खेलकुद
नवौँ राष्ट्रिय खेलकुदः एनआरएनएले किन्यो प्रदेश १ का फुटबल खेलाडी
विराटचोकः विदेशमा बस्ने नेपाली वा कम्तीमा १ सय ८० दिन भिषा लगाएर विदेशमा बसेको नेपाली खेलाडीमात्रै एनआरएनएले आफ्नो टिममा सहभागी गराउनुपर्ने नियमविपरीत एनआरएनएले खेलाडी छनोट गरेको छ । पोखरामा भइरहेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतको फुटबल खेलमा एनआरएनएले प्रदेश नम्बर १ का खेलाडी किनेर खेलमा भाग लिँदै प्रदेश नम्बर १ लाई नै हराएको छ ।
प्रदेशका धेरै राष्ट्रिय फुटबल खेलाडी लिएर प्रदेश १ सँग नै भिडेपछि गैर आवासीय नेपाली संघको फुटबल टोली विवादमा परेको हो । बिहीबार पोखराको लामाटार स्थित गोस्तेघाटको खेलमैदानमा भएको पुरुष फुटबल प्रतियोगितामा प्रदेश १ का खेलाडी समावेश भएपछि प्रदेश १ को फुटबल टिमले विरोध जनाए पनि त्यसको सुनुवाइ भने भएको छैन ।
प्रशिक्षक सुरेन्द्र तामाङले गैर आवासीय नेपाली संघको फुटवल टोलीमा गैर आवासीय नेपालीहरु हुनुपर्नेमा सो नभएको र अधिकांश राष्ट्रिय टिमका खेलाडीहरु किनेर खेलाएको भन्दै विरोध जनाएका थिए । टिम व्यवस्थापक प्रकाश मल्लले पनि विरोध गरेका थिए ।
विवादपछि प्रतियोगितामै सहभागी नहुने बताएको प्रदेश १ ले प्रतियोगितामा भाग लिने तर प्रोटेस्टको उजुरी हाल्ने सहमति भएपछि खेल शुरु भएको थियो । प्रतियोगितामा प्रदेश नम्बर १ गैर आवासीय नेपालीसँग २–० ले पराजित भयो । एनआरएनएका लागि खेलको आठौँ मिनेनमा जर्सी नम्बर १४ का खेलाडी सन्जोग राईले पहिलो गोल गरेका थिए । जर्सी नम्बर २ का खेलाडी विमल घर्ती मगरले दोस्रो हाफको दशौँ मिनेमा थप १ गोल गरेका थिए ।
प्रदेश १ बाट राष्ट्रिय टिममा खेलिरहेका फुटबल खेलाडीहरु विमल घर्ती, अनन्त तामाङ, विशाल राई, पुजन उपरकोटी, सुजल श्रेष्ठ, सन्जोक राई र अशोक खवास एनआरएनएको टिमबाट खेलेका थिए ।
प्रदेश नम्बर १ ले प्रदेश छनोटका लागि आवेदन आव्हान गर्दा फर्म भरेका खेलाडीहरु पनि प्रदेश छनोटमा सहभागी नभई एनआरएनएको टिममा गएर खेलेको पाइएको बताइएको छ । खेलपछि प्रदेश १ ले अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा एनआरएनएको खेलाडीको विषयमा प्रोटेस्टको लागि निवेदन दिएको छ ।
Facebook Comment
Banner
गुराँस लघुवित्तको लाभांश घोषणा
गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड (GLBSL ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
लघुवित्तले हाल कायम चुक्ता पूँजीको ९.५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
असोज २ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।
Banner
डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु
इटहरी उपमहानगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा धनकुटा नगरपालिका–२ भिरगाउँका २९ अनिल राईको मृत्यु भएको छ ।
दुर्घटनामा मोटरसाइकलमा सवार सोही स्थानका २६ वर्षीय सन्दीप राई घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए।
विराट शिक्षण अस्पतालमा अनिलको मृत्यु भएको हो भने सोही अस्पतालमा सन्दीपको उपचार जारी छ । सडकमा राखिएका डिभाइडरमा द्रुत गतिको मोटरसाइकल ठोक्किएको हो ।
Banner
आज गणेशमान सिंहको २९औँ स्मृति दिवस मनाइँदै
विसं २०४६ मा प्रजातन्त्र पुन:स्थापनाका लागि भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २९औँ स्मृति दिवस आज नेपाली काँग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विविध कार्यक्रमका साथ मनाउँदै छन् ।
नेपाली राजनीतिमा त्याग र साहसको उदाहरण प्रस्तुत गरेका सिंह आन्दोलन सफल भएपछि राजा वीरेन्द्रले प्रधानमन्त्री हुन गरेको आग्रह अस्वीकार गर्दै आफ्ना समकक्षी कृष्णप्रसाद भट्टराईलाई प्रस्ताव गरेका थिए ।
विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्र पाटीमा जन्मिएका नेता सिंहको २०५४ साल असोज २ गते निधन भएको हो । उनले प्रजा परिषद्को सदस्य भई राणाशासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाएका थिए ।
विसं २००७ अघि भद्रगोल जेल फोरेर भाग्न सफल भएका सिंहले भारतमा पुगी अर्का नेता बिपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित गरे । उनले २००३ सालमा स्थापित नेपाली राष्ट्रिय काँग्रेसलाई नेतृत्व गरे ।
प्रजातन्त्र स्थापनाका लागि भएको २००७ सालको क्रान्तिका एक अगुवाका रूपमा उनले वीरगन्ज मोर्चामा सशस्त्र संघर्ष गरेका थिए ।
विसं २०१५ मा पहिलो निर्वाचन भएपछि बनेको सरकारमा वरिष्ठ मन्त्री भएका उनले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष सिंहदरबार र सुन्दरीजल बन्दीगृहमा कारावास जीवन बिताए ।
विसं २०२५ मा बिपीसँगै सुन्दरीजल बन्दी गृहबाट रिहा भएपछि प्रवासमा राजनीतिक सङ्गठन विस्तार गरे। विसं २०३३ मा बिपीसँगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्केर पञ्चायती व्यवस्थाविरुद्ध सक्रिय रहे ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner7 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login