शेयर
नगद लाभांश वितरणमा बीमा प्राधिकरणको कडाई कायमै, पूँजी बढाउन बोनसमा जोड
विराटचोकः नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई नगद लाभंश वितरणमा गरेको कडाई कायमै राखेको छ । बीमा कम्पनीहरुले २०७९ चैत मसान्तभित्र न्यूनतम चुक्ता पूँजी पुर्याउनै पर्ने भएकाले प्राधिकरणले नगद लाभांशमा कडाई गरेको हो ।
प्राधिरकणको निर्देशन अनुसार २०७९ चैत मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले न्यूनतम ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरुले न्यूनतम २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी पुर्याउनु पर्नेछ । पूँजी बढाउन अहिले आवश्यक रहेको भन्दै प्राधिरकणले नगदको सट्टा बोनस शेयर वितरण गर्न जोड दिएको हो ।
बीमा प्राधिकरणले आघिल्लो आर्थिक वर्षदेखि नै पूँजी बढाउन जोड दिदै कर प्रयोजनको लागि मात्रै नगद लाभांश वितरण गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको थियो । अघिल्लो आर्थिक वर्षको निर्णयलाई निरन्तरता दिदै प्राधिकरणले गत आर्थिक वर्षको मुनाफाबाट नगद लाभांश वितरण गर्न कडाई गरेको हो ।
गत आर्थिक वर्षको मुनाफाबाट नगद लाभांश प्रस्ताव गरेका बीमा कम्पनीहरुलाई प्राधिकरणले नगदको सट्टा बोनस शेयर वितरण गर्न निर्देशन दिएको छ ।
प्राधिकरणको निर्देशन अनुसार सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स नगदको सट्टा बोनस शेयर वितरण गर्ने गरी प्रस्ताव संशोधन गरेका छन् । प्राधिकरणले नगद लाभांशको सट्टा बोनस शेयर र कर प्रयोजनको लागि मात्रै नगद लाभांश वितरण गर्न सकिने शर्तसहित आर्थिक वर्ष २०७८÷७९ को वित्तीय विवरण स्वीकृत गरेपछि दुवै कम्पनीले नगदको सट्टा बोनस शेयर प्रस्ताव गरेका हुन् ।
सिद्धार्थ इन्स्योरेन्स कम्पनी संञ्चालक समितिको कात्तिक २९ गते बसेको बैठकले हाल कायम चुक्ता पूँजीको ९.४७ प्रतिशतले हुन आउने १२ करोड २० लाख २१ हजार ५३ रुपैयाँ बराबरको नगद (कर सहित) प्रस्ताव गरी आर्थिक वर्ष २०७८\७९ वित्तीय विवरण स्वीकृतीको लागि बीमा प्राधिकरण पठाएको थियो ।
तर प्राधिकरणले नगद लाभांशको सट्टा बोनस शेयर र कर प्रयोजनको लागि वितरण गर्ने भन्ने सशर्त सहित वित्तीय विवरण स्वीकृत गरेको कम्पनीले जनाएको छ ।
त्यस अनुसार कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.४७ प्रतिशत नगद गरी ९.४७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
यस्तै प्रिमियर इन्स्योरेन्स कम्पनीको कात्तिक २९ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजी १ अर्ब २२ करोड ७६ लाख रुपैयाँको ५ प्रतिशतले हुन आउने ६ करोड १३ लाख रुपैयाँ बराबरको बोनस शेयर र १० प्रतिशतले हुन आउने १२ करोड २७ लाख रुपैयाँ बराबरको नगद (कर सहित) लाभांश प्रस्ताव गरेको थियो ।
कम्पनीले उक्त लाभांश स्वीकृतिको बीमा प्राधिकरण पठाएको थियो । प्राधिकरणले नगद लाभांशको सट्टा बोनस शेयर वितरण गर्न निर्देशन दिएपछि लाभांश संशोधन गरी गत आर्थिक वर्षको मुनाफाबाट १४.२५ प्रतिशत बोनस शेयर र कर प्रायोजनको लागि ०.७५ प्रतिशत नगद गरी १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
बीमा प्राधिकरणले करिब एक वर्ष अघिदेखि नै बीमा कम्पनीहरुलाई नगद लाभांश वितरणमा रोक लगाएको थियो । जोखिममा आधारित पूँजी कायम गर्नुपर्ने तथा बीकमलाई आईपर्न सक्ने थप जोखिमको बहन गर्न पूँजी कोषलाई सबल बनाउन अर्को व्यवस्था नहुन्जेलको लागि नगद लाभांश वितरण नगर्न निर्देशन दिएको थियो ।
यद्यपि बोनस शेयरमा लाग्ने कर प्रयोजनको लागि लाग्ने नगद लाभांश भने वितरण गर्न सकिने गरी प्राधिकरणले सर्कुलर जारी गरेको थियो ।
Facebook Comment
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
Banner
कांग्रेस उम्मेदवार चयन आजै टुंग्याइने : सभापति थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फका उम्मेदवारको नाम आजै टुंगो लाग्ने बताएका छन् । सोमबार बिहान फेसबुकमा भिडियो पोस्ट गर्दै भन्नुभएको छ, ‘हामी उम्मेदवार छनोटको अन्तिम चरणमा छौँ। समय र प्रक्रियागत बाध्यताबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको छ।’ उनले पार्टीको पक्षमा एक ढिक्का भएर उम्मेदवारी दर्ताको पक्षमा रहेको बताएका छन् । उनले उम्मेदवार छान्ने भन्दा सहमति गर्ने र सबै पक्षलाई समेट्ने प्रयास भइरहेको उल्लेख गरेका छन् । उनले पार्टी एकताको अभियानमा जुट्न सबैलाई अनुरोधसमेत गरेका छन् । भोलि सबैजना आ–आफ्नो क्षेत्रमा गएर पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा एकढिक्का भएर लागौँ । यो व्यक्तिगत होइन, पार्टीको साझा अभियान हो।’समयको चापका बीच पार्टीभित्र सन्तुलन मिलाउने प्रयास भइरहेको थापाले बताएका छन् । थापाले आन्तरिक विवाद छाडेर एक जुट भएर निर्वाचनको अभियानमा जुट्न सबै पक्षलाई अनुरोध गरेका छन् ।
Banner
निर्वाचन आचारसंहिता लागू
निर्वाचन आयोगले चुनावका लागि आचारसंहिता लागू गरेको छ । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य चुनाव र फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य चुनावका लागि आचारसंहिता लागू गरिएको आयोगले जनाएको छ ।
यो आचारसंहिता नेपाल सरकार र प्रदेश सरकारका मन्त्रीहरू, संवैधानिक निकायका पदाधिकारीहरू, स्थानीय कार्यपालिकाका सदस्यहरू, सङ्घ, प्रदेश र पालिका तहका कर्मचारीहरू, सुरक्षा निकाय, सरकारी तथा सार्वजनिक संस्थाका कार्यालय र कर्मचारीहरू, राजनीतिक दल तथा उम्मेदवारहरूमा लागू हुनेछ ।
साथै सार्वजनिक पद धारण गरेका व्यक्तिहरू, सञ्चार प्रतिष्ठान तथा सञ्चारकर्मीहरू, निजी तथा गैरसरकारी संस्था, विद्यालय, महाविद्यालय वा विश्वविद्यालयका शिक्षक तथा कर्मचारीहरू, मतदाताहरू, विकास साझेदार संस्थाहरू, निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी संस्थाहरू लगायत आयोगले तोकेका अन्य निकाय र व्यक्तिहरूमा पनि यो आचारसंहिता लागू हुने आयोगले जनाएको छ ।
आयोगले आचारसंहिताको पूर्ण कार्यान्वयन र पालनाका लागि सबैको सहयोगको अपेक्षा गरेको छ ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login