Connect with us
Advertisement

घुसखोरी र भ्रष्टाचारको खबरदारी, सुशासन र पारदर्शिताका लागि मेरो उम्मेद्वारीः किशोरचन्द्र दुलाल

Published

on

मंसिर ४ मा हुन प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको लागि तेह्रथुम जिल्ला प्रदेश क्षेत्र नम्बर (क) बाट प्रदेश सभा सदस्य पदका उम्मेद्वार किशोरचन्द्र दुलाल रहेका छन् । उनीसँग गरेको कुराकानी प्रस्तुत गरेका छौँ ।

चुनावको तयारी कसरी गर्दै हुनुहुन्छ ?

हामी दैनिक जनताको घरआँगनमा पुगेर आफ्ना एजेन्डा प्रस्तुत गरिरहेका छौँ । मतदाताहरु नेकपा एमाले र सूर्य चिह्नका उम्मेदवारप्रति सकारात्पक देखिएका छन् । अभियान जारी छ ।

यहाँको निर्वाचन क्षेत्र र समग्र जिल्लालाई समृद्ध बनाउने योजना के–के छन् ?

यो जिल्लालाई शान्ति, समृद्धि र समानताका आधारमा अघि बढाउने योजना छ । विकासको महत्वपूर्ण क्षेत्र पर्यटन भएकाले यसको विकास र विस्तारमा लाग्ने छु । तीनजुरे, मिल्के जलजले क्षेत्रको विकास गर्दै जाने र यस्ता क्षेत्रमा स्थानीय सरकारसँग समन्वय गरेर काम गर्ने प्रतिबद्धता जाहेर गरेको छु । योसँंगै विकास निर्माणमा हरेक पालिकाका वडासम्म जाने सडकलाई विस्तार गर्नेछु । यदि मतदाताले विजयी बनाउनुभयो भने यो कामलाई प्राथमिकता दिने छु ।

जताततै भ्रष्टाचारको विषयले प्रवेश पाएको छ । बहस हुने गरेको छ । तैपनि यो घटेको छैन यहाँले यो विषयमा के गर्नुहुन्छ के छन् योजना ?

हो, अहिले देशमा व्याप्त समस्याको रुपमा भ्रष्टाचार रहेको छ । यसका लागि मेरो एउटा नारा पनि छ र मेरो अर्जुनदृष्टि भनेको घुसखोरी र भ्रष्टाचारको खबरदारी, सुशासन र पारदर्शिताका लागि मेरो उम्मेद्वारी हो ।

म भ्रष्टाचार गर्दिनँ र गर्न दिन्नँ । समाजमा सुशासन र पारदर्शिता ल्याउन मेरो महत्वपूर्ण भूमिका रहन्छ । जिविसमा प्रमुख हुँदा मैले गरेका कामले यो विषयमा प्रमाणित नै भएको छ ।

तपाईँलाई नै किन भोट दिने ? तपाईँको मुख्य पाँच प्राथमिकता के के हुन् ?

अहिलेको परम्परा के रहेको छ भने जब चुनाव आउँछ तब देखा पर्ने र जनतालाई भ्रममा पार्ने अनि झुटको खेती गर्ने अवस्थाबाट राजनीति गुज्रेको छ । म अरु जस्तो अवसरवादी होइन ४० वर्षदेखि जिल्ला भन्दा माथिका कमिटीमा बसेर आम नागरिकका पक्षमा काम गरेको र तत्कालीन जिविस प्रमुख हँुदा गरेका कामका आधारमा एउटा निष्ठावान व्यक्तिलाई मतदाताले निर्वाचित गराएर पठाउने छन् भन्नेमा आशावादी छु । विकासको पक्षमा सधैँ उभिने भएकाले पनि भोट दिने छन् ।

सबैभन्दा पहिला यो मुलुकको दुर्गति हुन नदिनका लागि प्रतिबद्ध छु । हामीले ल्याएको संविधानको रक्षासँगै समाजवादको बाटोतर्फ जानका लागि आर्थिक विकासको लक्ष्य प्राप्ति गर्न ‘समृद्ध नेपाल, सुखि नेपाली’ अभियानलाई अघि बढाउने छु ।

आफूले जीत हासिल गर्ने आधारहरू चाहिँ के के देख्नुभएको छ ?

