खेलकुद
फेन्सिङमा प्रदेश १ ले पायो ३ कास्य
पोखराः नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको फेन्सिङ प्रतियोगितामा प्रदेश १ ले तीन कास्यमा चित्त बुझाएको छ । तीन वटै इभेन्टमा प्रदेश १ ले कास्य पदक जितेको हो ।
पोखरा रंगशालास्थित ब्याडमिन्टन कभर्ड हलमा असोज २४ गतेदेखि भएको फेन्सिङको इपि इभेन्टमा महिलातर्फ प्रदेश १ ले कास्य पदक जितेको हो । फोयल इभेन्टतर्फ पुरुषमा र सेभर इभेन्टमा महिला टोलीले कास्य पदक जितेका हुन् ।
इपि इभेन्टमा प्रदेश १ ले बागमती प्रदेशलाई हराउँदै कास्य पदक जितेको हो । अन्य दुई इभेन्टमा भने बाइ मार्फत कास्य पदक हात पारेका हुन् । पदक विजेता खेलाडीलाई प्रदेश १ खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेले मेडल प्रदान गरेका थिए ।
इपि इभेन्टमा इन्दिरा राई, प्रमिला विश्वकर्मा, मखमली खड्का र तुलसाकुमारी चौधरीको टिमले पदक जितेको हो । सेभर इभेन्ट तर्फ दिलकुमारी श्रेष्ठ, सुशीला चौधरी, सञ्जीवनी चौधरी र यशोदा चौधरी तथा फोयल इभेन्टमा भुवन मल्लिक, राजेश श्रेष्ठ, करण विक र राजन भण्डारीले पदक दिलाएका हुन् । उनीहरुमध्ये यशोदा, दिलकुमारी र भुवन बाहेक सबै खेलाडीले पहिलो पटक राष्ट्रिय प्रतियोगितामा भाग लिएका थिए ।
Facebook Comment
Banner
नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका चिकित्सक, कर्मचारी, विद्यार्थीहरुले रक्तदान गरे
Banner
नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिल बिरटनगरको प्राबिधिक सहयोग र सुनसरी जिल्लाको बराहाक्षेत्र नगरपालिकाको आयोजनामा महेन्द्र मा. बि., भरौल, वार्ड –३ मा एक दिवसिय निःशुल्क स्वास्थ्य सिविरको आयोजना गरियो ।
Banner
नोबेलको निःशुल्क आँखा शिविरमा आँखा पाकेका बिरामीको भीड
आँखा पाक्ने समस्या बढिरहेका बेला विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले बुधबार मोरङको पथरीशनिश्चरे–४ सिरिसेडाँडामा निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ ।
पथरीशनिश्चरे ४ नं. वडा कार्यालयसँग सहकार्य गरेर एक दिने शिविर आयोजना गरिएको हो । शिविरमा २ सय ६० जना बिरामीको निःशुल्क आँखा जाँच गरी औषधि प्रदान गरिएको नोबेल शिक्षण अस्पतालका मार्केटिङ अफिसर नविन दाहालले जानकारी दिए ।
शिविरमा आएका बिरामीहरूलाई नोबेल अस्पतालको आँखा विभागका डाक्टरहरूको टोलीले परीक्षण गरेको थियो ।
सिरिसेडाँडास्थित आधारभूत स्वास्थ्य केन्द्रमा आयोजना गरिएको शिविरमा आँखा पाकेका बिरामीहरू गाउँ–गाउँबाट आएका थिए ।
गाउँमा आँखा पाक्ने रोग फैलिँदै गएकाले रोकथामका लागि शिविर सञ्चालन गरिएको नोबेल शिक्षण अस्पतालले जनाएको छ ।
-
अर्थ4 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद4 years ago
रंगशालाको अवलोकन
-
मुख्य4 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ4 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य4 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य4 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner4 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login