प्रदेश सभा निर्वाचन २०७९
घुसखोरी र भ्रष्टाचारको खबरदारी, सुशासन र पारदर्शिताका लागि मेरो उम्मेद्वारीः किशोरचन्द्र दुलाल
मंसिर ४ मा हुन प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको लागि तेह्रथुम जिल्ला प्रदेश क्षेत्र नम्बर (क) बाट प्रदेश सभा सदस्य पदका उम्मेद्वार किशोरचन्द्र दुलाल रहेका छन् । उनीसँग गरेको कुराकानी प्रस्तुत गरेका छौँ ।
चुनावको तयारी कसरी गर्दै हुनुहुन्छ ?
हामी दैनिक जनताको घरआँगनमा पुगेर आफ्ना एजेन्डा प्रस्तुत गरिरहेका छौँ । मतदाताहरु नेकपा एमाले र सूर्य चिह्नका उम्मेदवारप्रति सकारात्पक देखिएका छन् । अभियान जारी छ ।
यहाँको निर्वाचन क्षेत्र र समग्र जिल्लालाई समृद्ध बनाउने योजना के–के छन् ?
यो जिल्लालाई शान्ति, समृद्धि र समानताका आधारमा अघि बढाउने योजना छ । विकासको महत्वपूर्ण क्षेत्र पर्यटन भएकाले यसको विकास र विस्तारमा लाग्ने छु । तीनजुरे, मिल्के जलजले क्षेत्रको विकास गर्दै जाने र यस्ता क्षेत्रमा स्थानीय सरकारसँग समन्वय गरेर काम गर्ने प्रतिबद्धता जाहेर गरेको छु । योसँंगै विकास निर्माणमा हरेक पालिकाका वडासम्म जाने सडकलाई विस्तार गर्नेछु । यदि मतदाताले विजयी बनाउनुभयो भने यो कामलाई प्राथमिकता दिने छु ।
जताततै भ्रष्टाचारको विषयले प्रवेश पाएको छ । बहस हुने गरेको छ । तैपनि यो घटेको छैन यहाँले यो विषयमा के गर्नुहुन्छ के छन् योजना ?
हो, अहिले देशमा व्याप्त समस्याको रुपमा भ्रष्टाचार रहेको छ । यसका लागि मेरो एउटा नारा पनि छ र मेरो अर्जुनदृष्टि भनेको घुसखोरी र भ्रष्टाचारको खबरदारी, सुशासन र पारदर्शिताका लागि मेरो उम्मेद्वारी हो ।
म भ्रष्टाचार गर्दिनँ र गर्न दिन्नँ । समाजमा सुशासन र पारदर्शिता ल्याउन मेरो महत्वपूर्ण भूमिका रहन्छ । जिविसमा प्रमुख हुँदा मैले गरेका कामले यो विषयमा प्रमाणित नै भएको छ ।
तपाईँलाई नै किन भोट दिने ? तपाईँको मुख्य पाँच प्राथमिकता के के हुन् ?
अहिलेको परम्परा के रहेको छ भने जब चुनाव आउँछ तब देखा पर्ने र जनतालाई भ्रममा पार्ने अनि झुटको खेती गर्ने अवस्थाबाट राजनीति गुज्रेको छ । म अरु जस्तो अवसरवादी होइन ४० वर्षदेखि जिल्ला भन्दा माथिका कमिटीमा बसेर आम नागरिकका पक्षमा काम गरेको र तत्कालीन जिविस प्रमुख हँुदा गरेका कामका आधारमा एउटा निष्ठावान व्यक्तिलाई मतदाताले निर्वाचित गराएर पठाउने छन् भन्नेमा आशावादी छु । विकासको पक्षमा सधैँ उभिने भएकाले पनि भोट दिने छन् ।
सबैभन्दा पहिला यो मुलुकको दुर्गति हुन नदिनका लागि प्रतिबद्ध छु । हामीले ल्याएको संविधानको रक्षासँगै समाजवादको बाटोतर्फ जानका लागि आर्थिक विकासको लक्ष्य प्राप्ति गर्न ‘समृद्ध नेपाल, सुखि नेपाली’ अभियानलाई अघि बढाउने छु ।
आफूले जीत हासिल गर्ने आधारहरू चाहिँ के के देख्नुभएको छ ?
यो जिल्ला भनेको नेकपा एमालले जित्दै आएको क्षेत्र हो । नागरिकको जनजिब्रोको बोलीलाई हेर्दा यो लालकिल्ला पनि हो । यस अघि भएका निर्वाचनमा जित्दै आएकाले मेरो भनौँ या सूर्य चिह्नको जीत प्रायः निश्चित छ । हाम्रो जनसंगठन पनि राम्रो छ । यहाँका जनताको अपेक्षा अनि एमालेप्रति देखिएको जनलहरले जित्ने आधारहरु देखिएको छ । काम गरेका आधारले पनि मेरो जीत निश्चित छ ।
जनतामा जाँदा के कस्ता प्रतिक्रिया पाउनुभएको छ ?