यो जिल्ला भनेको नेकपा एमालले जित्दै आएको क्षेत्र हो । नागरिकको जनजिब्रोको बोलीलाई हेर्दा यो लालकिल्ला पनि हो । यस अघि भएका निर्वाचनमा जित्दै आएकाले मेरो भनौँ या सूर्य चिह्नको जीत प्रायः निश्चित छ । हाम्रो जनसंगठन पनि राम्रो छ । यहाँका जनताको अपेक्षा अनि एमालेप्रति देखिएको जनलहरले जित्ने आधारहरु देखिएको छ । काम गरेका आधारले पनि मेरो जीत निश्चित छ ।

जनतामा जाँदा के कस्ता प्रतिक्रिया पाउनुभएको छ ?

आज पनि नागरिकहरुले विकास निर्माणलाई नियालिरहेको पाएको छु । शिक्षा र स्वास्थ्यका क्षेत्रमा आवाज उठाउने गरेका छन् । शिक्षाको गुणस्तर खस्किएको अवस्था भएकाले नागरिकमा यो चुनाव पछि बन्ने सरकारले केही गर्ला भन्ने विषयमा आशावादी भएको पाएको छु । शिक्षालयको भौतिक पूर्वाधारतर्फ व्याप्त समस्या छ । यो निर्माण गर्नतर्फ प्रतिबद्ध छु । व्यावसायिक शिक्षा स्थापना गर्न लागिपर्ने छु । स्वास्थ्य क्षेत्रमा पनि समस्या छ । यस विषयमा पनि लाग्ने छु । दलित उत्पीडितका क्षेत्रमा नीति निर्माणमा समेत मेरो प्रतिबद्धता रहनेछ र लाग्नेछु ।

नयाँ मतदाता वा युवा शक्तिले चाहिँ के खोजेका छन् ?
देश परिवर्तन गर्न मुख्य भूमिका युवाको रहँदै आएको छ । उनीहरुलाई सीपमूलक तालिम, श्रममा आधारित योजना ल्याएर व्यावसायिक बनाउनुपर्नेतर्फ ध्यानाकर्षण भएको छ । युवालाई सीपयुक्त बनाउन सीप प्रबलीकरण बनाउन लाग्ने छु । हरेक वडामा खेल मैदान बनाउन लाग्ने छु ।

सडक विस्तारका क्षेत्रमा कस्ता योजना बनाउनु भएको छ ?
मेरो लक्ष्य र योजना भनेको समृद्ध तेह्रथुम निर्माण गर्ने नै हो । हरेक पालिका देखि वडासम्म जाने सडकलाई स्तरोन्नति गर्ने र सडक नभएको ठाउँमा सडक बनाउने पहिलो प्रथमिकतामा राखेको छु । विभिन्न पालिकामा चक्रपथ निर्माण गर्न लाग्ने छु । अहिलेको सरकारले रोकेका विकास निर्माणका कार्यलाई अघि बढाउनेछु ।
खाने पानी सुख्खा ग्रस्त क्षेत्रमा लिफ्टिङ गर्नेतर्फ लाग्ने छु ।

कृषिमा लाग्ने धेरै परिवार छन् । साँझबिहान काम गर्दा पनि जीवन धान्न मुस्किल छ । दिनदिनै महङ्गीले सताएको छ कृषि क्षेत्रमा कस्ता योजना बनाउनुभएको छ ?
महङ्गीले हामीलाई पनि सताएकै हो । पछिल्लो सरकार परिवर्तन भएपछि यो अझ बढेर गएको छ । हामीले यो जिल्लामा कृषिलाई निर्वाहमुखी बनाउन मात्रै सीमित भएकाले यसलाई व्यावसायिक र आधुनिकीकरणसँंगै बजारीकरण बनाउन लाग्ने छु । महिलालक्षित सीप विकासका कार्यक्रम ल्याउने छु । यसमा संघ, प्रदेश र स्थानीय तहको समन्वयमा कामहरु गर्ने छु ।

