प्रतिनिधि सभा निर्वाचन २०७९
रास्वपाले टुंग्यायो समानुपातिक सांसद

काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक पद्धतिबाट १३ जना सांसद चयन गरेको छ ।
प्रवक्ता मुकुल ढकालका अनुसार दलितबाट सन्तोष परियार र शिव नेपाली, आदिवासी जनजातिबाट डा. ढाकाकुमार श्रेष्ठ, इन्दिरा राना मगर र सुमना श्रेष्ठ तथा खस आर्यबाट डा. चन्दा कार्की, डोलप्रसाद अर्याल, निशा डाँगी र विनिता कठायत चयन भएका छन् ।
मधेसीबाट लक्ष्मी तिवारी र मनिष झा, थारुबाट अशोक चौधरी र मुस्लिमबाट असिम साह चयन भएका छन् ।
Facebook Comment
Banner
लस एन्जलसबाट सुरु भएको प्रदर्शन अमेरिकाका अन्य राज्यमा फैलिँदै

गत सातादेखि अमेरिकाको लस एन्जलस केन्द्रित आन्दोलन अन्य राज्यमा पनि फैलिँदै गएको छ । कतिपय अमेरिकी मिडियाले पछिल्ला घटनाक्रमले अमेरिकामा आपतकालीन अवस्था निम्तिएको विश्लेषण गर्न थालेका छन् ।
आप्रवासन नीतिविरुद्ध आन्दोलन चर्किँदै गएको हो । राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अघि बढाइरहेको आप्रवासन नीतिविरुद्ध ६ दिनदेखि क्यालिफोर्निया राज्यको लस एन्जलसमा आक्रमक प्रदर्शन भइरहेको छ । जुन पछिल्ला दिनमा अन्य ठूला राज्यका मुख्य सहरमा पनि चर्किन थालेको छ ।
क्यालिफोर्नियाको लस एन्जलसका अलवा सान फ्रान्सिस्को, डेन्भर, डल्लास, अस्टिन, बोस्टन, फिलाडेल्फिया, एटलान्टा जस्ता सहरमा पनि प्रदर्शन सुरु भएको छ । प्रदर्शन चर्किंदै जाँदा लस एन्जलस र वाशिङ्टनका नगर प्रशासनले बुधबार राति कर्फ्यु लगाएका थिए । प्रदर्शनकारीले राष्ट्रपति ट्रम्पको आप्रवासन नीति र यूएस इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट (आइस) विरुद्ध नाराबाजी गरिरहेका छन् ।
ट्रम्प प्रशासनले आप्रवासन नीति कार्यान्वयनको चरणमा आइसले लस एन्जलसमा बसोबास गरिरहेका कागजातविहीन आप्रवासीलाई बासस्थानमै गएर छापा मार्न थालेपछि विशेषगरी दक्षिण अमेरिकी मुलुकका आप्रवासीले आन्दोलनको सुरुवात गरेका हुन् । आन्दोलन चर्किंदै गएपछि ट्रम्प प्रशासनको निर्देशनमा २ हजार नेसनल गार्ड र सात सय सेनासमेत परिचालन गरिएको थियो ।
Banner
भारतको अहमदाबाद विमानस्थल नजिकै विमान दुर्घटना

भारतको गुजरातस्थित अहमदाबाद विमानस्थल नजिकै एउटा विमान दुर्घटनामा परेको छ ।
इन्डिया टुडेका अनुसार बिहीबार दिउँसो अहमदाबादको मेघानी शहरमा अवस्थित विमानस्थल नजिकै एउटा विमान दुर्घटनाग्रस्त भएको हो ।
बोइङ ७८७-८ ड्रीमलाइनर विमानमा २४२ यात्रु सवार थिए । दुर्घटनाको बारेमा थप विवरण आउन बाँकी रहेकोले उक्त क्षेत्रबाट प्राप्त दृश्यहरूले हावामा बाक्लो कालो धुवाँ देखिएको जनाइएको छ ।
Banner
संसद्को अवरोध खुलाउन २ बुँदामा सहमतिको प्रयास

प्रतिनिधिसभाको जारी अवरोध खुलाउन २ बुँदामा सहमतिको प्रयास भएको छ ।
नेकपा एमालेका सचिव योगेश भट्टराईका अनुसार, यसअघि नै प्रस्ताव भएको २ बुँदे सहमतिमा टेकेर अगाडि बढ्ने प्रयास भइराखेको छ ।
उनका अनुसार, अख्तियारको छानबिनलाई सरकारले पूर्ण सहयोग गर्ने र अध्यागमनमा भइरहेका कमजोरी सच्याउन आवश्यक पहल गर्ने विषयलाई दुई बुँदामा समेटेर सहमतिको प्रयास भइराखेको हो ।
कांग्रेस र माओवादीका बीचमा दुई बुँदामा सहमति गर्नेगरी यसअघि नै मस्यौदा प्रस्तुत भएको थियो । पहिलो बुँदामा अख्तियारले अनुसन्धान सकिनेबेलासम्म सरकार र संसदले सहयोग गर्ने उल्लेख छ ।
अख्तियारले जानकारी अनुसन्धान सकाएपछि सरकारले २०६४ साल यता भिजिट भिसामा विदेश जानेसक्ने अपारदर्शी रुपमा आर्थिक लेनदेन भए/नभएको अध्ययन गर्न आवश्यक निकाय वा संयन्त्र बनाउने भनेर दोस्रो बुँदामा राख्ने गरी मस्यौदा तयार भएको छ ।
यस्तो मस्यौदामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने तयार भएको छैन ।
सुरुमा मौन रहेको एमाले पछिल्लो समय प्रस्तावित दुई बुँदे सहमतिको मस्यौदाअनुसार अगाडि बढ्न सकिने निष्कर्षमा पुगेको हो । यही विषय एमालेका सांसद भट्टराईले पत्रकारहरूसँग राखेका हुन् ।
रास्वपाले भने छुट्टै ५ बुँदे प्रस्ताव ल्याएको छ । जसमा भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउने प्रस्ताव छ । यसलाई सत्तापक्षले स्वीकार गरेको छैन ।
-
अर्थ6 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login