Connect with us
Advertisement

नवौं राष्ट्रिय खेलकुदः बक्सिङमा ११ स्वर्णसहित आर्मी च्याम्पियन

Published

on

पोखराः नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत भएको बक्सिङ प्रतियोगितामा त्रिभुवन आर्मी क्लव ११ स्वर्ण सहित च्याम्पियन बन्न सफल भएको छ ।

एपिएफले ४, बागमतीले ३, एनआरएनले २, गण्डकी प्रदेश, प्रदेश नं. १ र नेपाल पुलिसले समान १–१ स्वर्ण जितेका छन् ।

प्रतियोगिताअन्तर्गत ४८ केजी तौल समूहमा आर्मीका सुशील थापाले स्वर्ण पदक जिते । उनले वागमती प्रदेशका रबिन थापालाई ५–० ले हराउँदै स्वर्ण पदक जितेका हुन् । स्वर्ण पदकमा चुकेका रवीनले रजत पदक जित्दा एपीएफका आश तामाङ र लुम्बिनी प्रदेशका सुरज ओलीले कास्य पदक जिते ।

५१ केजी तौल समूहमा नेपाल पुलिस क्लवका चन्द्रबहादुर थापाले स्वर्ण पदक जिते । उनले एपीएफ क्लबका प्रदीप महर्जनलाई ३–२ ले पराजित गर्दै स्वर्ण जितेका हुन् । पराजित प्रदीपले रजत पदक जित्दा वागमतीका लालप्रसाद उप्रेती र आर्मीका सुवास तामाङले कास्य पदक जिते ।

५४ केजी तौल समूहमा आर्मीका प्रेम चौधरीले स्वर्ण पदक जिते । उनले प्रदेश–१ का आङपेम्वा शेर्पालाई ५–० ले पराजित गर्दै स्वर्ण जितेका हुन् । आङपेम्वाले रजत पदक प्राप्त गर्दा गण्डकी प्रदेशका पूर्णबहादुर गुरुङ र वागमतीका मदनकृष्ण डंगोलले कास्यमा चित्त बुझाए ।

५७ केजी तौल समूहमा गैरआवासीय नेपाली संघ (एनआरएनए) का शिबु थापाले स्वर्ण पदक जिते । उनले एपीएफका पुरण राईलाई ५–० ले पराजित गर्दै स्वर्ण जितेका हुन् । पराजित पुरणले रजत पदक जित्दा गण्डकीका बुद्ध ग्याल्बो लामा र कर्णाली प्रदेशका प्रकाश शाहीले कास्य पदकमा चित्त बुझाए ।

६० केजी तौल समूहमा आर्मीका पुरन सुनुवारले स्वर्ण पदक जितेका छन् । उनले लुम्बिनी प्रदेशका अनिलकुमार पुनमगरलाई ४–१ ले हराउँदै स्वर्ण जितेका हुन् । लुम्बिनीका अनिलले रजत पदक जित्दा वागमतीका सुलभ माली र गण्डकीका निश्चल गुरुङले काश्य जिते ।

लाईट ६३ केजी तौल समूहमा वागमतीका मौसम रानामगरले स्वर्ण पदक जितेका छन् । उनले आर्मीका लालु आले मगरलाई पराजित गर्दै स्वर्ण जितेका हुन् । उपविजेता आलेले रजत पदक हात पार्दा गण्डकीका सफल घर्तीमगर र लुम्बिनीका नेत्रबहादुर थापाले कास्य पदक जिते ।

६७ केजी तौल समुहमा आर्मीका दानबहादुर दर्मालीले स्वर्ण जित्दा प्रदेश १ का अभिनया राईले रजत तथा दावा छिरिङ लामाले कास्य जिते । लाइट ७१ केजीमा एनआरएनका चन्द्रबहादुर तामाङले स्वर्ण, आर्मीका दिपेश लामा रजत र एपिएफका निश्चित विष्ट र सुदुर पश्चिम प्रदेशका श्याम बहादुर महतोले कास्य प्राप्त गरे ।

७५ केजी तौल समूहमा आर्मीका दीपक श्रेष्ठले स्वर्ण, लुम्बिनी प्रदेशका हेमराज रावतले रजत तथा प्रदेश नं. १ का प्रशान्त दाहाल र बागमती प्रदेशका विनिश राईले कास्य जिते ।

लाइट ८० केजीतर्फ आर्मीका महेन्द्र केसीले स्वर्ण, बागमतीका मोहन तामाङले रजत तथा प्रदेश १ का फुर्देनी शेपार्ल र सुदुर पश्चिम प्रदेशका राजसिंह औग्रीले कास्य हात पारे । ८६ केजी तौल समूहमा एपिएफका रविन नेपालीले स्वर्ण, बागमती प्रदेशका विजय बाटाले रजत तथा गण्डकी प्रदेशका किरण विक र लुम्बिनी प्रदेशका अमरबहादुर पालीले कास्य हात पारे