प्रचुर सम्भावना भए पनि पर्यटन क्षेत्रको विकास किन नभएको हो ?
विकासको महत्वपूर्ण क्षेत्र भनेको पर्यटन हो । हाम्रो जिल्लाको तीनजुरे, मिल्के, जलजले क्षेत्रसम्म जाने सडकको स्तरोन्नति नहुँदा पर्यटकलाई त्यहाँसम्म पुग्न समस्या छ । यदि यहाँले निर्वाचित गरेमा म यसलाई प्राथमिकतामा राखेर विकास गर्दै जाने र यस्ता क्षेत्रमा स्थानीय सरकारसँग समन्वय गरेर लाग्ने छु । समाजमा रहेका सांस्कृतिक धरोहरलाई संरक्षण गर्ने र निर्माण गर्ने क्षेत्रमा समेत मेरो ध्यान जाने छ । विकास निर्माणसंगै सरसफाई, वातावरण संरक्षण गर्ने र हरेक पालिकाको केन्द्रमा ल्याण्डफिल्ड साइट निर्माण गर्ने कुरामा लाग्ने र यसमा समन्वयकारी भूमिका खेल्ने छु । अव्यवस्थित बसोबासी तथा सुकुम्बासी समस्या हटाउन पहल गर्नेछु ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

नेप्से उकालो लाग्दा उत्पादन समूहमा लगानीकर्ताको आकर्षण

Published

on

बिहीबार अर्थात साताको अन्तिम कारोबार दिन बजार बढेर बन्द भएको छ। यसदिन बजार ११.७७ अंकले बढेर बन्द भएको हो।

बिहीबार नेप्से परिसूचक ११.७७ अंक बढेर २६२९.८१ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.५५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.७९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५५ अंक बढेको छ।

यस दिन सूचक बढेतापनि कारोबार रकम भने घटेको छ। आजको बजारमा २७८ कम्पनीको एक करोड ७२ लाख ७० हजार ४४९ कित्ता शेयर पाँच अर्ब ४४ करोड ७३ लाख रुपैयाँ बराबरमा खरिदबिक्री भएको हो। अघिल्लो कारोबार दिन अर्थात बुधबार ६ अर्ब ३५ करोड ६६ लाख ११ हजार रुपैयाँबराबरको शेयर खरिद बिक्री भएको थियो।
बिहीबारको बजारमा नेपाल ल्यूब आयलको शेयर मूल्य सर्वाधिक बढेर कारोबार भएको छ। यसदिन नेपाल ल्यूब आयलको शेयर मूल्य १२.४७ प्रतिशतले बढेर कारोबार भएको छ। त्यसैगरी सोनापुर मिनरल्स, कुमारी सवल योजना र घोराही सिमेन्ट्को शेयर मूल्य ७ प्रतिशत भन्दा बढीले बढेर कारोबार भएको हो। त्यस्तै, आजको बजारमा मिड सोलु हाईड्रोपावर कम्पनीको शेयर मूल्य सर्वाधिक घटेर कारोबार भएको हो। यस कम्पनीको शेयर ११.५८ प्र्रतिशतले घटेरका शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३५ करोड ८१ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन हिमालयन डिष्टिलरीको ३५ कारोड १६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

यस दिन १३ वटा उपसमूह कारोबारमा आएका छन् । जसमध्येमा १२ उप परिसूचक बढेको छ भने निर्जीवन बीमा उपमूहको सूचक घटेको हो । बिहीबारको बजारमा उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.८३ प्रतिशतले बढेर कारोबार भएको हो। जीवन बीमा, बैकिङ, विकास बैंक, फाइनान्स, जलविद्युत, लगानी, लघुवित्त, अन्य र व्यापार उपसमूहको परिसूचक बढेर बन्द भएको छ।

Continue Reading

Banner

अमेरिकाले तीन करोड १० लाख डलर प्रदान गर्ने

Published

on

अमेरिकाले नेपाललाई तीन करोड १० लाख डलर प्रदान गर्ने भएको छ ।
संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालसँग राजनीतिक मामिलासम्बन्धी अमेरिकी उपविदेशमन्त्री एलिसन हुकरतले बुधबार भएको भेटमा उक्त जानकारी दिएका हुन् ।
उपविदेशमन्त्री हुकरतले बाढीपछिको पुनर्निर्माणका निम्ति एक करोड डलर प्रदान गर्ने योजना रहेको बताए । उनले बाढीबाट प्रभावित समुदायका लागि खानेपानी र सरसफाइका साथै आवास र जीविकोपार्जनका लागि ८० लाख डलर प्रदान गर्ने घोषणा गरे ।

Continue Reading

Banner

भारी वर्षाको सम्भावनापछि बिदामा पनि सम्पर्कमा रहन स्वास्थ्यकर्मीलाई निर्देशन

Published

on

सम्भावित भारीदेखि अति भारी वर्षाका कारण बाढी, पहिरो तथा डुबानलगायतका विपद्जन्य अवस्था सिर्जना हुन सक्ने भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतासहित पूर्व तयारी अवस्थामा रहन निर्देशन दिएको छ।

मौसम पूर्वानुमान महाशाखाबाट जारी सूचना तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त निर्देशनअनुसार मन्त्रालयले ८ गतेदेखि ११ गतेसम्म देशका विभिन्न भागमा हुन सक्ने भारीदेखि अति भारी वर्षालाई मध्यनजर गर्दै प्रदेशका स्वास्थ्य सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा विभाग, स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा संघीय अस्पतालहरूलाई सम्भावित जोखिम न्यूनीकरण र प्रभावकारी प्रतिकार्यका लागि आवश्यक व्यवस्था मिलाउन अनुरोध गरेको हो।

मन्त्रालयले सार्वजनिक बिदाका दिनमा समेत स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई आवश्यकता अनुसार सम्पर्कमा रहने र विपद्को अवस्था सिर्जना भए तत्काल परिचालन हुन सक्ने गरी आवश्यक पूर्व तयारी मिलाउन निर्देशन दिएको छ।

प्रदेशअन्तर्गतका स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालयलगायत सम्बन्धित निकायलाई स्थानीय तहसँग तत्काल समन्वय तथा सञ्चार कायम गरी स्वास्थ्य सेवा तथा विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन भनिएको छ। साथै, प्रदेश स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रलाई चौबीसै घण्टा सञ्चालनमा राखी सम्भावित विपद्को निरन्तर सूचना संकलन, समन्वय तथा प्रतिकार्य व्यवस्थापन गर्न निर्देशन दिइएको छ।

स्वास्थ्य सेवा विभागलाई आकस्मिक तथा नियमित स्वास्थ्य सेवा निरन्तर सञ्चालनका लागि आवश्यक जनशक्ति, औषधि तथा स्वास्थ्य सामग्रीको व्यवस्थापनसहित स्वास्थ्य संस्थाको तयारी अवस्था र आकस्मिक प्रतिकार्यसम्बन्धी योजना असोज ८ गतेभित्र मन्त्रालयमा पेश गर्न भनिएको छ।

सम्भावित जोखिमयुक्त जिल्लामा आवश्यक औषधि तथा स्वास्थ्य सामग्री, सर्पदंशविरुद्धको औषधि जीवनजल लगायत अत्यावश्यक सामग्री पर्याप्त मौज्दात राख्न र द्रुत प्रतिकार्य टोली लाई तयारी अवस्थामा राख्न पनि विभागलाई निर्देशन दिइएको छ।

त्यस्तै, प्रसूतिको सम्भावित मिति नजिक रहेका गर्भवती महिला तथा दीर्घ रोगीहरूलाई विपद्का कारण स्वास्थ्य सेवामा पहुँच प्रभावित हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै आवश्यकताअनुसार स्वास्थ्य संस्थाको नजिक वा सुरक्षित स्थानमा रहन तथा नियमित सेवन गर्नुपर्ने औषधि पर्याप्त मात्रामा साथमा राख्न अनुरोध गर्ने व्यवस्था मिलाउन भनिएको छ।

स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रलाई आकस्मिक स्वास्थ्य समस्या वा विपद्जन्य अवस्थाका कारण तत्काल स्वास्थ्य सेवा आवश्यक परेमा एम्बुलेन्स सेवा १०२ मा सम्पर्क गरी उपचारको व्यवस्था मिलाउन सहजीकरण गर्न निर्देशन दिइएको मन्त्रालयले जनाएको छ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक