शिक्षा / स्वास्थ्य
बीपी प्रतिष्ठान धरानको सहायक डीनमा डा. धनकेशर खड्का नियुक्त
धरानः बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सहायक डीन पदमा डा. धनकेशर खड्का नियुक्त भएका छन् । उनी चर्म तथा यौन रोग विभागका एसोसिएट प्रोफेसर हुन् ।
उनलाई उपकुलपति डा. ज्ञानेन्द्र गिरीले २ वर्षका लागि सो पदमा नियुक्त गरेका हुन् । डा. भावेश कोइरालाको कार्यकाल भदौ १८ गते सकिएपछि सो पद रिक्त रहेको थियो ।
डा. खड्काले नेपालगन्ज मेडिकल कलेजबाट एमबीबीएस तथा प्रतिष्ठानबाट चर्म तथा यौन रोग विषयमा एम.डी उत्तीर्ण गरेका छन् । इटहरी–१९ तरहराका बासिन्दा उनी सन् २०१२ मा प्रतिष्ठानमा प्रवेश गरेका थिए ।
Facebook Comment
Banner
शल्यक्रिया नगरी मुटुको प्वाल टाल्ने प्रविधिले बिरामीलाई सहजता, के हो ए. एस. डी. क्लोजर प्रविधि ?
मोरङ । लेटाङका एक जना २३ वर्षका युवकको मुटुको प्वाल नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलमा विना शल्यक्रिया टालिएको छ । लेटाङ निवासी अमिस मगरको विना शल्यक्रिया नोबेलका मुटुरोग विशेषज्ञ प्रा. डा. राजेश नेपाल नेतृत्वको चिकित्सा टोलीले ए. एस. डी. क्लोजर प्रविधिबाट मुटुको जन्म जात प्वाल टालेको हो ।
Banner
हाइड्रोजन र पेट्रोल–डिजल दुवै प्रकारका इन्धनबाट चल्ने इन्जिन नेपालमै विकास गरेर गाडी गुडाउने तयारी अन्तिम चरणमा पुगेको छ ।
हाइड्रोजन र पेट्रोल–डिजल दुवै प्रकारका इन्धनबाट चल्ने इन्जिन नेपालमै विकास गरेर गाडी गुडाउने तयारी अन्तिम चरणमा पुगेको छ । यदि यसले व्यवसायिक रुप पाएमा गाडी धनीहरुलाई पेट्रोल/डिजल र हाइड्रोजन दुवै प्रकारको ऊर्जा प्रयोग गर्न मिल्ने विकल्प हुने छ ।
पेट्रोल–डिजल प्रयोग गरेर तपाईंले चलाइरहेको गाडी हाइड्रोजनबाट पनि चल्ने होस् भन्ने चाहनु भएको छ ? यदि छ भने तपाईंका लागि खुसीको खबर छ । नेपालमा डिजल–पेट्रोलबाट चल्ने गाडीमै हाइड्रोजन पनि प्रयोग गर्न मिल्ने गरी इन्जिनको विकास गर्ने काम अन्तिम चरणमा पुगेको छ ।
हाइब्रिड खालको इन्जिन विकासका लागि रिन्यु जेन रिसोर्सेस नेपालले बेलायतको एक विश्वविद्यालय र नेपालको इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकसँग समझदारी पत्रमा हस्ताक्षर गरेर काम गरिरहेको छ । सो समझदारी अनुसार पेट्रोल–डिजलबाट चलिरहेको गाडीको इन्जिनलाई सामान्य परिमार्जन गरी हाइड्रोजनबाट पनि चलाउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
Banner
सार्वजनिक ठाउँमा चल्ने निःशुल्क अर्थात् फ्रि–चल्ने वाईफाईबाट बैंकिङ कारोबार नगर्नुहोला।
-
अर्थ4 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद4 years ago
रंगशालाको अवलोकन
-
मुख्य4 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ4 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य4 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य4 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner4 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login