शिक्षा / स्वास्थ्य
सांसद शर्मा भन्छन्ः बिहानी, दिवा र रात्रीकालीन कक्षा सञ्चालन गरेर भए पनि सुकुनामा थप विषयको अध्यापन गराउनुपर्छ
विराटचोकः मोरङको क्षेत्र नम्बर ३ का नवनिर्वाचित सांसद सुनिल कुमार शर्माले भवन तथा जनशक्तिको अभाव भएमा तीन सत्रमा गरेर भए पनि सुकुना बहुमुखी क्याम्पसमा थप विषयको अध्यापन गराउने व्यवस्था हुनुपर्ने बताएका छन् ।
आफ्नो निर्वाचन क्षेत्रमा रहेको सुकुना बहुमुखी क्याम्पस सुन्दरहरैंचाको १६ आँै परिषद् बैठकमा प्रमुख अतिथिको आसनबाट मन्तव्य राख्दै शर्माले इच्छाशक्ति भएमा दिवाकालीन, प्रातकालीन र सन्ध्याकालीन सत्र पनि सञ्चालन गर्न सकिने उनको भनाइ थियो ।
परिषद् सदस्य बिस्तार गर्ने क्रममा लिइने शुल्कको वर्गीकरण गरिनुपर्ने उनले बताए । त्यसो गर्न सकेमा सबैको अपनत्व क्याम्पसको शैक्षिक स्तर उक्सिने उनले उल्लेख गरे ।
कानेपोखरी वरतिर जंगलमा मकै पोल्ने, गछिया खोलामा मजदुरी गर्नेलगायतलाई परिषद् सदस्य बनाउन शुल्कको वर्गीकरण गरिनुपर्ने उनको भनाइ थियो । कम्पनीहरुले १०० रुपैयाँ प्रति कित्ताको शेयर बनाएजस्तै गरी शेयर वर्गीकरण गरेर न्यूनतम रुपैयाँ तिर्नेले परिषद् सदस्य हुन पाउने परिपाटी बनाउन उनले जोड दिए ।
‘परिषद सदस्य बिस्तारमा सङ्कुचित मानसिकता बनाउन हुँदैन’, प्रमुख अतिथि डा. शर्माले भने, ‘सबैको अपनत्व हुने गरी क्याम्पस सञ्चालन गरेमा सुकुना देशकै सर्वाेत्कृष्ट क्याम्पस बन्छ ।’
अहिले परिषद् सदस्य बनाउने प्रक्रिया राजनीतिकेन्द्रितजस्तो देखिएको उनले आरोप लगाए । पछि क्याम्पस सञ्चालक समितिमा आफू निर्वाचित हुन्नँ कि भनेर संशय नराख्न अनुरोध गर्दै राम्रो काम गरेमा नेतृत्वमा आउन गाह्रो नभएको बताए । कम्युनिष्टको गढ मानिने क्षेत्रमा आफूले चुनाव जित्नु आफूले गरेको राम्रो कामकै कारण भएको उनको भनाइ थियो ।
व्यक्ति हेरेर परिषद् सदस्य बनाउने क्रम अन्त्य गर्न तथा विश्वविद्यालयको रुपमा क्याम्पसलाई स्तरोन्नति गर्न क्याम्पसमा सर्वसाधारणको अपनत्व हुने गरी काम हुनुपर्नेमा उनले जोड दिए । विश्वविद्यालय सञ्चालन गर्ने क्रममा आवश्यक पर्ने जुनसुकै काम गर्न आफू तयार रहने उनले बताए । विश्वविद्यालय सञ्चालन गर्न नसके नजिकै रहेको पूर्वाञ्चल विश्वविद्यालयसँग सम्बन्धन लिएर प्राविधिक धारका थप कक्षा सञ्चालन गर्नमा क्याम्पस सञ्चालक समिति लाग्न उनले सुझाव दिए ।
सम्बन्धित समाचारहरुः
देशकै उत्कृष्ट ५ मा सुकुना बहुमुखी क्याम्पसः पब्लिक क्याम्पस संघका अध्यक्ष सञ्जेल
सामुदायिक क्याम्पसले प्राविधिक शिक्षाको कक्षा सञ्चालन गर्नुपर्छः नगरप्रमुख गुरागाईँ
संस्थाको इतिहास बिर्सन हुँदैनः जिसस प्रमुख अजम्बर राई
भिडियोः
https://www.facebook.com/NispakshyaKhabarDotCom/videos/2907460289385450
Facebook Comment
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
Banner
कांग्रेस उम्मेदवार चयन आजै टुंग्याइने : सभापति थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फका उम्मेदवारको नाम आजै टुंगो लाग्ने बताएका छन् । सोमबार बिहान फेसबुकमा भिडियो पोस्ट गर्दै भन्नुभएको छ, ‘हामी उम्मेदवार छनोटको अन्तिम चरणमा छौँ। समय र प्रक्रियागत बाध्यताबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको छ।’ उनले पार्टीको पक्षमा एक ढिक्का भएर उम्मेदवारी दर्ताको पक्षमा रहेको बताएका छन् । उनले उम्मेदवार छान्ने भन्दा सहमति गर्ने र सबै पक्षलाई समेट्ने प्रयास भइरहेको उल्लेख गरेका छन् । उनले पार्टी एकताको अभियानमा जुट्न सबैलाई अनुरोधसमेत गरेका छन् । भोलि सबैजना आ–आफ्नो क्षेत्रमा गएर पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा एकढिक्का भएर लागौँ । यो व्यक्तिगत होइन, पार्टीको साझा अभियान हो।’समयको चापका बीच पार्टीभित्र सन्तुलन मिलाउने प्रयास भइरहेको थापाले बताएका छन् । थापाले आन्तरिक विवाद छाडेर एक जुट भएर निर्वाचनको अभियानमा जुट्न सबै पक्षलाई अनुरोध गरेका छन् ।
Banner
निर्वाचन आचारसंहिता लागू
निर्वाचन आयोगले चुनावका लागि आचारसंहिता लागू गरेको छ । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य चुनाव र फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य चुनावका लागि आचारसंहिता लागू गरिएको आयोगले जनाएको छ ।
यो आचारसंहिता नेपाल सरकार र प्रदेश सरकारका मन्त्रीहरू, संवैधानिक निकायका पदाधिकारीहरू, स्थानीय कार्यपालिकाका सदस्यहरू, सङ्घ, प्रदेश र पालिका तहका कर्मचारीहरू, सुरक्षा निकाय, सरकारी तथा सार्वजनिक संस्थाका कार्यालय र कर्मचारीहरू, राजनीतिक दल तथा उम्मेदवारहरूमा लागू हुनेछ ।
साथै सार्वजनिक पद धारण गरेका व्यक्तिहरू, सञ्चार प्रतिष्ठान तथा सञ्चारकर्मीहरू, निजी तथा गैरसरकारी संस्था, विद्यालय, महाविद्यालय वा विश्वविद्यालयका शिक्षक तथा कर्मचारीहरू, मतदाताहरू, विकास साझेदार संस्थाहरू, निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी संस्थाहरू लगायत आयोगले तोकेका अन्य निकाय र व्यक्तिहरूमा पनि यो आचारसंहिता लागू हुने आयोगले जनाएको छ ।
आयोगले आचारसंहिताको पूर्ण कार्यान्वयन र पालनाका लागि सबैको सहयोगको अपेक्षा गरेको छ ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login