Connect with us
Advertisement

प्याब्सनले गरेको हाजिरीजवाफमा ज्ञानज्योति पहिलो

Published

on

विराटचोकः निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) सुन्दरहरैंचाले आयोजना गरेको हाजिरीजवाफ प्रतियोगितामा ज्ञानज्योति इङ्लिस स्कुल पहिलो भएको छ ।

ज्ञानज्योतिका निरोज ढुङ्गाना, सौगात थापा र प्रशंसा आचार्यको समूह पहिलो हुँदा स्कलर्स होमका कृपा राई, दिया गुरुङ र दिपेनको समूह दोस्रो भएको थियो । हरैंचा मोडल स्कुलले तेस्रो र जुपिटर इङ्लिस स्कुलले सान्त्वना स्थान हात पारे ।

प्रतियोगितामा सुन्दरहरैंचाका संस्थागत विद्यालयहरु सहभागी थिए । विजयी विद्यालयका विद्यार्थीहरुलाई प्रमुख अतिथि, विशिष्ट अतिथिलगायतले ट्रफी मेडलका साथै प्रमाणपत्र प्रदान गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि अकली चौधरी, विशिष्ट अतिथि प्याब्सन मोरङका कार्यवाहक अध्यक्ष प्रेमलाल सिंह सुवाल, प्याब्सनका केन्द्रीय सचिव हेमन्त कार्की, ज्ञानज्योति इङ्लिस स्कुलका प्रिन्सिपल देवी सिटौलालगायतले कार्यक्रममा शुभकामना मन्तव्य राखेका थिए ।

हाजिरीजवाफ प्रतियोगिताका संयोजक जीवन बस्नेतको संयोजनमा सम्पन्न कार्यक्रम प्याब्सन सुन्दरहरैंचाका अध्यक्ष दिपेन राईको अध्यक्षतामा कार्यक्रम भएको थियो । प्याब्सन सुन्दरहरैंचाका सचिव टीका पराजुलीले कार्यक्रम सञ्चालन गरेका थिए ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

विमानस्थलमा युवकमाथि दुर्व्यवहार गर्ने तीन प्रहरीलाई कारबाही

Published

on

३ वैशाख, काठमाडौं । वैदेशिक रोजगारीबाट बिदामा फर्किएका युवामाथि दुर्व्यवहार गर्ने तीन जना प्रहरीलाई कारबाही गरिएको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शेखर खनालका अनुसार सो कार्यमा संलग्न तीन जनालाई विमानस्थल सुरक्षाबाट हटाइएको हो ।

साथै, उनीहरूलाई काठमाडौं उपत्यका प्रहरी कार्यालयमा झिकाएर छानबिन तथा अनुसन्धान भइरहेको एसएसपी खनालले बताए ।

दूबईबाट ३१ चैतमा काठमाडौं आएका मोरङका सञ्जय ओझा विमानस्थलको अध्यागमन र भन्सार जाँच पार गरिसकेपछि दुर्व्यवहारमा परेका थिए ।

उनले ‘प्रहरीको व्यवहार’ भन्दै सामाजिक सञ्जाल टिकटकमा भिडियो राखेका थिए ।

ओझाका अनुसार, १० दिनको बिदामा काठमाडौं आएर विमानस्थलबाहिर निस्किँदै गर्दा एक जनाले उनलाई ट्रली बाहिर ल्याएको विषयमा विवाद गरेका थिए ।

आफूलाई विमानस्थलकै कर्मचारी बताउने व्यक्तिले त्यस्तो व्यवहार गरेपछि उनले प्रहरीलाई बोलाएका थिए । तर, प्रहरीले उल्टै दुव्र्यवहार गरेको उनको गुनासो थियो ।

Continue Reading

Banner

आईसीसी यू–१९ विश्वकप छनोट: नेपालको लगातार तेस्रो जित

Published

on

काठमाडौं । नेपालले आईसीसी यू-१९ विश्वकप एसिया छनोटमा लगातार तेस्रो जित निकालेको छ । बुधबार भएको खेलमा नेपालले हङकङलाई सहजै ९ विकेटले हराएको हो ।

