मधेस प्रदेश
राजविराज जेसीजको अध्यक्षमा नानीमैयाँ कटवाल
राजविराजः राजविराज जेसीजको ४४ औँ वार्षिक साधारणसभाले सन् २०२० का लागि नानीमैयाँ कटवाल ‘पुनम’को नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
कटवाल सन् २००९ देखि जेसीज अभियानमा लागेकी थिइन् । उनले राजविराज जेसीजको जनसम्पर्क अधिकारी, शाखा सम्पादक, उपाध्यक्ष, सहसचिव, कार्यकारी उपाध्यक्ष, कानुनी सल्लाहकार र महासचिवको भूमिका निर्वाह गरिसकेकी छिन् ।
उनी सो जेसीजको वर्ष २०१९ की महासचिव रहेकी थिइन् । सन् १९७६ मा स्थापना भएको राजविराज जेसीजले हालसम्म १ जना संस्थापक अध्यक्ष गरी ४४ अध्यक्ष प्राप्त गरिसकेको छ भने २ जना राष्ट्रिय अध्यक्ष भएका छन् । कटवाल सञ्चारकर्मीसमेत हुन् ।
यो पनि पढ्नुहोस्
अशोक शंकरलाई जेसीजको अध्यक्षमा निर्वाचित गराउन पथरीवासी एकजुट
इन्द्रपुर जुनियर जेसीजको अध्यक्षमा टेकराज तिम्सिना
इन्द्रपुर जेसीजको अध्यक्षमा गणेशप्रसाद भट्टराई चयन
बिराटनगर जेसीजको आगामी वर्ष २०२० का लागि अध्यक्षमा उज्वल खरेल
Facebook Comment
Banner
वीरगञ्जमा जारी कर्फ्यू आज बेलुकी ६ बजेसम्म
पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्रमा दुई समुदायबीच तनाव बढेपछि लगाइएको कर्फ्यू आज बेलुकी ६ बजेसम्म लम्बिएकाे छ । जिल्ला प्रशासन कार्यालय पर्साले हिजो बेलुकी ६ बजेदेखि लागू गरेकाे कर्फ्यू आज बिहान ८ बजेसम्म र त्यसपछि दिउँसो १ बजेसम्म थप भएकाेमा फेरि बेलुकी ६ बजेसम्म लम्बिएकाे हो । वीरगञ्ज महानगरपालिका क्षेत्र अन्तर्गत पूर्वमा बसपार्क, नगवा, इनर्वा; पश्चिममा सिर्सिया नदी; उत्तरमा गण्डक चोक र दक्षिणमा शङ्कराचार्य गेटसम्म कुनै पनि किसिमको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न निषेध गरिएको विज्ञप्तिमा उल्लेख छ । यसैबीच प्रमुख जिल्ला अधिकारी भाेला दाहालले सामाजिक सद्भाव कायम गर्न सबै पक्षसँग आग्रह गर्नुभएको छ । सङ्घीय सरकार, मधेश प्रदेश सरकार, विभिन्न आयोग तथा सङ्घ–संस्थाले पनि सामाजिक सद्भाव बिथोलिने खालका कार्यक्रम नगर्न आग्रह गरेका छन् । 
Banner
मधेस प्रदेश सभामा आज सभामुख चयन गरिँदै
मधेस प्रदेश सभामा आज सभामुख पदका लागि निर्वाचन हुँदैछ । सभामुख चयन प्रक्रियाका लागि दिउँसो १ बजे मधेस प्रदेशसभा बैठक बोलाइएको छ ।
प्रदेशसभामा सभामुखका लागि दुई जनाको उम्मेदवारी परेको छ । सात दलीय गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टी (जसपा) नेपालका रामआशिष यादव र एमालेबाट त्रिलोकी प्रसाद चुनावी प्रतिस्पर्धामा रहेका छन् ।
यादवलाई नेपाली कांग्रेसका प्रदेशसभा सदस्य वीरेन्द्रकुमार सिंहले प्रस्ताव गरेका छन् भने नेकपा माओवादी केन्द्रका सदस्य फकिरा महतोले समर्थन गरेकी छिन् ।
यसैगरी एमालेका त्रिलोकीलाई उक्त पार्टीका जयचन्द्रप्रसाद पटेल र प्रस्तावकमा शारदा देवी थापा छिन् । मधेस प्रदेशमा सात दल एकातिर हुँदा एमाले एक्लै रहेको छ ।
यसअघिका सभामुख रामचन्द्र मण्डल पदमुक्त भएपछि उक्त पद रिक्त रहेको थियो । मण्डललाई पद अनुकूल आचरण नगरेको भन्दै गत मंसिर ३ गते दुई तिहाइ बहुमतले अविश्वास प्रस्ताव पारित गरेपछि उपसभामुख बबिताकुमारी राउत ईशरले प्रदेश सभा बैठकमा पदमुक्त भएको घोषणा गरेकी थिइन् ।
१०७ सदस्यीय मधेस प्रदेशसभामा तीन सदस्य निलम्बित छन् ।
Banner
मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिनुहुने भएको छ । हिजो पत्रकार सम्मेलन गर्दै उहाँले आज दिउँसो २ बजे विश्वासको मत लिन लागेको जानकारी गराउनुभयो ।
मुख्यमन्त्री यादवले सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वास मत लिन भने पनि आफूले परमादेशको पत्र हिजो दिउँसो ३ बजे मात्र प्राप्त गरेको हुँदा त्यही आधारमा विश्वासको मत लिनका लागि प्रदेशसभा सचिवालयमा पत्रसमेत पठाइसकिएको बताउनुभयो । अदालतको फैसलाअनुसार प्रक्रिया अघि बढ्ने र विश्वासको मत आफूले नै पाउने उहाँको दाबी छ ।
अस्ति सोमबार सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन मुख्यमन्त्री यादवको नाममा परमादेश जारी गरेको थियो । प्रदेशसभा सचिवालयले भने विश्वासको मतका लागि आज विहान ८ बजे नै बैठक तोकेको छ । यादव प्रदेशसभाको सबैभन्दा ठूलो दल नेकपा (एमाले) संसदीय दलको नेताका हैसियतमा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।
अन्य दलले बहुमतका आधारमा सरकार बनाउन आग्रह गरे पनि तत्कालीन प्रमुख सुमित्रा भण्डारीले यादवलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो । त्यसमा विवाद उत्पन्न भएपछि प्रदेश प्रमुख भण्डारीलाई सङ्घीय सरकारको सिफारिसमा राष्ट्रपतिले पदमुक्त गर्नुभएको थियो ।
मुख्यमन्त्री यादवको नियुक्तिविरुद्ध प्रदेशसभाका ७४ जना सदस्यले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिटमा सर्वोच्च अदालतले यसअघि पनि दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश दिएको थियो ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login