आज पनि नागरिकहरुले विकास निर्माणलाई नियालिरहेको पाएको छु । शिक्षा र स्वास्थ्यका क्षेत्रमा आवाज उठाउने गरेका छन् । शिक्षाको गुणस्तर खस्किएको अवस्था भएकाले नागरिकमा यो चुनाव पछि बन्ने सरकारले केही गर्ला भन्ने विषयमा आशावादी भएको पाएको छु । शिक्षालयको भौतिक पूर्वाधारतर्फ व्याप्त समस्या छ । यो निर्माण गर्नतर्फ प्रतिबद्ध छु । व्यावसायिक शिक्षा स्थापना गर्न लागिपर्ने छु । स्वास्थ्य क्षेत्रमा पनि समस्या छ । यस विषयमा पनि लाग्ने छु । दलित उत्पीडितका क्षेत्रमा नीति निर्माणमा समेत मेरो प्रतिबद्धता रहनेछ र लाग्नेछु ।
नयाँ मतदाता वा युवा शक्तिले चाहिँ के खोजेका छन् ?
देश परिवर्तन गर्न मुख्य भूमिका युवाको रहँदै आएको छ । उनीहरुलाई सीपमूलक तालिम, श्रममा आधारित योजना ल्याएर व्यावसायिक बनाउनुपर्नेतर्फ ध्यानाकर्षण भएको छ । युवालाई सीपयुक्त बनाउन सीप प्रबलीकरण बनाउन लाग्ने छु । हरेक वडामा खेल मैदान बनाउन लाग्ने छु ।
सडक विस्तारका क्षेत्रमा कस्ता योजना बनाउनु भएको छ ?
मेरो लक्ष्य र योजना भनेको समृद्ध तेह्रथुम निर्माण गर्ने नै हो । हरेक पालिका देखि वडासम्म जाने सडकलाई स्तरोन्नति गर्ने र सडक नभएको ठाउँमा सडक बनाउने पहिलो प्रथमिकतामा राखेको छु । विभिन्न पालिकामा चक्रपथ निर्माण गर्न लाग्ने छु । अहिलेको सरकारले रोकेका विकास निर्माणका कार्यलाई अघि बढाउनेछु ।
खाने पानी सुख्खा ग्रस्त क्षेत्रमा लिफ्टिङ गर्नेतर्फ लाग्ने छु ।
कृषिमा लाग्ने धेरै परिवार छन् । साँझबिहान काम गर्दा पनि जीवन धान्न मुस्किल छ । दिनदिनै महङ्गीले सताएको छ कृषि क्षेत्रमा कस्ता योजना बनाउनुभएको छ ?
महङ्गीले हामीलाई पनि सताएकै हो । पछिल्लो सरकार परिवर्तन भएपछि यो अझ बढेर गएको छ । हामीले यो जिल्लामा कृषिलाई निर्वाहमुखी बनाउन मात्रै सीमित भएकाले यसलाई व्यावसायिक र आधुनिकीकरणसँंगै बजारीकरण बनाउन लाग्ने छु । महिलालक्षित सीप विकासका कार्यक्रम ल्याउने छु । यसमा संघ, प्रदेश र स्थानीय तहको समन्वयमा कामहरु गर्ने छु ।
प्रचुर सम्भावना भए पनि पर्यटन क्षेत्रको विकास किन नभएको हो ?
विकासको महत्वपूर्ण क्षेत्र भनेको पर्यटन हो । हाम्रो जिल्लाको तीनजुरे, मिल्के, जलजले क्षेत्रसम्म जाने सडकको स्तरोन्नति नहुँदा पर्यटकलाई त्यहाँसम्म पुग्न समस्या छ । यदि यहाँले निर्वाचित गरेमा म यसलाई प्राथमिकतामा राखेर विकास गर्दै जाने र यस्ता क्षेत्रमा स्थानीय सरकारसँग समन्वय गरेर लाग्ने छु । समाजमा रहेका सांस्कृतिक धरोहरलाई संरक्षण गर्ने र निर्माण गर्ने क्षेत्रमा समेत मेरो ध्यान जाने छ । विकास निर्माणसंगै सरसफाई, वातावरण संरक्षण गर्ने र हरेक पालिकाको केन्द्रमा ल्याण्डफिल्ड साइट निर्माण गर्ने कुरामा लाग्ने र यसमा समन्वयकारी भूमिका खेल्ने छु । अव्यवस्थित बसोबासी तथा सुकुम्बासी समस्या हटाउन पहल गर्नेछु ।
Facebook Comment
Banner
कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए
नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।
निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।
यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।
पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।
१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login