मुलपानी क्रिकेट मैदानमा हङकङले दिएको ११६ रनको सामान्य लक्ष्य नेपालले १२.३ ओभरमा १ विकेट मात्र गुमाएर पूरा गरकाे हाे । ओपनर साहिल पटेल ४२ तथा कप्तान नरेन भट्ट ३९ रनमा नटआउट रहे । त्यसअघि निरज यादवले २३ रन बनाए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले ४६.२ ओभरमा अलआउट हुँदै ११५ रन बनाएको हो । शिव माथुरले सर्वाधिक ६३ रन बनाए । आर्या पन्जवानीले १३ तथा वीर माथुरले १२ रन बनाए ।

सुरुवाती विकेट १० रनको योगफलमै गुमाएको हङकङका लागि माथुर र पन्जवानीले डिफेन्सिभ शटहरू खेल्दै अर्धशतकीय साझेदारी बनाए ।

नेपालका युवराज खत्रीले १० ओभरमा १८ रन मात्र दिएर ४ विकेट लिए । बिपिन प्रसाद शर्माले ६.२ ओभरमा २४ रन दिएर ३ विकेट लिए । सन्तोष यादवले २ तथा अशोक धामीले १ विकेट लिए ।

 

Continue Reading

Banner

सडक ढाकेर शिक्षकहरुको प्रदर्शन, यातायात प्रभावित

Published

on

३ वैशाख, काठमाडौं । शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक तथा कर्मचारीहरुले आज पनि काठमाडौंमा प्रदर्शन जारी राखेका छन् ।

उनीहरुको प्रदर्शनका कारण माइतीघर–बबरमहल सडकमा यातायात सेवा ठप्प छ । उनीहरुले पूरै सडक ढाकेर प्रदर्शन गरिरहेकाले यातायात सेवा प्रभावित भएको हो ।

प्रदर्शनमा सहभागीहरुले ‘शिक्षा ऐन जारी गर,’ ‘शिक्षा ऐन विरोधीहरु होसियार’ लगायतका नारा लगाएका छन् ।

शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक महासंघको नेतृत्वमा शिक्षक तथा कर्मचारीहरुले २० चैतदेखि काठमाडौंमा केन्द्रित आन्दोलन गरिरहेका छन् ।

मंगलबार बेलुका बसेको मन्त्रिपरिषद बैठकले शिक्षक कर्मचारीका माग पूरा गर्ने प्रतिबद्धता जनाउँदै आन्दोलन त्यागेर विद्यालय फर्किन आग्रह गरेको थियो । साथै शिक्षकका माग समेत सम्बोधन गर्न भन्दै वैशाख १२ देखि संसदको बर्खे अधिवेशन आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय मन्त्रिपरिषद बैठकले गरेको थियो ।

तर सरकारबाट पटक–पटक उधारो आश्वासन पाउँदै आएको भन्दै शिक्षक महासंघले भने शिक्षा ऐन जारी नभएसम्म आन्दोलन नरोक्ने जनाएको छ । आन्दोलनको नेतृत्व गरिरहेको महासंघले आन्दोलन निर्णायक मोडमा पुगेको भन्दै थप शिक्षक कर्मचारीहरुलाई काठमाडौंमा केन्द्रित भएर आन्दोलन चर्काउन आह्वान गरेको छ ।

विद्यालयमा हड्ताल गरेर शिक्षक कर्मचारीहरु आन्दोलनमा उत्रिँदा सरकारी विद्यालयहरुमा नयाँ भर्ना अभियान रोकिएको छ । वार्षिक परीक्षाको नतिजा प्रकाशन, एसईईको उत्तरपुस्तिका परीक्षण लगायतका सम्पूर्ण शैक्षिक गतिविधि पनि प्रभावित भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा असार पहिलो साता सार्वजनिक गर्ने तयारी गरे पनि अहिलेसम्म उत्तरपुस्तिका परीक्षण सुरु नै नभएकाले नतिजा सार्वजनिक ढिलो हुने सम्भावना छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

nispakshyakhabar@gmail.com
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक