालाई विमानस्थल सुरक्षाबाट हटाइएको हो ।
साथै, उनीहरूलाई काठमाडौं उपत्यका प्रहरी कार्यालयमा झिकाएर छानबिन तथा अनुसन्धान भइरहेको एसएसपी खनालले बताए ।
दूबईबाट ३१ चैतमा काठमाडौं आएका मोरङका सञ्जय ओझा विमानस्थलको अध्यागमन र भन्सार जाँच पार गरिसकेपछि दुर्व्यवहारमा परेका थिए ।
उनले ‘प्रहरीको व्यवहार’ भन्दै सामाजिक सञ्जाल टिकटकमा भिडियो राखेका थिए ।
ओझाका अनुसार, १० दिनको बिदामा काठमाडौं आएर विमानस्थलबाहिर निस्किँदै गर्दा एक जनाले उनलाई ट्रली बाहिर ल्याएको विषयमा विवाद गरेका थिए ।
आफूलाई विमानस्थलकै कर्मचारी बताउने व्यक्तिले त्यस्तो व्यवहार गरेपछि उनले प्रहरीलाई बोलाएका थिए । तर, प्रहरीले उल्टै दुव्र्यवहार गरेको उनको गुनासो थियो ।
Banner
आईसीसी यू–१९ विश्वकप छनोट: नेपालको लगातार तेस्रो जित

काठमाडौं । नेपालले आईसीसी यू-१९ विश्वकप एसिया छनोटमा लगातार तेस्रो जित निकालेको छ । बुधबार भएको खेलमा नेपालले हङकङलाई सहजै ९ विकेटले हराएको हो ।
मुलपानी क्रिकेट मैदानमा हङकङले दिएको ११६ रनको सामान्य लक्ष्य नेपालले १२.३ ओभरमा १ विकेट मात्र गुमाएर पूरा गरकाे हाे । ओपनर साहिल पटेल ४२ तथा कप्तान नरेन भट्ट ३९ रनमा नटआउट रहे । त्यसअघि निरज यादवले २३ रन बनाए ।
सुरुवाती विकेट १० रनको योगफलमै गुमाएको हङकङका लागि माथुर र पन्जवानीले डिफेन्सिभ शटहरू खेल्दै अर्धशतकीय साझेदारी बनाए ।
नेपालका युवराज खत्रीले १० ओभरमा १८ रन मात्र दिएर ४ विकेट लिए । बिपिन प्रसाद शर्माले ६.२ ओभरमा २४ रन दिएर ३ विकेट लिए । सन्तोष यादवले २ तथा अशोक धामीले १ विकेट लिए ।
Banner
सडक ढाकेर शिक्षकहरुको प्रदर्शन, यातायात प्रभावित

३ वैशाख, काठमाडौं । शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक तथा कर्मचारीहरुले आज पनि काठमाडौंमा प्रदर्शन जारी राखेका छन् ।
उनीहरुको प्रदर्शनका कारण माइतीघर–बबरमहल सडकमा यातायात सेवा ठप्प छ । उनीहरुले पूरै सडक ढाकेर प्रदर्शन गरिरहेकाले यातायात सेवा प्रभावित भएको हो ।
प्रदर्शनमा सहभागीहरुले ‘शिक्षा ऐन जारी गर,’ ‘शिक्षा ऐन विरोधीहरु होसियार’ लगायतका नारा लगाएका छन् ।
शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक महासंघको नेतृत्वमा शिक्षक तथा कर्मचारीहरुले २० चैतदेखि काठमाडौंमा केन्द्रित आन्दोलन गरिरहेका छन् ।
मंगलबार बेलुका बसेको मन्त्रिपरिषद बैठकले शिक्षक कर्मचारीका माग पूरा गर्ने प्रतिबद्धता जनाउँदै आन्दोलन त्यागेर विद्यालय फर्किन आग्रह गरेको थियो । साथै शिक्षकका माग समेत सम्बोधन गर्न भन्दै वैशाख १२ देखि संसदको बर्खे अधिवेशन आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय मन्त्रिपरिषद बैठकले गरेको थियो ।
तर सरकारबाट पटक–पटक उधारो आश्वासन पाउँदै आएको भन्दै शिक्षक महासंघले भने शिक्षा ऐन जारी नभएसम्म आन्दोलन नरोक्ने जनाएको छ । आन्दोलनको नेतृत्व गरिरहेको महासंघले आन्दोलन निर्णायक मोडमा पुगेको भन्दै थप शिक्षक कर्मचारीहरुलाई काठमाडौंमा केन्द्रित भएर आन्दोलन चर्काउन आह्वान गरेको छ ।
विद्यालयमा हड्ताल गरेर शिक्षक कर्मचारीहरु आन्दोलनमा उत्रिँदा सरकारी विद्यालयहरुमा नयाँ भर्ना अभियान रोकिएको छ । वार्षिक परीक्षाको नतिजा प्रकाशन, एसईईको उत्तरपुस्तिका परीक्षण लगायतका सम्पूर्ण शैक्षिक गतिविधि पनि प्रभावित भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा असार पहिलो साता सार्वजनिक गर्ने तयारी गरे पनि अहिलेसम्म उत्तरपुस्तिका परीक्षण सुरु नै नभएकाले नतिजा सार्वजनिक ढिलो हुने सम्भावना छ ।
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login