मुख्य
आज पौषे औंसी, हिन्दू धर्मावलम्बीले तीर्थ श्राद्धका रूपमा मनाउँदै
विराटचोकः पौष कृष्ण अमावास्याका अवसरमा आज सनातन हिन्दू धर्मावलम्बीले विभिन्न तीर्थस्थलमा विधिपूर्वक तर्पण, सिधादान र पिण्डदान गरी दिवङ्गत पितृप्रति सम्मानभाव प्रकट गर्दैछन् ।
पौषकृष्ण अमावास्याका दिन तीर्थमा श्राद्ध गर्ने शास्त्रीय विधान रहेको र तीर्थ श्राद्ध पनि सोह्रश्राद्धमा गरेजस्तै पार्वण विधिले गर्नुपर्ने धार्मिक विधान रहेको बताइन्छ । यस पटक आज र भोलि २ दिन औँसी तिथि परेको तथा भोलि बिहान खण्डग्रास सूर्यग्रहण लाग्ने हुनाले आजै औंसी श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणमा गरिने श्राद्ध भने बिहीबार नै गर्नुपर्ने समितिको भनाइ छ ।
गत मङ्सिर २८ गते शनिबार बृहस्पति अस्ताएकाले यसअघि तीर्थ श्राद्ध नगरेकाले तीर्थमा गई यसपटक श्राद्ध गर्न नहुने समितिका अध्यक्ष रामचन्द्र गौतमको भनाइ छ । बृहस्पति र शुक्र अस्त भएका बेला नगएको तीर्थमा जान नहुने, दर्शन नगरेको देवताको दर्शन गर्न नहुने शास्त्रीय मान्यता रहेको उनले बताए । आज धरानको विष्णुपादुकालगायत देशका विभिन्न क्षेत्रमा तीर्थ श्राद्ध गर्नेको भीड लाग्ने गर्छ ।
Facebook Comment
Banner
आज विश्वकर्मा मनाइँदै
कालिगढले आज विश्वकर्माको पूजाआराधना गरी वास्तु दिवस एवम् विश्वकर्मा पर्व मनाउँदैछन् ।
प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन विश्वकर्माको विधिपूर्वक पूजाआरधना गरिन्छ । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को तस्बिरमा विधिपूर्वक पूजाआराधना गरी यो दिवस मनाउने गरिन्छ ।
कलकारखानालाई विशेष रुपमा सजाएर श्रमिकले यो दिवस भव्यताका साथ मनाउँछन् । बालुवा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य शुद्ध स्थलमा लगेर सेलाउने गरिन्छ ।
आजका दिन कालिगढले उपयोगमा ल्याउने औजारमा पूजाआराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।
द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजा गर्ने परम्परा बसेको प्रा तोयराज नेपाल बताउँछन् ।
प्राचीन भारतवर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रुपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको विश्वास गरिन्छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा समेत मानिन्छ । ‘विश्वकर्मा प्रकाश’ नामक वास्तु शास्त्रको ग्रन्थ उहाँले नै रचना गर्नुभएको विश्वास गरिने वास्तुशास्त्री शिव पोखरेल बताउँछन् ।
यही सम्झनामा नेपालका कालिगढले भव्यरुपमा विश्वकर्मा बाबाको पूजा गरी उहाँको विद्वताको सम्मान गर्छन् । पूजाआराधना गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वास गरिन्छ । सोही विश्वासमा आज इञ्जिन जडान भएका यन्त्र सवारी साधनमा समेत पूजाआराधना गरिन्छ ।
वास्तुशास्त्रका पुस्तकका लेखक एवं अध्येताको सम्झनामा आजको दिनलाई वास्तुविद्ले वास्तु दिवसका रुपमा मनाउने गर्छन् ।
पछिल्लो समय नेपालमा पनि वास्तु विद्याको पुनर्जागरण सुरु भएको छ । चार उपवेदमध्येको एक स्थापत्यवेदमा वास्तुशास्त्रकै विषय उल्लेख छ । लुप्तप्रायः भएको स्थापत्य वेदमा आधारित सहर एवं आवास निर्माण गर्नेको सङ्ख्या पनि बढ्न थालेको छ । यसैले गर्दा पछिल्लो दिनमा वास्तु विद्याको महत्व बढेको छ ।
Banner
आज भदौ १५ गते सोमबारको राशिफल
२०८३ साल भदौ १५ गते सोमबार सन् २०२६ अगष्ट ३१ तारिख। भदौ कृष्ण पक्षको तृतिया तिथि। राष्ट्रिय पुस्तकालय दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष : दिन सामान्य छ। तपाईंका विरोधी साथी सक्रिय छन्। आफन्तबाट अपमानित भएको महसुस हुनेछ। :वा:थ्य र शिक्षामा गरेको मिहिनतले सन्तुष्टि मिल्नेछ। राजनीतिक क्षेत्रमा अगाडि नबढ्नु उचित हुन्छ।
सिंह : दिन सामान्य छ। बढी तर्क नगर्नु उचित हुन्छ। थोरै बोलेर अगाडि बढ्नुपर्ने दिन छ। शिक्षाको क्षेत्रमा ढिलासु:ती बढ्नेछ। :वा:थ्यले साथ दिए पनि राजनीतिक क्षेत्रमा सक्रिय नहुनु राम्रो हुनेछ।
वृष : दिन राम्रो छ। गुम्न लागेको सम्पत्ति हात लाग्नेछ। दाजुभाइबाट साथ र सहयोग मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षाको क्षेत्रमा ढिलासु:ती भए पनि तपाईंको बढुवा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
मिथुन : दिन सामान्य छ। तपाईंको बोलीले आफन्त टाढिने छन्। राजनीतिक क्षेत्रमा पहुँच वि:तार हुनेछ। दीर्घकालीन योजना बनाएर अगाडि बढ्नु राम्रो हुनेछ। मूल्यंकन क्षमता बढ्नेछ।
कर्कट : दिन राम्रो छ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। शिक्षा र :वा:थ्यमा सुधारका संकेत फेला पर्नेछन्। विपक्षीमाथि विजय प्राप्त हुनेछ। स्वास्थ्यमा समस्या हुने जोखिम छ।
कन्या : सचेत भएर अघि बढ्नुपर्ने दिनछ । अग्रजको माया प्राप्त हुनेछ। शिक्षा र स्वास्थ्यमा गरेको लगानीबाट सफलता मिल्नेछ। परिवारमा भने विवाद हुनेछ।
तुला : दिन राम्रो छ। कृषिको लगानीबाट फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा सहयात्री साथीले तपाईंको प्रशंसा गर्नेछन्। पारिवारिक मेलमिलाप हुनेछ । सामाजिक क्षेत्रमा सेवाको अवसर मिलनेछ।
वृश्चिक : दिन राम्रो छ। मानसम्मान प्राप्त हुनेछ । :वा:थ्यमा सुधार आउनेछ । सामाजिक काममा गरेको प्रयास सफल बन्नेछ। राजनीतिक क्षेत्रमा तपाईंको मर्यादा बढ्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।
धनु : दिन राम्रो छ। आजको दिन थोरै बोलेर गरेको काममा प्रगति हुनेछ । तपाईंले लगानी गरेको भए व्यापारमा फाइदा हुनेछ। शिक्षामा ढिलासुस्ती भए पनि मिहिनेत गरेमा फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ।
मकर : दिन राम्रो छ। आम्दानी बढ्नेछ। स्वास्थ्य र शिक्षाको सुधारले दैनिक काम सहज बन्नेछ। राज्यको सेवामा भए बढुवा मिल्नेछ। पारिवारिक मेलमिलाप हुनेछ ।
कुम्भ : दिन सामान्य छ। पुराना मानिसँगको भेटले नयाँ योजना बन्नेछन्। गुरुको साथ पाएमा प्रगति हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। स्वास्थ्मा भने संकट आइपर्ने देखिन्छ।
मीन : दिन राम्रो छ। आज गरेको परिश्रमको फल प्राप्त हुनेछ। शिक्षामा जोस र जाँगर बढ्नेछ। लगानी गरेको भए नाफा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।
Banner
आज २०८३ साल असार ३० गतेको राशिफल
२०८३ साल असार ३० गते मंगलबार सन् २०२६ जुलाई १४ तारिख। असार कृष्ण पक्षको औंसी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष : दिन सामान्य छ । बोल्दा ख्याल गर्नुपर्ने दिन छ । व्यापार व्यवसायमा गरेको तपाईंको लगानीको फल अरुले लिनसक्ने भएकाले ख्याल गर्नुपर्नेछ । धार्मिक क्षेत्रमा मन जानेछ । राज्यको तर्फबाट तपाईंलाई सेवाका अवसर मिल्ने योग छ ।
वृष : आज तपाईंले शिक्षामा गरेको लगानीबाट फाइदा हुने दिन छ । व्यापार व्यवसायमा सहकार्य गरेर अघि बढे लाभ मिल्नेछ । शत्रुबाट पनि प्रसंसा हुने दिन छ । धार्मिक कार्यमा सहभागी हुने मौका मिल्नेछ ।
मिथुन : दिन राम्रो रहेको छ । आज मानसम्मान प्राप्त हुनेछ । परिवारभित्रबाट विरोधको आवाज उठ्नेछ । सम्पत्तिको पछि लागेर स्वास्थ्यको ख्याल नगर्दा समस्या आउनसक्छ । धार्मिक क्षेत्रमा मन जानेछ । धार्मिक कार्यमा सहभागी भएर दिनकाे सुरुवात गर्नु उचित हुन्छ ।
कर्कट : दिन धेरै राम्रो रहेको छ । शिक्षामा सुधार हुनेछ । आम्दानीका स्रोत बढ्नेछन् । गोपनीयता कायम गर्नुपर्ने देखिन्छ । व्यापारमा थोरै लगानीबाट फाइदा हुनेछ । अनुत्पादन क्षेत्रमा गरेको लगानी कटौती गर्नु राम्रो हुनेछ ।
सिंह : दिन राम्रो रहेको छ । गरेको कामबाट नाफा हुनेछ । बोलीको प्रभाव राम्रो हुनेछ । परोपकारका भाव मनमा आउनेछ । हरेक क्षेत्रमा स्वास्थ्यले साथ दिँदा मनमा खुसी मिल्नेछ । पारिवारिक प्रेममा भने कर्तव्य पूरा गर्नुपर्ने दिन छ ।
कन्या : सहकार्य गरेर अगाडि बढ्नु उचित हुन्छ । सम्पत्तिको जोहो गर्नुहोला । पारिवारिक भेटघाट हुनेछ । शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ । स्वास्थ्यले साथ दिँदा मन प्रफुल्ल हुनेछ । सामाजिक काममा आज मानसम्मान प्राप्त हुनेछ ।
तुला : आज तपाईंको दिन राम्रो छ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । समाजमा मानसम्मान बढ्ने दिन छ । मित्र बढ्नेछन् । शत्रुको पनि सहयोग मिल्नेछ । परिवारमा भने खटपटी बढ्ने जोखिम छ ।
वृश्चिक : दिन सामान्य छ । थोरै बोल्न सके आयआर्जन बढ्नेछ । आफन्तबाट धोका मिल्नेछ । प्राविधिक शिक्षामा गरेको प्रयास सफल हुनेछ । स्वास्थ्यमा समस्या आउने भएकाले सावधानी अपनाउनुपर्नेछ ।
धनु : आज आम्दानी बढ्नेछ । स्वास्थ्यमा समस्यामा सुधार हुने देखिन्छ । काममा सफलता मिल्नेछ । शत्रु बढ्ने भएकाले सचेत भएर अघि बढ्नुपर्ने देखिन्छ । काममा भने मिहिनेतको खाँचो देखिन्छ ।
मकर : दिन राम्रो रहेको छ । शिक्षामा गरेको लगानीबाट उत्साह मिल्नेछ । श्रमको फल प्राप्त हुनेछ । दाजुभाइसँग सहकार्य गरेर गरेको कामबाट फाइदा मिल्नेछ । प्रियजनसँगको भेटले मनमा खुसी मिल्नेछ । यात्रा गर्दा भने सचेत हुनुपर्ने छ ।
कुम्भ : दिन राम्रो छ । धार्मिक कार्यमा सहभागी हुनु उचित हुन्छ । बिहान उठेर शिवभजन सुन्नुहोला। व्यापार व्यवसायमा आशिक फाइदा हुनेछ । साना कुरामा पनि रिस उठ्ने भएकाले संयमित भएर अघि बढ्नसपर्नेछ । परिवारको साथ भने मिल्नेछ ।
मीन : आजको दिन राम्रो छ । काम गर्दा जोगिन सकेन हरेक क्षेत्रमा आम्दानी बढ्ने छ । मनमा भएका कुरा अरुसँग साट्नु उचित हुनेछ । पारिवारिक सहयोग प्राप्त हुनेछ । स्वास्थ्यको ख्याल गर्नुपर्ने दिन छ । अध्ययनमा रुची बढ्नेछ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner7 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login