Connect with us
Advertisement

सिरहाको गोलबजारका युवाको विराटनगरको होटलमा हत्या

Published

on

विराटनगरः सिरहाको गोलबजार घर भएका १८ वर्षीय अंशु सदाको विराटनगर बसपार्कको न्यू अप्सरा गेष्ट हाउसको कोठा नम्बर १ मा हत्या भएको छ ।

उनलाई अपहरणकारीले असोज २३ गतेदेखि सो गेष्ट हाउसमा राखेका थिए । १ लाख रुपैयाँ फिरौती नदिँदा उनको हत्या भएको बुझिएको प्रहरीले जनाएको छ ।

हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाका विष्णु मण्डल, राजेश ठाकुर र विराटनगरका मनोज कार्की रहेका छन् ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

विश्वासको मत लिँदै मधेशका मुख्यमन्त्री यादव

Published

on

मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिँदै छन्।

मधेश प्रदेशसभा सचिवालयका निमित्त सचिव अरुणकुमार झाले आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीबाट विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव पेश गर्ने कार्यसूची रहेको जानकारी दिए। केन्द्रमा सत्तासमीकरण फेरिएसँगै तत्कालीन सत्तासाझेदार दल नेपाली कांग्रेसले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन्।

उनले मुख्यमन्त्री नियुक्त भएयता यो चौथोपटक लिन लागेको विश्वासको मत हो। सरकारमा रहेका दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ।

जनता समाजवादी पार्टी (जसपा) प्रदेश संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री यादवलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीको समर्थन रहेको छ।

१०७ सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि ५४ सदस्यको समर्थन चाहिन्छ। हाल सत्तागठबन्धन एक ठाउँमा रहे मुख्यमन्त्री यादवको पक्षमा स्पष्ट बहुमत छ।

Continue Reading

Banner

सेवा अवधि बाँकी हुँदै घर जाँदै प्रहरीका उच्च अधिकृतहरु

Published

on

सेवा अवधि बाँकी छँदै प्रहरीका उच्च अधिकारीहरु उमेर हदका कारण अनिवार्य अवकाशमा जाँदैछन् । प्रहरी नियमावली २०७१ अनुसार प्रहरी कर्मचारीको सेवा अवधि ३० वर्ष रहे पनि त्यसअगावै उमेर हदका कारण केही उच्च प्रहरी अधिकारीहरु अनिवार्य अवकाशमा जान लागेका हुन् ।

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सन्दीप भण्डारी भोलि ५ वैशाख अनिवार्य अवकाशमा जाँदैछन् । डीआईजी र एआईजीको उमेर हद ५६ वर्ष रहेका कारण उनी ५ वैशाखबाट उमेर हदका कारण अनिवार्य अवकाशमा जान लागेका हुन् ।

Continue Reading

Banner

सुनको भाउमा फेरि नयाँ रेकर्ड, ताेलाको १ लाख ३९ हजार २ सय रुपैयाँ पुग्यो

Published

on

सुनको भाउले फेरि नयाँ रेकर्ड बनाएको छ । वर्ष २०८० को अन्तिम दिन तोलामा दुई हजार चार सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ३९ हजार पुगेकोमा आज एकैदिन तोलामा एक हजार सात सय रुपैयाँले बढेर एक लाख ३९ हजार दुई सय रुपैयाँ पुगेको छ ।

यो अहिलेसम्मकै उच्च भाउ हो । हिजो सुनको भाउ तोलाको एक लाख ३७ हजार पाँच सय रुपैयाँ थियो ।

यस्तै आज चाँदी पनि तोलामा ३५ रुपैयाँले बढेर एक हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक