प्रतिनिधि सभा निर्वाचन २०७९
यी हुन् एमालेको घोषणापत्रमा समेटिएका २० ग्यारेन्टी
नेकपा एमालेले आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाका लागि घोषणापत्र सार्वजनिक गरेको छ । यी हुन् एमालेको घोषणापत्रमा समेटिएका २० ग्यारेन्टीः
१. समृद्धिका लागि नीतिगत र संरचनागत सुधार गर्ने,
२. राष्ट्रहित र नागरिक हितलाई सर्वोपरि राखी राज्य सञ्चालन गर्ने,
३. ‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ को नीति कार्यान्वयन गर्ने,
४. स्वदेशी उत्पादन र स्वदेशी उपभोगका लागि ‘मेक इन नेपाल’ अभियान सञ्चालन गर्ने,
५. आवासविहीनलाई सुरक्षित आवास र मर्यादित जीवन उपलब्ध गराउने,
६. सबैका लागि काम र नियमित कमाइको सुनिश्चितता गर्ने,
७. ‘पूर्ण साक्षर देश र उद्यमशील शिक्षित युवा’ को नीति कार्यान्वयन गर्ने,
८. ‘निरोगी नेपाल, सबल नागरिक’ नीति अघि बढाउने,
९. सबै परिवारलाई मासिक १० हजार लिटरसम्म पानी निःशुल्क उपलब्ध गराउने,
१०. वर्षायाममा मासिक ५० युनिट र हिउँदमा ३० युनिट विद्युत निःशुल्क उपलब्ध गराउने,
११. ‘खेतबारीमा पानी, दोब्बर हुन्छ उब्जनी’ को मान्यता अघि बढाउने,
१२. सडक पूर्वाधार र सुलभ सार्वजनिक यातायातको सुनिश्चितता गर्ने,
१३. ‘व्यवस्थित सहर, स्वच्छ र हरियाली बस्ती’ को अवधारणा कार्यान्वयन गर्ने,
१४. सरल, सहज सार्वजनिक सेवा’ को प्रबन्ध गर्ने,
१५. सामाजिक सुरक्षाको दायरा र सुविधा विस्तार गर्ने,
१६. सबै नागरिकमा वित्तीय पहुँच स्थापित गर्ने,
१७. ‘स्वस्थ महिनावारी, सुरक्षित मातृत्व’ को नीति कार्यान्वयन गर्ने,
१८. सस्तो, सहज र भरपर्दो सञ्चार सुविधाको प्रबन्ध गर्ने,
१९. ‘सभ्य समाज, मर्यादित नागरिक’ को नीति कार्यान्वयन गर्ने,
२०. प्रतिव्यक्ति आय दोब्बर गर्ने ।
Facebook Comment
Banner
दैनिक राशिफल: मंगलबार तपाईंको राशि के भन्छ
२०८३ साल जेठ २६ गते मंगलबार अधिक जेठ कृष्ण पक्षको नवमी तिथि। सन् २०२६ जुन ९ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष : दिन सामान्य छ । सानो कुराले व्यवहारमा झन्झट बढ्नेछ । सामाजिक क्षेत्रमा विवाद हुने जोखिम छ । सबै कुरा छोडेर परिवारको काममा केन्द्रित हुनु राम्रो हुन्छ । शिक्षामा भने प्रगति हुनेछ ।
वृष : दिन राम्रो छ । सोचेर गरेको लगानीबाट नाफा हुनेछ । स्वास्थ्यमा सुधारका लागि खानपानमा विशेष ध्यान दिनुपर्नेछ । साथीको सहयोगले तपाईंको काम बन्नेछ । सामाजिक सेवामा ध्यान दिएमा मन शान्त बन्नेछ ।
मिथुन : दिन धेरै राम्रो छ । नियमित कामबाट मन शान्त बन्नेछ । साथीभाइले सहयोग गर्नेछन् । व्यवहारिक पक्षमा सचेत बन्नु राम्रो हुनेछ । थोरै बोलेर धेरै काम गर्नुपर्ने समय छ । शिक्षामा गरेको मिहिनेतको फल मिल्नेछ ।
कर्कट : दिन राम्रो छ । तपाईंको बोलीको प्रभावले राम्रो काम बन्नेछ । मनमा कुरा नराख्नु राम्रो हुनेछ । प्राविधिक शिक्षामा गरेको प्रयासबाट प्रगति हुनेछ । उच्च पदका साथीसँगको भेटले मन हलुका हुनेछ ।
सिंह : दिन सामान्य छ । राजनीतिमा साथी खराब छन्। आफन्तले भन्दा साथीभाइले दुःखमा साथ दिनेछन् । रोगबाट मुक्त हुन खानपानमा विशेष ध्यान दिनुपर्ने दिन छ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ । प्रेममा सफलता मिल्नेछ ।
कन्या : संकटमा परिवारले साथ दिनेछन् । सञ्चित धन महत्त्वपूर्ण काममा उपयोग हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । लगानी भए व्यापारमा नाफा हुनेछ । सेवाका लागि राजनीतिमा थप मिहिनेत गर्नुपर्ने दिन छ ।
तुला : शिक्षाको क्षेत्रमा प्रगति हुने दिन छ । साथीभाइको सहयोग प्राप्त हुनेछ । राजनीति संगठनमा सेवाको अवसर मिल्नेछ । परिवारको भावनालाई कदर गर्न नसक्दा खटपटी आउनसक्छ ।
वृश्चिक : हरेक क्षेत्रमा बाधा हुनसक्छ । राजनीतिक संगठनमा अरुले गरेको गल्तीको भारी तपाईंले बोक्नुपर्ने बाध्यता आइपर्न सक्छ । स्वदेशी लगानी भन्दा विदेशको लगानीबाट मन शान्त बन्नेछ । परिवारसँगको सम्बन्ध भने सुमधुर बन्नेछ ।
धनु : दिन राम्रो छ । धन आर्जन हुनेछ । महत्त्वपूर्ण कामका लागि स्वास्थ्यले साथ दिनेछ । बिहानै पिपलको दर्शन गरेमा दिन सहज बन्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्ने छ । शिक्षामा गरेको मिहिनेतको फल मिल्नेछ ।
मकर : दिन सामान्य छ । एकल निर्णय भन्दा साथीभाइको सहयोगले अगाडि बढ्नुपर्ने दिन छ । स्वदेशमा भन्दा विदेशमा तपाईंको नाम र दाम रहनेछ । साथीभाइसँग व्यवहार गर्दा सचेत बन्नुपर्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।
कुम्भ : दिन राम्रो छ । महत्त्वपूर्ण काम बन्नेछ । सामूहिक निर्णयमा अगाडि बढेमा फाइदा हुने योग छ। शिक्षामा प्रगति हुनेछ । गणेशको भजन सुन्न सकेमा दिन सहज बन्नेछ । हरेक काममा परिवारको साथ र सहयोग मिल्नेछ ।
मीन : सानो कुराले व्यवहारमा झन्झट आइपर्न सक्छ । लगानी गर्नु भन्दा पनि भएको सम्पत्ति जोगाउने प्रयास गर्नुपर्नेछ । परिवार र साथीभाइको साथ र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर हुनेछ । व्यापारमा गरेको मिहिनेतको फल मिल्नेछ ।
Banner
हङकङलाई हराउँदै नेपालले जित्यो एसियाड छनोटको उपाधि
एसियाली खेलकुद (एसियाड) छनोटको उपाधि नेपालले जितेको छ। सिंगापुरमा सम्पन्न वर्षाले प्रभावित फाइनलमा नेपालले हङकङलाई १९ रनले पराजित गर्दै उपाधि जितेको हो।
टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८८ रन बनाएको थियो। जवाफमा १ सय ८९ रनको लक्ष्य पछ्याएको नेपालले ११.३ ओभरमा २ विकेट गुमाएर १ सय १४ रन बनाउँदा वर्षाले खेल रोकिएपछि डिएल म्याथोडमा नेपाल १९ रनले विजयी भएको हो।
नेपालका लागि ओपनर कुशल भुर्तेलले ४० बलमा ८ चौका र ३ छक्काको सहयोगमा ६५ रन बनाए। त्यस्तै, रोहित पौडेलले ३५ रन बनाउँदा कप्तान दीपेन्द्र सिंह ऐरीले ९ रनको अविजित इनिङ्स खेले।
हङकङका लागि आयुश शुक्ला र एहसन खानले १-१ विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको हङकङका लागि अन्सुमान रथले ४५ बलमा ६ चौका र छक्काको सहयोगमा ८० रन बनाए। त्यस्तै, शिभ माथुरले २६ रन बनाउँदा साहिद वासिफले ५५ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए।
नेपालका लागि शेर मल्लले ४ विकेट लिँदा करण केसीले २ तथा सन्दीप लामिछानेले १ विकेट लिएका थिए।
Banner
दीपेन्द्रसिंह ऐरीले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा पूरा गरे १०० खेल
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा १०० खेल खेल्ने उपलब्धि हासिल गरेका छन्।
एसियन गेम्स पुरुष क्रिकेट छनोटअन्तर्गत सोमबार हङकङविरुद्ध भएको फाइनल खेलमा सहभागिता जनाएसँगै उनले यो कीर्तिमानी संख्या पूरा गरेका हुन्। उक्त खेलमा नेपालले टस जितेर पहिलो चरणमा बलिङ रोजेको थियो।
यस उपलब्धिसँगै दीपेन्द्र टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा शतकीय खेल संख्या पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन्। नेपाली खेलाडीहरूमध्ये सोमपाल कामीले हालसम्म ९१ तथा करण केसीले ९० टी-२० अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन्।
दीपेन्द्रले सन् २०१८ मा नेदरल्यान्ड्सविरुद्ध लर्ड्स मैदानमा भएको खेलमार्फत टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको प्रतिनिधित्व सुरु गरेका थिए। त्यसयता उनले ब्याटिङ र बलिङ दुवै क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएका छन्।
१०० खेलको यात्रासम्म आइपुग्दा उनले एक शतक र १२ अर्धशतकको मद्दतले २ हजार २ सय १३ रन जोडिसकेका छन्। साथै उनले ६२ विकेट पनि आफ्नो नाममा दर्ज गरेका छन्। हङकङविरुद्धको खेलको प्रदर्शन भने उक्त तथ्यांकमा समावेश हुन बाँकी छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को टी-२० अन्तर्राष्ट्रिय अलराउन्डर वरियतामा दीपेन्द्र हाल पाँचौँ स्थानमा रहेका छन्। यसअघि उनी उक्त वरियताको दोस्रो स्थानसम्म पुग्न सफल भएका थिए।
लामो समय राष्ट्रिय टोलीको उपकप्तानको जिम्मेवारी सम्हालेका दीपेन्द्रलाई केही समयअघि मात्र टी-२० अन्तर्राष्ट्रिय टोलीको कप्तानी सुम्पिएको थियो।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login