शेयर
आजसम्म शेयर किन्नेले पाउँछन् यी ८ कम्पनीको ४ देखि ७० प्रतिशत लाभांश
विराटचोकः भेलि पुस २० गते नेपाल स्टक एक्सचेञ्जमा सूचीकृतमध्ये ११ कम्पनीले बुक क्लोज गर्दैछन् । तीमध्ये ३ वटा कम्पनीले लाभांश वितरण नगर्ने भएका छन् । बाँकी ८ कम्पनीले न्यूनतम ४ दशमलव २१ देखि ७० प्रतिशतसम्म लाभांश वितरण गर्ने भएकाले आफूलाई इच्छा लागेको कम्पनी खरीद गर्ने आज अन्तिम दिन हो । भोलि बुक क्लोज हुनेमध्ये सबैभन्दा धेरै हिमालयन डिस्टिलरीले ७० प्रतिशत र गुराँस लघुवित्तले ४ दशमलव २१ प्रतिशत लाभांश दिने भएका छन् ।
हिमालयन डिस्टिलरीले ६० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न पुस २७ गते २२ औ वार्षिक साधारणसभा बोलाएको छ । सोमबार दोस्रो बजारमा सो कम्पनीको शेयरमूल्य प्रति कित्ता ५६ रुपैयाँ घटेर ४०१९ रुपैयाँ निर्धारण भएको छ ।
बोटलर्स नेपाल बालाजुले २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सो कम्पनीको शेयरमूल्य प्रति कित्ता २२२२ रुपैयाँ रहेको छ । असोज ९ गतेपछि सो कम्पनीको शेयर किनबेच भएको छैन ।
बोटलर्स नेपाल तराइले ६० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सोमबार दोस्रो बजारमा सो कम्पनीको शेयरमूल्य प्रति कित्ता ३०१ रुपैयाँ घटेर प्रति कित्ता १४४६९ रुपैयाँ निर्धारण भएको छ ।
शिवम् सिमेन्टले गत आर्थिक वर्षको कमाइबाट १०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न पुस २९ गत कम्पनीको सातौ वार्षिक साधारणसभा बोलाएको छ । सोमबार दोस्रो बजारमा सो कम्पनीको शेयरमूल्य प्रति कित्ता ७ रुपैयाँ बढेर ५५७ रुपैयाँ निर्धारण भएको छ ।
गुराँस लघुवित्तले गत आर्थिक वर्षको कमाइबाट ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ० दशमलव २१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न पुस ३० गते सातौ वार्षिक साधारणसभा बोलाएको छ । सोमबार दोस्रो बजारमा सो कम्पनीको शेयरमूल्य प्रति कित्ता १४ रुपैयाँ घटेर ८१२ रुपैयाँ निर्धारण भएको छ ।
मुक्तिनाथ विकास बैंकले १३.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न पुस ३० गते वार्षिक साधारणसभा बोलाएको छ । सोमबार दोस्रो बजारमा सो कम्पनीको शेयरमूल्य प्रति कित्ता १३ रुपैयाँ बढेर ४६६ रुपैयाँ कायम भएको छ ।
साधना लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको कमाइबाट १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद वितरण गर्ने प्रस्ताव पारित गर्न पुस ३० गते छैटौ वार्षिक साधारणसभा बोलाएको छ । सोमबार दोस्रो बजारमा सो कम्पनीको शेयरमूल्य प्रति कित्ता १ रुपैयाँ घटेर १००० रुपैयाँ कायम भएको छ ।
मिर्मिरे लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको कमाइबाट २३ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्न पुस ३० गते १२ औ वार्षिक साधारणसभा बोलाएको छ । सोमबार दोस्रो बजारमा सो कम्पनीको शेयरमूल्य प्रति कित्ता ३१ रुपैयाँ ६० पैसा बढेर ९४८ रुपैयाँ ६० पैसा निर्धारण भएको छ ।
त्यसो त सिनर्जी पावर, मल्टिपर्पस फाइनान्स र इष्टर्न हाइड्रोपावरले पनि साधारणसभा प्रयोजनको लागि भोलि बुक क्लोज गर्दैछन् । तर, ती कम्पनीले शेयरधनीलाई लाभांश नदिने भएका छन् ।
Facebook Comment
Banner
कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए
नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।
निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।
यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।
पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।
१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login