विश्वकप फुटबल
कोस्टारिकाको पोष्टमा स्पेनको ७ गोल
विराटचोकः कोस्टारिकालाई ७–० गालको नतिजामा पराजित गर्दै स्पेनले समूह फिफा विश्वकप २०२२ मा शानदार विजयी सुरुआत गरेको छ ।
कतारको अल थुमामा स्टेडियममा सम्पन्न समूह ‘ई’ को दोस्रो खेलको ११ औं मिनेटमा डानी ओल्मोले गोल गर्दै स्पेनलाई सुरुआती अग्रता दिलाएका थिए । मार्को एसेज्सियोले २१ औं मिनेटमा जोर्डी अल्बाको पासमा उत्कृष्ट गोल गर्दै स्पेनको अग्रता दोब्बर पारे ।
खेलको ३१ औं मिनेटमा पाएको पेनाल्टिको सदुपयोग गर्दै टोरेसले गरेको गोलमा स्पेनले कोस्टारिकाविरुद्धको अग्रता ३–० बनाएको थियो । टोरेसले ५४औं मिनेटमा व्यक्तिगत दोस्रो गोल तथा स्पेनका लागि चौथो गोल गर्दै टिमको अग्रता फराकिलो पारेका थिए । टोरेस विश्वकपमा डेब्यू गरेको सिजन स्पेनका लागि दुई गोल गर्ने तेस्रो खेलाडी भएका छन् । डेविड भिल्लाले सन् २००६ को विश्वकपमा युक्रेनविरुद्ध र जोस इरारागोरीले ब्राजिलविरुद्ध सन् १९३४ मा गरेको बाहेक स्पेनका लागि विश्वकपमा डेब्यु गरेको सिजन दुई गोल गर्ने पहिलो खेलाडी भएका छन् ।
खेलको ७४ औ मिनेटमा गाभीले स्पेनका लागि पाँचौँ गोल गरे । कार्लोस सोलेरले निर्धारित समयको अन्तिम मिनेटमा गोल गर्दै स्पेनका लागि कोस्टारिकाविरुद्ध आधा दर्जन गोल पूरा गरेका थिए । खेलको इन्जुरी समयमा अलभारो मोराटाले गोल गर्दै ७ गोल गर्दा कोस्टारिकाले भने कुनै पनि गोल गर्न सकेन ।
स्पेनले विश्वकप इतिहासमा पहिलो पटक एकै खेलमा ७ गोल गरेको हो । स्पेनले समूह चरणको दोस्रो खेलमा सोमबार जर्मनीसँग प्रतिस्पर्धा गर्नेछ ।
Facebook Comment
Banner
नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका चिकित्सक, कर्मचारी, विद्यार्थीहरुले रक्तदान गरे
Banner
नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिल बिरटनगरको प्राबिधिक सहयोग र सुनसरी जिल्लाको बराहाक्षेत्र नगरपालिकाको आयोजनामा महेन्द्र मा. बि., भरौल, वार्ड –३ मा एक दिवसिय निःशुल्क स्वास्थ्य सिविरको आयोजना गरियो ।
Banner
नोबेलको निःशुल्क आँखा शिविरमा आँखा पाकेका बिरामीको भीड
आँखा पाक्ने समस्या बढिरहेका बेला विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले बुधबार मोरङको पथरीशनिश्चरे–४ सिरिसेडाँडामा निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ ।
पथरीशनिश्चरे ४ नं. वडा कार्यालयसँग सहकार्य गरेर एक दिने शिविर आयोजना गरिएको हो । शिविरमा २ सय ६० जना बिरामीको निःशुल्क आँखा जाँच गरी औषधि प्रदान गरिएको नोबेल शिक्षण अस्पतालका मार्केटिङ अफिसर नविन दाहालले जानकारी दिए ।
शिविरमा आएका बिरामीहरूलाई नोबेल अस्पतालको आँखा विभागका डाक्टरहरूको टोलीले परीक्षण गरेको थियो ।
सिरिसेडाँडास्थित आधारभूत स्वास्थ्य केन्द्रमा आयोजना गरिएको शिविरमा आँखा पाकेका बिरामीहरू गाउँ–गाउँबाट आएका थिए ।
गाउँमा आँखा पाक्ने रोग फैलिँदै गएकाले रोकथामका लागि शिविर सञ्चालन गरिएको नोबेल शिक्षण अस्पतालले जनाएको छ ।
-
अर्थ4 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद4 years ago
रंगशालाको अवलोकन
-
मुख्य4 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ4 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य4 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य4 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner4 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login