Connect with us
Advertisement

रेखाको च्याँखेदाउले मोरङ ३ मा कसले बाजी मार्ने भन्ने अड्कल गर्न गाह्रो

Published

on

विराटचोकः मोरङको क्षेत्र नम्बर ३ लाई कम्युनिष्टको मुखबाट भन्ने हो भने लालकिल्ला मानिएको क्षेत्र हो । यस ठाउँबाट राष्ट्रिय निर्वाचनमा कम्युनिष्ट पार्टीका उम्मेद्वारले जित्दै आएका छन् । यस अघि भएको निर्वाचनमा पनि एमाललेका भानुभक्त ढकाल विजयी भएका थिए । यस पटकको निर्वाचनमा माहोल फेरिएको छ । नेकपा एमालेबाट निवर्तमान सांसद ढकाल र काग्रेसबाट यसअघि ढकालसँग नै पराजित भएका डा. सुनिल शर्मा नै प्रतिष्पर्धामा रहेका छन् ।

यस पटकको प्रतिष्पर्धाको निर्णायक भूमिका राप्रपा नेतृ नायिका रेखा थापाको उम्मेद्वारीलाई लिइएको छ । खासगरी काङ्ग्रेसको मत काट्न रेखाको उम्मेदवारीले सहयोग हुने एमालेको बुझाई रहेको छ भने १५ हजार मत रेखालाई दिए पनि आफूले चुनाव जित्नेमा शर्मा ढुक्क देखिएका छन् । रेखा भने पुराना अनुहारलाई बिदा गर्ने दाउमा रहेकी छिन् । उनको चुनावी माहोल लोभलाग्दो रहेको छ । तर उनलाई नायिकाको रुपमा हेर्नमात्रै जाने गरेको चर्चा पनि हुने गरेको छ ।

गत स्थानीय तहको निर्वाचनलाई हेर्दा यस क्षेत्रमा एमाले र काङ्ग्रेसकै प्रतिष्पर्धा हुने देखिन्छ । राप्रपा भने यस ठाउँमा कमजोर रहेको छ । तर धरमरिएका मत केही संख्यामा रेखालाई गए पनि आफ्नो पकड क्षेत्र भएकाले एमाले लालकिल्लालाई बचाइराख्न कोशिसरत देखिन्छ ।

चियागफः आशालाग्दा उम्मेद्वार पाइएन
विहान बेलुका हुने चिया गफले गाउँमा निर्वाचनको माहोल तताएको छ । युवादेखि ज्येष्ठसम्म विभिन्न पार्टीका व्यक्ति भेला हुने र राजनीतिक गफ छाँट्ने क्रम बढ्दो छ । यसरी उम्मेद्वारको पक्ष र विपक्षमा हुने गफले पनि निर्वाचनमा कसको माहोल कस्तो हुने छ भन्ने आँकलन गर्न सकिन्छ ।

एमाले उम्मेद्वार ढकालको पक्षमा विरोध र आलोचना बढी हुने गरेको छ । खास गरी कोभिडकालमा स्वास्थ्य सामग्री खरीद प्रकरणमा अनियमितता भएको भनी उनीमाथि आरोपहरु लाग्ने गरेका छन् । यस बाहेक निर्वाचित भएपछि गाउँ नआएको भन्दै उनी आलोचित भएका छन् ।

डा. शर्मालाई विराटनगरस्थित नोबेल मेडिकल र काठमाडौं सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजकामा विद्यार्थीलाई आर्थिक शोषण गरेको, पार्टीको १४ औँ महाधिवेशनदेखि स्थानीय तहको निर्वाचन सम्म आउँदा आफ्नै नेता कार्यकर्तालाई मिलाउन नसकेको, अन्तरघात गरेको भन्दै आलोचना हुने गरेको छ ।

