शेयर
नाफा बढे पनि व्यवसाय नबढ्दा बैंकको लाभांश दर घट्यो
विराटचोकः गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुको नाफामा २३ प्रतिशतले वृद्धि देखिए पनि बैंकहरुले लाभांश दर भने घटाउँदै लगेका छन् । बैंकहरुले आफ्नो पूँजी वृद्धि गरेअनुसार व्यवसाय वृद्धि एवम् नाफा वृद्धि गर्न नसक्दा लाभांश दर घटाउनु परेको हो ।
कोभिड संक्रमणको समयमा बैंकबाट नगद बाहिर नजाओस् भनेर राष्ट्र बैंकले नै बैंकहरुलाई बोनस शेयर लाभांश दिन बाध्य पार्याे । बैंकहरुले लाभांश दिँदा त्यसमा ३० प्रतिशत मात्रै नगद लाभांश दिन सकिने प्रावधान ल्याइयो । केन्द्रीय बैंकको बाध्यकारी व्यवस्थापछि प्रायः सबै बैंकले आफ्नो गच्छेअनुसार बोनस शेयर दिए पनि गत वर्षको नाफाबाट भने धेरैले नगद लाभांशमा जोड दिएका छन् ।
आर्थिक वर्ष २०७७–७८ मा ३३.६० प्रतिशत बोनस शेयर र ४.४० प्रतिशत नगद लाभांश गरी ३८ प्रतिशत लाभांश बाँडेको नबिल बैंकले आव २०७८–७९ मा भने लाभांश दर घटाएर ३० प्रतिशत मात्रै दिँदैछ । बैंकले गत आवमा १८.५० प्रतिशत बोनस शेयर र ११.५० प्रतिशत नगद लाभांश बाँड्ने घोषणा गरेर बुक क्लोज मिति (शेयर दाखिला खारेजी मिति) पनि तोकेको छ ।
सिद्धार्थ बैंकले अघिल्लो वर्ष १४.२५ प्रतिशत बोनस र ०.७५ प्रतिशत नगद गरी १५ प्रतिशत लाभांश बाँडेकोमा गत आवमा भने १२.५० प्रतिशत बोनस र ०.६६ प्रतिशत नगद लाभांश गरी १३.१६ प्रतिशत मात्रै लाभांश बाँड्ने भएको छ । अघिल्लो वर्ष १७ प्रतिशत बोनस शेयर त्यसमा लाग्ने करसहित १७.८९ प्रतिशत लाभांश बाँडेको सानिमा बैकको लाभांश दर घटेर गत वर्ष १० प्रतिशतमा झरेको छ ।
बोनस शेयर नै लाभांश घोषणा गरेका बैंकहरुले पनि लाभांश दरलाई १० प्रतिशतभन्दा कम मात्रै घोषणा गरेका छन् । नबिल बैंकले १८.५० प्रतिशत, एभरेष्ट बैंकले १३ प्रतिशत, सिद्धार्थ बैंकले १२ प्रतिशत र सानिमा बैंकले १० प्रतिशतबाहेक अन्य सबै बैंकले एकल अंकमा स्टक लाभांश घोषणा गरेका छन् । यस वर्ष हिमालयन बैकले ८ प्रतिशत, प्रभु बैंकले साढे ६ प्रतिशत, बैक अफ काठमाण्डूले ६ प्रतिशत, सिभिल बैंकले ५ प्रतिशत, सेन्चुरी बैंकले ४.७५ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंकले ४ प्रतिशत, प्राइम कमर्सियल बैंकले ४ प्रतिशत, मेगा बैंकले ४ प्रतिशत, नेपाल क्रेडिट एन्ड कमर्स बैंकले ३.३७ प्रतिशत, ग्लोबल आईएमई बैंकले ३ प्रतिशत, नेपाल एसबीआई बैंकले ३ प्रतिशत र सबैभन्दा कम नेपाल बैंकले २ प्रतिशत बोनस शेयर लाभांश घोषणा गरेका छन् । गत आवमा तुलनात्मक रूपमा नगद लाभांशको अंश बढी देखिएको छ ।
नगद लाभांशमा स्ट्यान्डर्ड चार्टर्ड बैंकले सबैभन्दा बढी १६.५१ प्रतिशत लाभांश घोषणा गरेको छ भने दोस्रोमा नबिल बैंकले ११.५० प्रतिशत लाभांश घोषणा गरेको छ । कृषि विकास बैंकले भने लाभांश घोषणा गर्न बाँकी छ ।
चार बैंकको शून्य लाभांश
गत आर्थिक वर्षको नाफाबाट ४ वटा बैंकले लाभांश नदिने घोषणा गरेका छन् । यस पटक सनराइज बैंक, लक्ष्मी बैंक, एनआईसी एशिया र माछापुच्छ«े बैंकले लाभांश नदिने घोषणा गरेका हुन् । राष्ट्र बैंकको प्रावधानअनुसार पूँजी कोष टाइट भएका बैंकहरुले यस वर्ष लाभांश नबाँडेका हुन् । एनआईसी एशियाले गत वर्ष पनि लाभांश बाँडेको थिएन ।
४ वटा बैंकले नगद लाभांशमात्रै दिने
४ वटा बैंकले नगद लाभांश मात्रै दिने निर्णय गरेका छन् । स्ट्यान्डर्ड चार्टर्ड बैंक, कुमारी बैंक, सिटिजन्स बैंक इन्टरनेसनल र एनएमबी बैंकले यसपटक नगद लाभांश मात्रै घोषणा गरेका छन् ।
विदेशी लगानीका बैंकले बढाए लाभांश दर
यस वर्ष लाभांश दर बढाउने बैंकहरुमा भने विदेशी लगानीमा सञ्चालित बैंकहरु अगाडि देखिएका छन् । अघिल्लो आवमा नगद र बोनस शेयर गरी १०.३२ प्रतिशत लाभांश बाँडेको एभरेष्ट बैंकले गत आवमा १३ प्रतिशत बोनस शेयर र ७.७८ प्रतिशत नगद लाभांश गरी २०.६८ प्रतिशत लाभांश दिएको छ । यो अघिल्लो वर्षभन्दा शतप्रतिशत बढी हो । त्यसैगरी विदेशी लगानीमै स्थापित नेपाल एसबीआई बैंकले अघिल्लो वर्ष साढे ३ प्रतिशत बोनस शेयर र १.८१ नगद लाभांश गरेर ५.३१ प्रतिशत मात्रै लाभांश बाँडेकोमा गत वर्ष भने ३ प्रतिशत बोनस शेयर र ७.५३ प्रतिशत नगद लाभांश गरेर १०.५३ प्रतिशत लाभांश बाँडेको छ ।
विदेशी लगानीमै स्थापित स्ट्यान्डर्ड चार्टर्ड बैंकले अघिल्लो वर्ष १३.०६ प्रतिशत लाभांश बाँडेकोमा गत वर्ष १६.५१ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । – मेरो लगानीबाट
Facebook Comment
Banner
कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए
नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।
निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।
यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।
पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।
१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login