खेलकुद
तेस्रो सुन्दरहरैंचा मेयर कप वडा स्तरीय फुटसल प्रतियोगिता कात्तिक ३ देखि ५ सम्म
विराटचोकः प्लानेट फुटसलको आयोजनामा कात्तिक ३ गतेदेखि ५ गतेसम्म सुन्दरहरैंचा मेयर कप वडा स्तरीय फुटसल प्रतियोगिताको तेस्रो संस्करण हुने भएको छ । आयोजकले आज पत्रकार सम्मेलन गरी प्रतियोगिताको बारेमा जानकारी दिएको हो ।
आयोजक संस्थाका सञ्चालक तथा पूर्वाञ्चल फुटसल व्यवसायी संघका सचिव समीर बस्नेतका अनुसार विजेता टिमले नगद ५१ हजार रुपैयाँका साथमा ट्रफी र प्रमाणपत्र पाउनेछ । त्यस्तै, उपविजेताले नगद २५ हजार, ट्रफी र प्रमाणपत्र, तेस्रो हुनेले नगद ५ हजारका साथमा ट्रफी र प्रमाणपत्र तथा सान्त्वना हुनेले ट्रफी र प्रमाणपत्र पाउने उनले जानकारी दिए । सर्वाेत्कृष्ट खेलाडीले १ हजार ५ सय रुपैयाँका साथमा ट्रफी र प्रमाणपत्र तथा सर्वाेत्कृष्ट गोलकिपर र उदीयमान खेलाडीले नगद १ हजार रुपैयाँका साथमा ट्रफी र प्रमाणपत्र पाउने भएका छन् ।
लिग कम नकआउटको आधारमा खेलाइने खेलका लागि कात्तिक १ गतेसम्ममा टिमले नाम दर्ता गराइसक्नुपर्ने र कात्तिक २ गते खेल तालिका सार्वजनिक गरिने भएको छ । प्रतियोगिताको कुल लागत २ लाख ९६ हजार रुपैयाँ हाराहारी हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।
सुन्दरहरैंचालाई कार्यथलो बनाएर जुनसुकै खेलको प्रवद्र्धनमा लाग्ने व्यक्तिलाई पनि सम्मान गरिने आयोजकले जनाएको छ ।
उद्घाटन खेल बिहान १० बजेदेखि शुरु हुने र बाँकी दिनका खेल दिउँसो २ बजेदेखि हुने आयोजकले जनाएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै सुन्दरहरैंचा नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १२ का अध्यक्ष रोशनप्रसाद ढकालले नगरले खेलकुद क्षेत्रको विकासमा सदैव सहयोग गर्ने बताए । नगरमा खेलकुद क्षेत्रको विकास गर्न चाँडै नै नगर खेलकुद विकास समिति गठन गरी नगरभित्रका खेललाई व्यवस्थित गर्नुका साथै नयाँ खेलाडी उत्पादनमा ध्यान दिइने उनको भनाइ थियो ।
फाइनल खेलपूर्व सुन्दरहरैंचा उद्योग वाणिज्य संघ र सुन्दरदुलारी उद्योग वाणिज्य संघ तथा सुन्दरहरैंचा नगरपालिका र बेलबारी नगरपालिकाबीच मैत्रीपूर्ण फुटसल खेलाइने आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलनमा प्रदेश नम्बर १ का फुटसल प्रशिक्षक युवेन गुरुङ, एन्फा प्रदेश सदस्य दुर्गाबहादुर श्रेष्ठ, विराट चेस क्लबका अध्यक्ष खगेन्द्र थापाका साथै खेलाडी तथा खेलप्रेमीको उपस्थिति थियो ।
https://www.facebook.com/NispakshyaKhabarDotCom/videos/568215838439840
Facebook Comment
Banner
गुराँस लघुवित्तको लाभांश घोषणा
गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड (GLBSL ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
लघुवित्तले हाल कायम चुक्ता पूँजीको ९.५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
असोज २ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।
Banner
डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु
इटहरी उपमहानगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा धनकुटा नगरपालिका–२ भिरगाउँका २९ अनिल राईको मृत्यु भएको छ ।
दुर्घटनामा मोटरसाइकलमा सवार सोही स्थानका २६ वर्षीय सन्दीप राई घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए।
विराट शिक्षण अस्पतालमा अनिलको मृत्यु भएको हो भने सोही अस्पतालमा सन्दीपको उपचार जारी छ । सडकमा राखिएका डिभाइडरमा द्रुत गतिको मोटरसाइकल ठोक्किएको हो ।
Banner
आज गणेशमान सिंहको २९औँ स्मृति दिवस मनाइँदै
विसं २०४६ मा प्रजातन्त्र पुन:स्थापनाका लागि भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २९औँ स्मृति दिवस आज नेपाली काँग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विविध कार्यक्रमका साथ मनाउँदै छन् ।
नेपाली राजनीतिमा त्याग र साहसको उदाहरण प्रस्तुत गरेका सिंह आन्दोलन सफल भएपछि राजा वीरेन्द्रले प्रधानमन्त्री हुन गरेको आग्रह अस्वीकार गर्दै आफ्ना समकक्षी कृष्णप्रसाद भट्टराईलाई प्रस्ताव गरेका थिए ।
विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्र पाटीमा जन्मिएका नेता सिंहको २०५४ साल असोज २ गते निधन भएको हो । उनले प्रजा परिषद्को सदस्य भई राणाशासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाएका थिए ।
विसं २००७ अघि भद्रगोल जेल फोरेर भाग्न सफल भएका सिंहले भारतमा पुगी अर्का नेता बिपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित गरे । उनले २००३ सालमा स्थापित नेपाली राष्ट्रिय काँग्रेसलाई नेतृत्व गरे ।
प्रजातन्त्र स्थापनाका लागि भएको २००७ सालको क्रान्तिका एक अगुवाका रूपमा उनले वीरगन्ज मोर्चामा सशस्त्र संघर्ष गरेका थिए ।
विसं २०१५ मा पहिलो निर्वाचन भएपछि बनेको सरकारमा वरिष्ठ मन्त्री भएका उनले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष सिंहदरबार र सुन्दरीजल बन्दीगृहमा कारावास जीवन बिताए ।
विसं २०२५ मा बिपीसँगै सुन्दरीजल बन्दी गृहबाट रिहा भएपछि प्रवासमा राजनीतिक सङ्गठन विस्तार गरे। विसं २०३३ मा बिपीसँगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्केर पञ्चायती व्यवस्थाविरुद्ध सक्रिय रहे ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner7 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login