यसैगरी रेखा थापा च्याँखे दाउ थाप्न मात्रै यस क्षेत्रमा आएको, यस अघि कहिल्यै नआएको, गत स्थानीय निर्वाचनमा पनि नदेखिएको, सिने क्षेत्रमा यत्रा वर्ष काम गर्दा आफ्नो गाउँ बिर्सिएको र फेरि पनि बिर्सिने भन्दै उनको समेत आलोचना हुने गरेको छ । कतिपयले आशा लाग्दा उम्मेद्वार नपाएको गुनासो गर्ने गरेका छन् ।

के छन् एजेन्डा ?
एमालेले राष्ट्रियताको सवालमा चर्काे आवाज उठाउँदै आएको छ । यसलाई नै ढकालले एजेन्डा बनाएका छन् । यसअघि मन्त्री हँुदा विभिन्न कानुन निर्माण गरेको, आफ्नो क्षेत्रमा विकास गरेको भन्दै पुनः निर्वाचनमा होमिएका छन् । काङ्ग्रेस नेता शर्माको भने मुख्य एजेन्डा बिरामीको सेवा, स्वास्थ्य सुविधा, आफ्नो अस्पतालबाट सो क्षेत्रका नागरिकको छुटमा उपचार गरेको र फेरि गर्ने लगायतका मुख्य एजेन्डा रहेका छन् । यिनै एजेण्डारुपी चुनावी अस्त्र बनाएर उनी मैदानमा उत्रिएका छन् ।

थापा भने भ्रष्ट नेतालाई फालाँै भन्दै निर्वाचन क्षेत्रको प्रचारमा लागेकी छिन् । राप्रपाले प्रदेश खारेज, हिन्दू राष्ट्र, राजसंस्था स्थापना लगायत फरक एजेन्डा बोकेर आएको छ ।

अन्योलमा मतदाता 
राजनीतिक दलका पछिल्ला गतिविधि देखेर आमनागरिक अन्योलमा देखिएका छन् । फरक अस्तित्व बोकेका पार्टीले चुनाव जित्ने र सत्ता स्वार्थको राजनीतिमा लिप्त हुने गरेकाले कसलाई मतदान गर्ने भन्नेमा अन्योल सिर्जना भएको देखिन्छ । काङ्ग्रेस, नेकपा माओवादी, एकीकृत समाजवादी र जनमोर्चा लगायतको गठबन्धन र एमाले राप्रपाको तालमेलले नागरिकमा निराशा छाएको छ । पार्टीकै कतिपय नेता कार्यकर्तालाई यो विषय टाउको दुखाइको विषय बनेको छ ।

पार्टीका केही कार्यकर्ता बाहेक सामान्य नागरिक पार्टीको प्रचारमा मन लगाएर खुल्ने गरेको देखिँदैन । यसको मुख्य कारण राजनीतिक दलका नेताका कारण भएको चिया गफमा चर्चा हुने गरेको छ । देशको हितमा लाग्ने र बहुमत ल्याएर सरकार चलाउन कुनै दलले नसक्ने र फेरी पनि अस्थिर सरकार बनाउने र भत्काउने खेल शुरु हुने सम्भावना भएकाले मतदातामा निराशा पैदा भएको हो ।

गत स्थानीय निर्वाचनमा वडाध्यक्षले ल्याएको मत हेर्दाको परिणाम
गत वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा वडाध्यक्षले ल्याएको मत संख्या हेर्दा एमाले थोरै मतले अगाडि छ । सो निर्वाचनमा एमालेको ३७ हजार ४ सय १०, कांग्रेसको ३६ हजार ९ सय १६, माओवादीको ७ हजार तीन सय ७३, एकीकृत समाजवादीको १ हजार ८ सय ५५ मत, जनता समाजावादी पार्टीको ४ सय ६३ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीको २ हजार १ सय २१ मत रहेको छ ।

कति छन् मतदाता ?
बेलबारी, सुन्दरहरैँचाका ६ वटा वडा, पथरी शनिश्चरे नगरपालिका र कानेपोखरी गाँउपालिका गरी २६ वडा मिलेर बनेको यस निर्वाचन क्षेत्रमा १ लाख ३९ हजार आठ सय ३३ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

यस क्षेत्रको प्रदेश निर्वाचन क्षेत्र (क) मा ७५ हजार तीन सय ९३ र प्रदेश सभा निर्वाचन क्षेत्र (ख) मा ७४ हजार दुई सय ४० मतदाता रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यो क्षेत्रमा ४८ मतदान केन्द्र रहनेछन् ।

भावी प्रधानमन्त्री हेरेर भोट गर्ने अवस्था कत्तिको रहेको छ ?
कतिपय ठाउँमा भावी प्रधानमन्त्री हेरेर भोट दिनुपर्ने र व्यक्तिभन्दा माथि पार्टी रहेको अभिव्यक्ति दिने गरेको पाइन्छ । स्वतन्त्र नागरिक र एमाले पक्षधरले यो बहसलाई प्राथमिकताका साथ उठाउने गरेका छन् । सचेत युवा जगतले समेत संघीय र प्रादेशिक चुनाव भएकाले अंक गणितको हिसाबमा कुनै एक पार्टीलाई मत दिएर जिताउनुपर्ने बताउने गरेका छन् । यो अवस्था भने आगामी मंसिर ४ पछि थाहा हुने नै छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

निलम कार्की निहारिकाको ‘राजमाता’ले पायो कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार

Published

on

कविडाँडा साहित्य समाज, चितवनले ‘कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार–२०८२’ नीलम कार्की निहारिकाको उपन्यास ‘राजमाता’लाई प्रदान गर्ने निर्णय गरेको छ।

समाजले बुधबार नारायणगढमा पत्रकार सम्मेलन आयोजना गर्दै यस वर्षको पुरस्कार ‘राजमाता’लाई दिने निर्णय सार्वजनिक गरेको हो।

समाजका अध्यक्ष एलबी क्षेत्रीका अनुसार पुरस्कारको राशि २ लाख १६० रुपियाँ रहेको छ। पुरस्कार आगामी कात्तिक १४ गते भरतपुरमा विशेष कार्यक्रम आयोजना गरी प्रदान गरिनेछ।

यस वर्ष पुरस्कारका लागि सुरुमा १६ आख्यानकृति विस्तारित सूचीमा परेका थिए। तीमध्ये केशवराज ज्ञवालीको ‘अज्ञात’, केशव दाहालको ‘इथा’, क्षितिज समर्पणको ‘तोरकीन’, सीमा आभासको ‘महायुग’, नीलम कार्की निहारिकाको ‘राजमाता’, लक्ष्मण वियोगीको ‘सत्यम्’, श्रवण मुकारुङको ‘सलह’ र शंकरप्रसाद गैरेको ‘सूतपुत्र’ उत्कृष्ट आठमा छनोट भएका थिए। उत्कृष्ट आठबाट अन्तिम तीनमा ‘तोरकीन’, ‘महायुग’ र ‘राजमाता’ पुगेका थिए। ती तीनमध्ये ‘राजमाता’लाई सर्वोत्कृष्ट आख्यानकृतिका रूपमा पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो।

Continue Reading

Banner

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको आजदेखि नियमित उडान

Published

on

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई-पोखरा-दुबई रुटमा नियमित उडान सुरु गर्दै छ ।

विसं २०७९ पुस १७ गते अङ्ग्रेजी नयाँ वर्षको दिनदेखि सञ्चालनमा आएको विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकिरहेका बेला फ्लाई दुबईको नियमित उडान सुरु गर्न लागेपछि यहाँका पर्यटन व्यवसायी, उद्योगी तथा सर्वसाधारण उत्साहित भएका छन् ।

अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक सम्पूर्ण तयारी तथा पूर्वाधार व्यवस्थापनको काम पूरा भएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए ।

उनका अनुसार फ्लाई दुबईको विमान बुधबार साँझ ६:१५ बजे पोखरा अवतरण गर्नेछ भने यात्रु लिएर साँझ ७:१५ बजे दुबईका लागि प्रस्थान गर्नेछ । विमानलाई पोखरा विमानस्थलमा पानीको फोहराले स्वागत गरिनेछ ।

