खेलकुद
तेस्रो सुन्दरहरैंचा मेयर कप वडा स्तरीय फुटसल प्रतियोगिता कात्तिक ३ देखि ५ सम्म
विराटचोकः प्लानेट फुटसलको आयोजनामा कात्तिक ३ गतेदेखि ५ गतेसम्म सुन्दरहरैंचा मेयर कप वडा स्तरीय फुटसल प्रतियोगिताको तेस्रो संस्करण हुने भएको छ । आयोजकले आज पत्रकार सम्मेलन गरी प्रतियोगिताको बारेमा जानकारी दिएको हो ।
आयोजक संस्थाका सञ्चालक तथा पूर्वाञ्चल फुटसल व्यवसायी संघका सचिव समीर बस्नेतका अनुसार विजेता टिमले नगद ५१ हजार रुपैयाँका साथमा ट्रफी र प्रमाणपत्र पाउनेछ । त्यस्तै, उपविजेताले नगद २५ हजार, ट्रफी र प्रमाणपत्र, तेस्रो हुनेले नगद ५ हजारका साथमा ट्रफी र प्रमाणपत्र तथा सान्त्वना हुनेले ट्रफी र प्रमाणपत्र पाउने उनले जानकारी दिए । सर्वाेत्कृष्ट खेलाडीले १ हजार ५ सय रुपैयाँका साथमा ट्रफी र प्रमाणपत्र तथा सर्वाेत्कृष्ट गोलकिपर र उदीयमान खेलाडीले नगद १ हजार रुपैयाँका साथमा ट्रफी र प्रमाणपत्र पाउने भएका छन् ।
लिग कम नकआउटको आधारमा खेलाइने खेलका लागि कात्तिक १ गतेसम्ममा टिमले नाम दर्ता गराइसक्नुपर्ने र कात्तिक २ गते खेल तालिका सार्वजनिक गरिने भएको छ । प्रतियोगिताको कुल लागत २ लाख ९६ हजार रुपैयाँ हाराहारी हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।
सुन्दरहरैंचालाई कार्यथलो बनाएर जुनसुकै खेलको प्रवद्र्धनमा लाग्ने व्यक्तिलाई पनि सम्मान गरिने आयोजकले जनाएको छ ।
उद्घाटन खेल बिहान १० बजेदेखि शुरु हुने र बाँकी दिनका खेल दिउँसो २ बजेदेखि हुने आयोजकले जनाएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै सुन्दरहरैंचा नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १२ का अध्यक्ष रोशनप्रसाद ढकालले नगरले खेलकुद क्षेत्रको विकासमा सदैव सहयोग गर्ने बताए । नगरमा खेलकुद क्षेत्रको विकास गर्न चाँडै नै नगर खेलकुद विकास समिति गठन गरी नगरभित्रका खेललाई व्यवस्थित गर्नुका साथै नयाँ खेलाडी उत्पादनमा ध्यान दिइने उनको भनाइ थियो ।
फाइनल खेलपूर्व सुन्दरहरैंचा उद्योग वाणिज्य संघ र सुन्दरदुलारी उद्योग वाणिज्य संघ तथा सुन्दरहरैंचा नगरपालिका र बेलबारी नगरपालिकाबीच मैत्रीपूर्ण फुटसल खेलाइने आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलनमा प्रदेश नम्बर १ का फुटसल प्रशिक्षक युवेन गुरुङ, एन्फा प्रदेश सदस्य दुर्गाबहादुर श्रेष्ठ, विराट चेस क्लबका अध्यक्ष खगेन्द्र थापाका साथै खेलाडी तथा खेलप्रेमीको उपस्थिति थियो ।
https://www.facebook.com/NispakshyaKhabarDotCom/videos/568215838439840
Facebook Comment
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
Banner
कांग्रेस उम्मेदवार चयन आजै टुंग्याइने : सभापति थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फका उम्मेदवारको नाम आजै टुंगो लाग्ने बताएका छन् । सोमबार बिहान फेसबुकमा भिडियो पोस्ट गर्दै भन्नुभएको छ, ‘हामी उम्मेदवार छनोटको अन्तिम चरणमा छौँ। समय र प्रक्रियागत बाध्यताबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको छ।’ उनले पार्टीको पक्षमा एक ढिक्का भएर उम्मेदवारी दर्ताको पक्षमा रहेको बताएका छन् । उनले उम्मेदवार छान्ने भन्दा सहमति गर्ने र सबै पक्षलाई समेट्ने प्रयास भइरहेको उल्लेख गरेका छन् । उनले पार्टी एकताको अभियानमा जुट्न सबैलाई अनुरोधसमेत गरेका छन् । भोलि सबैजना आ–आफ्नो क्षेत्रमा गएर पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा एकढिक्का भएर लागौँ । यो व्यक्तिगत होइन, पार्टीको साझा अभियान हो।’समयको चापका बीच पार्टीभित्र सन्तुलन मिलाउने प्रयास भइरहेको थापाले बताएका छन् । थापाले आन्तरिक विवाद छाडेर एक जुट भएर निर्वाचनको अभियानमा जुट्न सबै पक्षलाई अनुरोध गरेका छन् ।
Banner
निर्वाचन आचारसंहिता लागू
निर्वाचन आयोगले चुनावका लागि आचारसंहिता लागू गरेको छ । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य चुनाव र फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य चुनावका लागि आचारसंहिता लागू गरिएको आयोगले जनाएको छ ।
यो आचारसंहिता नेपाल सरकार र प्रदेश सरकारका मन्त्रीहरू, संवैधानिक निकायका पदाधिकारीहरू, स्थानीय कार्यपालिकाका सदस्यहरू, सङ्घ, प्रदेश र पालिका तहका कर्मचारीहरू, सुरक्षा निकाय, सरकारी तथा सार्वजनिक संस्थाका कार्यालय र कर्मचारीहरू, राजनीतिक दल तथा उम्मेदवारहरूमा लागू हुनेछ ।
साथै सार्वजनिक पद धारण गरेका व्यक्तिहरू, सञ्चार प्रतिष्ठान तथा सञ्चारकर्मीहरू, निजी तथा गैरसरकारी संस्था, विद्यालय, महाविद्यालय वा विश्वविद्यालयका शिक्षक तथा कर्मचारीहरू, मतदाताहरू, विकास साझेदार संस्थाहरू, निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी संस्थाहरू लगायत आयोगले तोकेका अन्य निकाय र व्यक्तिहरूमा पनि यो आचारसंहिता लागू हुने आयोगले जनाएको छ ।
आयोगले आचारसंहिताको पूर्ण कार्यान्वयन र पालनाका लागि सबैको सहयोगको अपेक्षा गरेको छ ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login