कोशी प्रदेश
धरानमा ९ उत्कृष्ट करदातालाई सम्मान
धरानः आन्तरिक राजस्व कार्यालय धरानले ११ औँ राष्ट्रिय कर दिवसको अवसरमा उत्कृष्ट करदातालाई सम्मान गरेको छ । बुधबार सम्पन्न कार्यक्रममा कार्यालयसेवा क्षेत्रका ९ उत्कृष्ट करदातालाई सम्मान गरेको हो ।
सम्मानित हुनेहरूमा उत्सव एण्ड सौरवी स्टोर्स खाँदबारी, गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड धनकुटा, श्रेष्ठ किराना पसल तेह्रथुम र यु.डि. विल्डर्स भोजपुुर रहेका छन् ।
यस्तै, धरानका सूर्य एण्ड सन्स प्रा.लि., अपुश्री इन्टरप्राइजेज प्रा.लि., अर्विन एण्ड ब्रदर्श अटो, विजयपुर हस्पिटल प्रा.लि र प्रीति भल्भ एण्ड फिटिङ इण्डष्ट्रिज प्रा.लि रहेका छन् ।
सो कार्यालयले सेवा क्षेत्रमा कार्यरत उत्कृष्ट कर्मचारीलाई पनि सम्मान गरेको छ । सम्मानित हुनेमा राजपत्राङ्कित तर्फ आन्तरिक राजस्व कार्यालय धरानका कम्प्युटर अधिकृत हीराध्वज कार्की, राजपत्र अनङ्िकत पुरुषतर्फ कम्प्युटर अपरेटर विज्ञान श्रेष्ठ, महिलातर्फ टाइपिष्ट नायव सुब्बा इन्द्रकुमारी राई, करारतर्फ डाटा इन्ट्री सुपरभाइजर पुजन गौतम र करदाता सेवा कार्यालय धनकुटाका कार्यालय सहयोगी मोहन कुमार राई रहेका छन् ।
उनीहरुलाई धरान उपमहानगर प्रमुख हर्कराज साम्पाङ र आन्तरिक राजस्व कार्यालय धरानका प्रमुख कर अधिकृत गोविन्दराज आचार्यले संयुक्त रुपमा सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
Facebook Comment
Banner
नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका चिकित्सक, कर्मचारी, विद्यार्थीहरुले रक्तदान गरे
Banner
नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिल बिरटनगरको प्राबिधिक सहयोग र सुनसरी जिल्लाको बराहाक्षेत्र नगरपालिकाको आयोजनामा महेन्द्र मा. बि., भरौल, वार्ड –३ मा एक दिवसिय निःशुल्क स्वास्थ्य सिविरको आयोजना गरियो ।
Banner
नोबेलको निःशुल्क आँखा शिविरमा आँखा पाकेका बिरामीको भीड
आँखा पाक्ने समस्या बढिरहेका बेला विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले बुधबार मोरङको पथरीशनिश्चरे–४ सिरिसेडाँडामा निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ ।
पथरीशनिश्चरे ४ नं. वडा कार्यालयसँग सहकार्य गरेर एक दिने शिविर आयोजना गरिएको हो । शिविरमा २ सय ६० जना बिरामीको निःशुल्क आँखा जाँच गरी औषधि प्रदान गरिएको नोबेल शिक्षण अस्पतालका मार्केटिङ अफिसर नविन दाहालले जानकारी दिए ।
शिविरमा आएका बिरामीहरूलाई नोबेल अस्पतालको आँखा विभागका डाक्टरहरूको टोलीले परीक्षण गरेको थियो ।
सिरिसेडाँडास्थित आधारभूत स्वास्थ्य केन्द्रमा आयोजना गरिएको शिविरमा आँखा पाकेका बिरामीहरू गाउँ–गाउँबाट आएका थिए ।
गाउँमा आँखा पाक्ने रोग फैलिँदै गएकाले रोकथामका लागि शिविर सञ्चालन गरिएको नोबेल शिक्षण अस्पतालले जनाएको छ ।
-
अर्थ4 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद4 years ago
रंगशालाको अवलोकन
-
मुख्य4 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ4 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य4 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य4 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner4 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login