अध्यागमन, भन्सार, कार्गो लगायतका सबै सेवा प्रवाहका लागि विमानस्थल तयारी अवस्थामा रहेको महाप्रबन्धक निरौलाले बताए । “हामी आजको दिनको पर्खाइमा छौँ । विमानस्थलबाट प्रवाह गर्नुपर्ने सम्पूर्ण तयारीका काम पूरा भएका छन् । विमानस्थल सञ्चालनपछि केही वायु सेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान गरे पनि त्यसले निरन्तरता पाउन सकेको थिएन । अहिले दुबईका लागि दैनिक नियमित उडान सुरु हुन लागेको अवस्थामा हामी उत्साहित छौँ,” उनले भने ।

फ्लाई दुबईको विमानबाट पोखरा आउने तथा यहाँबाट दुबई प्रस्थान गर्ने यात्रु र पर्यटकलाई पोखराका पर्यटन तथा व्यवसायीले खादा र मालाले स्वागत तथा बिदाइ गर्ने तयारी गरेका छन् ।

पोखरा विमानस्थल भन्सार कार्यालयका प्रमुख हरि भण्डारीले भन्सार नियमानुसार गर्नुपर्ने सबै कामको तयारी पूरा भएको बताए । “राजस्व संकलन, वैध व्यापारलाई सहजीकरण तथा यात्रुको जाँच पास र निकासी–पैठारीको काम हामी गर्छौँ । त्यसका लागि आवश्यक सबै तयारी र व्यवस्थापन मिलाइसकिएको छ,” उनले भने ।

दुबई विश्वव्यापी हवाई ट्रान्जिट हबका रूपमा रहेको र फ्लाई दुबईले १२० भन्दा बढी गन्तव्यमा उडान गर्ने भएकाले पोखरा–दुबई उडान नियमित तथा दीर्घकालीन हुने आशा गरिएको पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले बताए । “फ्लाई दुबईको विश्वका धेरै सहरमा आफ्नै उडान छ । यसबाहेक दुबई विश्वका धेरै सहरका लागि एयर ट्रान्जिट हब हो । यसबाट पोखराको अन्तर्राष्ट्रिय उडानलाई दीर्घकालीन बनाउन सकिन्छ,” उनले भने ।

नेपाली युवा रोजगारी तथा अध्ययनका लागि दुबई गइरहेकाले पनि पोखराबाट उडान सञ्चालन हुँदा सहज हुने उनको भनाइ छ । पोखराबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनका क्रममा आवश्यक शान्ति सुरक्षाको प्रबन्धबारे जिल्ला सुरक्षा समितिले विमानस्थलको निरीक्षण पनि गरेको छ । प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले विमानस्थलमा आवश्यक सबै सुरक्षा प्रबन्ध मिलाइएको जानकारी दिए ।

Continue Reading

Banner

नेपाल र ग्रेनाडाबीच कूटनीतिक सम्बन्ध स्थापना

Published

on

नेपाल र ग्रेनाडाबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना भएको छ।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगमा आयोजित संक्षिप्त समारोहमा परराष्ट्रमन्त्री शिशिर खनाल र ग्रेनाडाका अर्थमन्त्री डेनिस कोर्नवालले कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका हुन् ।

हस्ताक्षर समारोहअघि दुवै मन्त्रीबीच आपसी हितका विभिन्न विषयमा विचारविमर्श भएको थियो। भेटका क्रममा दिगो विकास लक्ष्य (एसडीजी) हासिल गर्ने दिशामा प्रगति तीव्र बनाउन तथा जलवायु परिवर्तनका प्रभाव सम्बोधन गर्न सहकार्यको महत्वमा जोड दिइएको थियो।

त्यसैगरी, पर्यटन, शिक्षा लगायत आपसी हितका अन्य क्षेत्रमा अनुभव तथा राम्रा अभ्यास आदानप्रदान गर्ने सम्भावनाबारे पनि छलफल भएको थियो।

ग्रेनाडासँग कूटनीतिक सम्बन्ध स्थापना भएसँगै नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेका मुलुकको संख्या १८६ पुगेको छ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक