Connect with us
Advertisement

यस्तो छ क्रिसमसको महत्व

Published

on

येशु ख्रीष्टको जन्म स्मरण गर्ने ख्रीष्टमस (क्रिसमस) एउटा वार्षिक अर्थात् २ अरब ४० करोड ख्रीष्टियनबीचको एक धार्मिक र सांस्कृतिक उत्सवको रूपमा रहेको ख्रीष्टमस डिसेम्बर २५ मा पर्दछ ।

ख्रीष्टमस वा बडा दिन येशु ख्रीष्टको नामको खुशीमा मनाउने पर्व हो । ख्रीष्टमसको दिन विश्वका धेरै राष्ट्रहरूमा सार्वजनिक बिदा दिने गरिन्छ । धार्मिक रूपमा बहुसङ्ख्यक इसाईहरूले र सांस्कृतिक रूपमा धेरै गैर इसाईहरूले मनाउने गरेको पाइन्छ ।

ख्रीष्टमस धेरै नै आनन्द र हर्षोल्लासको समय हो । यो समय परमेश्वरले हाम्रो निम्ति कति प्रेम गर्नुभएको छ त्यो देखाउने हो । यो समय चङ्गाई र नयाँशक्तिको हो । हामी सबैलाई थाहा छ, ख्रीष्टमस त्यो समय हो जुन दिन हामी ख्रीष्टको जन्मदिन मनाउँछौँ । परमेश्वरले आफ्ना पुत्रलाई यस संसारमा जन्मनको निम्ति पठाउनुभयो र ख्रीष्टको जन्मले संसारमा ठूलो आनन्द र खुशी छायो ।

गोठालाहरू, बुद्धिमान पुरुषहरू र स्वर्गदूतहरू सबै यस महान् घटनाबारे जान्न त्यस उत्साहमा सहभागी भएका थिए । तिनीहरू जान्दथे कि यो साधारण बालक होइन । सय वर्ष अघि नै ख्रीष्ट आउने कुरा अगमवक्ताहरूले भनिसकेका थिए । एउटा तारा सङ्केत दिनको निम्ति बेथेलहेममा रोकिनेछ र बालकलाई चिनाउनेछ भनी तिनीहरूलाई अगमवाणी भएको थियो भन्ने कुरा बाइबलमा उल्लेख छ ।

यद्यपि येशुको जन्ममिति अज्ञात छ । प्रारम्भदेखि नै पश्चिमी ख्रीष्टियन चर्चले डिसेम्बर २५ मा ख्रीष्टमस राखेको थियो । त्यसपछि पूर्वमा पनि त्यही स्वीकृत गरियो । आज प्रायः इसाईहरूले डिसेम्बर २५ मा ‘ग्रेगोरियन क्यालेण्डर’को माध्यमबाट ख्रीष्टमस मनाउँछन् । जुन संसारभरका देशहरूमा प्रयोग हुने सामान्य क्यालेण्डरहरूमा विश्वव्यापी रूपमा स्वीकृत गरिएको छ ।

तथापि, केही पूर्वीय ख्रीष्टीयन चर्चहरूले डिसेम्बर २५ मा ‘जुलियन क्यालेण्डर’ अनुसार मनाउँछन् । जुन हाल ७ जनवरीसम्म ग्रेगोरियन क्यालेण्डरमा मेल खान्छ । एन्नो डोमिनिकाल प्रणालीअनुसार येशुको जन्म ७ देखि २ ईशापूर्वको बीचमा भएको थियो । ख्रीष्टमसको जन्ममितिमा असहमति होइन, तर यसका लागि कुन पक्षको क्यालेन्डरले डिसेम्बर २५ को दिन ख्रीष्टमस निर्धारण गर्छ त्यही प्रयोग हुन्छ ।

ईसाईका लागि विश्वास भनेकै परमेश्वर मानिसको रूपमा संसारमा जन्मनुभयो ख्रीष्टमस मनाउन होइन तर उहाँको जन्म मानव जातिको पापको प्रायश्चितको लागि मुख्य उद्देश्य भनी मानिन्छ ।

ख्रीष्टमसलाई सबैले मान्दछन् । अनि आजभोलि गैर इसाईहरूले पनि यसलाई एउटा धर्म निरपेक्ष, सांस्कृतिक चाडको रूपमा मनाउने गर्दछन् ।

आधुनिक रिजर्भेसनहरू, उपहार दिने, ख्रीष्टमस सङ्गीत र क्यारोल लगाउने बजाउने, खेल खेल्ने, ख्रीष्टमसका कार्डहरू बाँड्ने, चर्चमा छुट्टै किसिमको सेवाहरू गर्ने गरेर चाड मनाइन्छ । त्यस्तै, विशेष वस्तु आदानप्रदान गर्ने, ख्रीष्टमसका रूखहरू सजाउने काम गरिन्छ । ख्रीष्टमसका बत्तीहरू बाल्ने, मन पर्ने दृश्यहरू अवलोकन गर्ने, मन परेका लुगाकपडाहरू किन्ने लगाउने तथा ख्रीष्टमसको विभिन्न सजावटहरूद्वारा नै ख्रीष्टमस सेलिब्रेसनको लोकप्रियता बढेको छ ।

सान्टाक्लस, सेन्ट निकोलस र क्रिस्टिस्टका जसलाई ख्रीष्टमसको पिता पनि भनेर चिनिन्छ । तिनका रूपमा चिनिने जस्ता मानिसहरूद्वारा बालबालिकाहरूलाई खुशी दिन उपहारहरू बाँडचुँड गर्ने गरिन्छ ।

Continue Reading

Facebook Comment

2 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading

Banner

राष्ट्रिय पोसाक र टोपी दिवस मनाइँदै

Published

on

 विभिन्न युवा संस्थाको आयोजनामा आज १३औँ राष्ट्रिय पोसाक र टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ। नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ विगत १३ वर्षदेखि युवाले यो दिवस मनाउन थालेका हुन्। नेपाली पहिचानका रूपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न विसं २०७० देखि राष्ट्रिय पोसाक र टोपी दिवस मनाउन थालिएको हो। दिवसका अवसरमा धेरैले राष्ट्रिय पोसाक लगाएको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेका छन्। १३ वर्षदेखि जनवरी १ तारिखका दिन राष्ट्रिय पोसाक दिवस मनाउन थालिएको थियो, यसले राष्ट्रिय पोसाकको पुनर्जागरणमा टेवा पुगेको बताइन्छ। विगतमा राष्ट्रिय पोसाकका रूपमा मनाइने प्रचलनलाई औपचारिक रुपमा हटाइएपछि युवाहरू स्वस्फूर्त रूपमा यो अभियान सुरु गरेका हुन्। यस अवसरमा आज राजधानीका विभिन्न स्थानमा विशेष कार्यक्रमको आयोजना गरिएको छ।

Continue Reading

Banner

सुन्दरहरैचा–११ मा निर्माणाधीन लोहित गंगा मुक्तिघाटको प्रथम वार्षिक साधारण सभा सम्पन्न

Published

on

सुन्दरहरैचा नगरपालिका वडा नं. ११ मा निर्माणाधीन लोहित गंगा मुक्तिघाटको प्रथम वार्षिक साधारण सभा गंगा घाट परिसरमा सम्पन्न भएको छ।

हालसम्म सुन्दरहरैचा नगरभित्र आफ्नै भौगोलिक क्षेत्रमा व्यवस्थित मुक्तिघाट नहुँदा यहाँका नागरिक अन्तिम संस्कारका लागि इटहरी वा बेलबारी क्षेत्रका घाटहरूमा निर्भर रहँदै आएका थिए। लोहित गंगा मुक्तिघाटको निर्माण सम्पन्न भएसँगै सुन्दरहरैचाको पूर्वी क्षेत्रका नागरिकलाई अन्तिम संस्कारका कार्यमा ठूलो सहजता हुने अपेक्षा गरिएको छ।

साधारण सभामा पछिल्लो समय मुक्तिघाट निर्माणसँग सम्बन्धित अनियमितता भएको भनी सामाजिक सञ्जालमा आएका विषयहरूबारे पनि छलफल गरिएको थियो। छलफलपछि ती आरोपहरू गलत तथा भ्रामक रहेको निष्कर्ष निकाल्दै, तथ्यबिनाका सामग्री सामाजिक सञ्जालमा प्रचार नगर्न आग्रह गरिएको छ। सत्य–तथ्यमा आधारित विषयवस्तु मात्र सार्वजनिक गर्न सबैलाई अनुरोध गरिएको सभाले जनाएको छ।

मुक्तिघाट निर्माण सम्पन्न भएपछि यो क्षेत्रकै सुविधासम्पन्न मुक्तिघाट बन्ने विश्वास व्यक्त गरिएको छ। निर्माण कार्यलाई तीव्रता दिन समाजका अगुवा तथा सरोकारवालाहरू सक्रिय रूपमा जुटिरहेको जानकारी पनि सभामा गराइएको थियो।

साधारण सभाले नवराज चापागाईंको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। जसअनुसार उपाध्यक्षमा धनमाया तामाङराजेन्द्रप्रसाद दाहाल, सचिवमा दिलीप दाहाल, कोषाध्यक्षमा टीका सुवेदी चयन भएका छन्।

सभामा गत आर्थिक वर्षको आय–व्यय विवरण प्रस्तुत गर्नुका साथै चालू वर्ष र आगामी वर्षका लागि नीति, कार्यक्रम तथा बजेटसमेत पारित गरिएको थियो।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक