शिक्षा / स्वास्थ्य
प्याब्सन सुन्दरहरैंचाको दोस्रो साधारण सभामा तीन विद्यार्थी पुरस्कृत

विराटचोकः निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुन्दरहरैंचाको दोस्रो साधारण सभामा ३ जना विद्यार्थी सम्मानित भएका छन् ।
सुन्दरहरैंचाभित्रका निजी विद्यालयमा अध्ययनरत विद्यार्थीमध्ये गत वर्षको एसईई परीक्षामा सर्वाेत्कृष्ट हुने एक छात्र र छात्रालाई पुरस्कृत गरिएको हो । पुरस्कृत विद्यार्थीका अभिभावकलाई पनि सो अवसरमा सम्मान गरिएको थियो ।
छात्रतर्फ सिद्धार्थ सेकेण्डरी स्कुलका अभिनव बस्नेत तथा छात्रातर्फ सुविजीमुर मेमोरियल माध्यमिक विद्यालयका एन्जल राई र जुपिटर इङ्लिस स्कुलकी प्राश्ना पराजुली पुरस्कृत भएकी हुन् ।
साधारण सभामा प्याब्सन सुन्दरहरैंचाका अध्यक्ष दिपेन राईले साङ्गठानिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कोषाध्यक्ष तिलक राईले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्याब्सनका केन्द्रीय सचिव हेमन्त कार्की, जिल्ला सदस्य कमल तिम्सिना, दुर्गाप्रसाद घिमिरेलगायतको उपस्थिति थियो ।
Facebook Comment
Banner
तारकेश्वर मेयर रनिङ शिल्डमा ९ खेल

Banner
मन्त्री किरातीले सार्वजनिक गरे पालाम गीत ‘मिम्जिमा ए’

काठमाडौंः मौलिक संस्कृतिमा आधारित पालाम गीत ‘मिम्जिमा ए’ बिहीबार सार्वजनिक गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीद्वारा सार्वजनिक गरिएको गीतमा गायक भीम लिम्बू र गायिका मनु नेम्वाङले स्वर दिएका छन् ।
पालाम सार्वजनिक गर्दै मन्त्री किरातीले यसले कला र संस्कृतिलाई प्रवद्र्धन गर्ने बताए । उनले गायक भीमसँगको पुरानो सम्बन्ध स्मरण गरे । उनले गीतसङ्गीतले समाजमा प्रभाव पार्ने भएको हुँदा यसमार्फत कला, संस्कृतिलाई समेट्दै सकारात्मक प्रभाव पार्ने कार्य गर्न आग्रह पनि गरे ।
गीतमा भीम र मनुसँगै कोरसको रुपमा रुकमान लिम्बू, निरन्ता नेम्वाङ, शिव साम्बाहाम्फे, दीपा सुहाङ छन् । गीतको सङ्कलक गायक भीम नै छन् भने यसमा शब्द सुवर्ण नेम्वाङले लेखेका छन् । गीतमा अशोक लोहरूङ राई एरेञ्जर, राजेश श्रेष्ठ रेकर्डिस्ट रहेका छन् भने किशोर थापाले मिक्सिङ गरेका छन् ।
गीतको सार्वजनिक भिडियोमा रेखा लिम्बू, मोन नाल्बो सुब्बा, विशाल सेनेहाङ, रुकमान लिम्बू, कृष्ण सेनेहाङ, नवीन सेनेहाङ, खुसी थुलुङ, शैलेन्द्र नाल्बो लगायतले अभिनय गरेका छन् ।
तारेभीरको रमणीय दृश्यमा छायाङ्कन गरिएको गीतमा गाउँमा पाहुना आउँदा धान नाच्ने परम्परा र त्यहीँ भेटघाटको क्रममा बसेको मायालाई देखाइएको गायक लिम्बूले जानकारी दिए ।
‘कला, संस्कृतिसँगै संस्कारलाई गीतको शब्द र भिडियोमार्फत् व्यक्त गरिएको छ ।
गीत सार्वजनिक कार्यक्रममा भाषाविद् तथा अभिनेता यासेली योङहाङ, नेपाल ट्रष्टका बोर्ड डाइरेक्टर याङजोम शेर्पा, किरात याक्थुङ चुम्लुङका केन्द्रीय उपाध्यक्ष गोविन्द आङबुङ, गायक दीपक लिम्बू, सङ्गीतकार महेश खड्का, चलचित्र विकास बोर्डका सदस्य रवि अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
Banner
भुपेन्द्रलाई स्वर्ण

काठमाडौंः कञ्चनपुरका भुपेन्द्र ठकुरीले दोस्रो एनटीए लिग तेक्वान्दो प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् । जुनियर पुरुष ४५ केजीमुनि फाइनलमा भुपेन्द्रले दिलिप स्मृतिका कैलाश थापालाई पराजित गरे ।
सिनियर पुरुष ५४ केजीमुनि ढल्कोका अर्पण लामा, ५८ केजीमुनि नेपाल आर्मीका रुमित राउत, ६३ केजीमुनि आर्मीका शुक्रबहादुर विक, ८७ केजीमाथि आर्मीका प्रतापबहादुर तामाङ, ८७ केजीमुनि आर्मीका मोहन तामाङ र ८० केजीमुनि आर्मीका सुवास केसीले पहिलो स्थान हात पारे ।
जुनियर पुरुष ४८ केजीमुनि दिलिप स्मृतिका सिसम श्रेष्ठ पहिलो भए ।
-
अर्थ4 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner1 year ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद4 years ago
रंगशालाको अवलोकन
-
मुख्य4 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ4 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य4 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य4 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner4 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login