९२ केजी तौल समूहमा गण्डकीका दीपक सुनुवारले स्वर्ण, आर्मीका गणेश प्रधानले रजत तथा एपिएफका गोकुल गुरुङले कास्य हात पारे ।

९२ केजीभन्दा माथिको तौल समूहमा आर्मीका आशिष दवाडीले स्वर्ण, बागमती प्रदेशका उज्वल सिंह बस्नेतले रजत तथा लुम्बिनी प्रदेशका सुजन थापा मगर र सुदुर पश्चिम प्रदेशका सुरज ओझाले कास्य हात पारे ।

महिलातर्फ ४८ केजी तौल समूहमा वागमती प्रदेशकी सुष्मा तामाङले स्वर्ण जितिन् । उनले एपीएफकी नीता गोसाईंलाई पराजित गर्दै स्वर्ण जितेकी हुन् । नीताले रजत पदक प्राप्त गर्दा लुम्बिनीका जानकी थापामगर र आर्मीकी आरती बमजनले कास्य पदकमा चित्त बुझाए ।

महिलातर्फको ५० केजी तौल समूहमा पुलिसकी दिवाना शर्माले स्वर्ण पदक जितिन् । उनले वागमती प्रदेशकी अस्मिता दुवाललाई ५–० ले पराजित गर्दै स्वर्ण जितेकी हुन् । अस्मिताले रजत पदक प्राप्त गर्दा एपीएफकी ङङ्गा बुढामगर र गण्डकीकी सोनिया बरुवालले कास्य पदकमा चित्त बुझाए ।

५२ केजी तौल समूहमा आर्मीकी मीनू गुरुङले स्वर्ण पदक जितिन् । उनले वागमतीकी अञ्जली तेलीलाई ५–० ले पराजित गर्दै स्वर्ण जितेकी हुन् । अञ्जलीले रजत पदक प्राप्त गर्दा एपीएफकी सञ्जुमाया थिङ र लुम्बिनीकी माया केसीले कास्य पदक जिते ।

५४ केजी तौल समूहमा आर्मीकी वर्षा श्रेष्ठले स्वर्ण पदक जितेकी छिन् । उनले प्रदेश–१ की सुस्मिता राईलाई ५–० ले पराजित गर्दै स्वर्ण जितेकी हुन् । सुस्मिताले रजत पदक हात पार्दा पुलिसकी निशा तामाङ र सुदूर पश्चिम प्रदेशकी अनुजा तामाङले कास्यमा चित्त बुझाए ।

र ५७ केजी तौल समूहमा आर्मीकी चन्द्रकला थापाले स्वर्ण पदक जितिन् । उनले गण्डकीकी प्रियङ्का गुरुङलाई पराजित गर्दै स्वर्ण जितेकी हुन् । प्रियङ्काले रजत पदक प्राप्त गर्दा वागमतीकी हेमा राई र लुम्बिनीकी सुजनकुमारीले कास्यमा चित्त बुझाए ।

६० केजी तौल समूहमा एपिएफकी संगीता सुनारले स्वर्ण, आर्मीकी संगिता डंगोलले रजता तथा बागमती प्रदेशकी दिछेन शेर्पा र लुम्बिनी प्रदेशकी सुक्ष्याकुमारी कुमालले कास्य पदक जितिन् ।

६३ केजी तौल समूहमा आर्मीकी पुनम रुवालले स्वर्ण, सुदूर पश्चिम प्रदशकी संजिता चौधरीले रजत तथा एपिएफकी माया चौधरी र कर्णाली प्रदेशकी अस्मिता चन्दले कास्य जितिन् ।

६६ केजी तौल समूहमा एपिएफकी विनिता मगरले स्वर्ण, सुदूरपश्चिम प्रदेशकी सपना आदीले रजत तथा बागमती प्रदेशकी निश्मा गुरुङ र आर्मीर्की निरु गुरुङले कास्य हात पारिन् । ६९ केजी तौल समूहमा एपिएफकी सरस्वती राना मगरले स्वर्ण, आर्मीकी अनुपा चौधरीले रजत तथा बागमती प्रदेशकी स्मृति विश्वास र सुदूर पश्चिम प्रदेशकी प्रिया सुनारले कास्य प्राप्त गरिन् ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस

Published

on

सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।

बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।

सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।

Continue Reading

Banner

शिक्षकलाई सवारी किन्न ब्याज अनुदान

Published

on

शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।

प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।

त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।

सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।

Continue Reading

Banner

साउदी विमानस्थलमा हुथीको आक्रमण

Published

on

यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।

इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।

हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्‍याएको दाबी गरेका छन् ।

यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।

सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।

संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।

यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक