hrpdf.com.hr
Connect with us
Advertisement

इटहरीमा पुस २९ देखि प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिता

Published

on

इटहरीः नेपाल क्रिकेट संघको आयोजना र सुनसरी क्रिकेट संघको सहआयोजनामा इटहरीमा प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । पुस २९ देखि माघ ८ गतेसम्म प्रतियोगिता सञ्चालन हुने भएको छ ।

इटहरी–९ स्थित जनता क्रिकेट पार्कमा राष्ट्रिय खेलकुद परिषद्को सहयोगमा सञ्चालन हुने प्रतियोगितामा ७ वटा प्रदेश र विभागीय टोली नेपाल एपीएफ क्लब गरी ८ टिम सहभागी रहने आयोजकले जनाएको छ ।

विजेता टोलीले नगद ५ लाख रुपैयाँ र उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले बताएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ३० हजार, उत्कृष्ट ब्याट्स वुम्यानलाई २० हजार र उत्कृष्ट बलरलाई २० हजार रुपैयाँ प्रदान गरिन आयोजकको भनाइ छ । प्रत्येक खेलको उत्कृष्ट खेलाडीलाई नगद ३ हजार प्रदान गरिने भएको छ ।

१ करोड १३ लाख रुपैयाँ बजेट लाग्ने अनुमान गरिएको प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषद्ले ४० लाख सहयोग गर्ने र बाँकी रकम नेपाल क्रिकेट संघले व्यवस्थापन गर्ने सहमति भएको बताइएको छ ।

Continue Reading

Facebook Comment

Advertisement
Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

घट्यो सुन र चाँदी दुवैको भाउ

Published

on

विराटचोकः हिजो हालसम्मकै उच्च बिन्दुमा पुगेको सुन र चाँदी दुवैको मूल्य आज भने घटेको छ । आज सुनको भाउ तोलामा १ हजार ४ सय रुपैयाँ र चाँदीको भाउ तोलामा ३० रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला १ लाख ६ हजार १ सय रुपैयाँ निर्धारण भएको छ । तेजाबी सुनको भाउ प्रति तोला १ लाख ५ हजार ६ सय र चाँदीको भाउ प्रति तोला १ हजार ३ सय ६५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा १ हजार २ सय रुपैयाँ बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको थियो ।

Continue Reading

Banner

राष्ट्रिय खाद्य बैंकले एक पालिका एक उत्पादनमा जोड दिनुपर्ने

Published

on

काठमाडौंः राष्ट्रिय खाद्य बैंकले एक पालिका एक उत्पादनमा जोड दिनुपर्ने पूर्व स्वास्थ्य राज्यमन्त्री तथा शिक्षाविद् उमेश श्रेष्ठले बताएका छन् । बैंकको दोस्रो साधारणसभालाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै उनले सरकारले गर्नुपर्ने काम खाद्य बैंकले गरेको बताए ।

पूर्वमन्त्री श्रेष्ठले कृषि क्षेत्रलाई विचौलियाहरुले विकृत बनाएको र उनीहरु मात्रै धनी भएकोमा त्यसलाई खाद्य बैंकले सुधार गर्नेमा आफू विश्वस्त भएको बताए ।

राष्टिय खाद्य बैंकका कार्यकारी अध्यक्ष शंकरनाथ उप्रेतीले आफूहरुको सापनाले मूर्त रुप लिन थालेको बताए । अध्यक्ष उप्रेतीले खाद्य बैंकले कृषि उत्पादन ४ वटा प्रदेशका २३ वटा जिल्लाबाट गरिरहेको र आगामी दिनमा सातै प्रदेशबाट अर्गानिक कृषिउपज उत्पादनमा लागि पर्ने बताए । रैथाने बालीहरु समाप्त हुँदै गएको र बजारमा पाइने पत्रु खानेकुराहरुले मानिसको स्वास्थ्यमा खराबी ल्याएको उप्रेतीले बताए ।

उनले स्वदेशी उत्पादनलाई सरकारले पनि प्राथमिकतामा राख्नुपर्ने, खानपान संस्कृति परिवर्तन गर्नुपर्ने बताए ।

खाद्य बैंकको साधारण सभामा बैंकका सल्लाकार दुर्गाबहादुर थापा, मधेश प्रदेशका पूर्व सांसद जयराम दहाल, कांग्रेस नेतृ सिर्जनासिंह, गण्डकी प्रदेशका योगेन्द्रनारायण शाह, लुम्बिनी प्रदेशबाट दुर्गानाथ गौतम, कर्णालीबाट पद्मा खड्का, प्रा.डा जीवनाथ धिताललगायतका अतिथिहरुले कृषि क्षेत्रको विकास र विस्तारमा सरकारले यथेष्ट ध्यान दिनुपर्ने बताए ।

साधारण सभाको अध्यक्षता बैंकका अध्यक्ष शंकरनाथ उप्रेतीले गरेका थिए भने स्वागत मन्तव्य प्रा.डा मोहनप्रसाद पन्थीले गरेका थिए । कार्यक्रमको सञ्चालन कृषि पत्रकार अशिम सापकोटाले गरेका थिए ।

दोस्रो वार्षिक साधारणसभामा प्रस्तुत प्रतिवेदनमा जनाइएअनुसार गत आर्थिक वर्षमा बैंकले ३० लाख रुपैयाँ नाफा कमाएको छ ।

Continue Reading

Banner

मेरो मौनता आजसम्म मात्रैः रवि लामिछाने

Published

on

विराटचोकः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो मौनता आजसम्मका लागि मात्रै भएको बताएका छन् ।

आज दिउँसो सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले आफूलाई भन्न बाँकी, गर्न बाँकी र लेख्न बाँकी केही भए भनिहाल्न, गरिहाल्न, लेखिहाल्न अनुरोध गरेका छन् ।

यस्तो छ उनले लेखेको स्टाटस

 

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५११३३२९९, ९८४२१९२४१२, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक खेमचन्द्र अधिकारी
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः नवराज पोख्रेल
व्यवस्थापकः कृष्णचन्द्र सुवेदी
हाम्रो फेसबुक
hrpdf.com.hr